Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी

Main News Image
Kakani Khabar add

रसुवा । जिल्लाको प्रख्यात तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष जनैपूर्णिमाका दिन लाग्ने मेलालाई लक्षित गरी तीव्र गतिमा तयारी थालिएको छ । 


आगामी भदौ १२ गतेको मेलाका निम्ति यहाँका होटल व्यवसायीले प्रतीक्षालय, शौचालय निर्माणका साथै आवास व्यवस्थापन तथा दाल, चामल, तेल, नुन तथा मसलालगायत खाद्य सामग्री ढुवानी गरिरहेका छन् ।  


गोसाइँकुण्ड मार्ग होटल व्यवसायी सङ्घका अध्यक्ष रेन्जन निमा तामाङका अनुसार खन्ती देउराली, डिम्सा, चन्दनबारी, लौरीविनायक हुँदै गोसाइँकुण्डसम्मका २५ भन्दा बढी होटलले तयारी तीव्र गतिमा गरिरहेका छन् । 


तीर्थयात्रीलाई आवासको असुविधा नहोस् भन्ने उद्देश्यले  दुई सयभन्दा बढी थर्पु (टहरा) निर्माण भइरहेका छन् । यसैबीच, लाङ्टाङ राष्ट्रिय निकुञ्जले हरेक थर्पुमा शौचालयको प्रबन्ध गर्न होटल व्यवसायीलाई अनुरोध गरेको छ । 

Kakani Khabar add

सम्बन्धित खबर

रसुवामा ड्रोनमार्फत वनस्पति र घाँसका बीउ छरियो

काठमाडौँ । रसुवामा डढेलोले उजाड बनाएको वन क्षेत्रमा ड्रोन प्रविधिमार्फत वनस्पति र घाँसका बीउ छरिएको छ । २०६५ सालको भीषण डढेलोका कारण उजाड बनेको क्षेत्रमा हरियाली फर्काउन डिभिजन वन कार्यालय रसुवाले बीउ छर्न थालेको हो ।


दुर्गम भौगोल...

३४ जिल्लामा बाढीको जोखिम, सावधानी अपनाउन आग्रह

काठमाडौँ । आज काठमाण्डौ, ललितपुर र भक्तपुर सहित विभिन्न ३४ जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार काभ्रे, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, भोजपुर, संखुवासभा, दोलखा, रामेछाप र सिन्धुलीमा बाढीको ज...

रोल्पाको थवाङमा जीप दुर्घटना हुँदा १७ जनाको मृत्यु

काठमाडौँ । रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ ।


रुकुम पूर्वबाट जलजलामा मेला भर्न गएका यात्रुहरू चढेको लु१ज ४१६७ नम्बरको जीप रोल्पाको थवाङ गाउँपालिका–१ को जलजला जाने बाटोमा दुर्घटना हुँदा १७ जन...

नयाँ शैक्षिक सत्र शुरू भएपछि मात्र भर्ना लिन सर्वोच्चको आदेश

सुनचाँदीको भाउ आज पनि घट्यो, सुन तोलाको २ लाख ८९ हजार ४०० रुपैयाँमा कारोबार

काठमाडौँ । सुनचाँदीको भाउ आज पनि सामान्य घटेको छ । हप्ताको पहिलो कारोबारकाे दिन हिजो ४०० रुपैयाँले घटेको सुनको भाउ आज तोलामा ९०० रुपैयाँले घटेको छ ।


सुन आज तोलाको २ लाख ८९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी...

ग्यास आपूर्ति सहज बनाउन सरकारको पहल

काठमाडौँ । काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएपछि सरकारले आपूर्ति सहज बनाउन पहल थालेको छ ।


नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसनसँग ग्यासको कोटा बढाउन माग गरेको जनाएको छ । यसअघि मासिक झण्...