Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्मजयन्ती आज मनाइँदै

Main News Image
Kakani Khabar add

काठमाडौँ । इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल) को १५०१ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।


इस्लाम धर्ममा महत्वपूर्ण योगदान गर्नुभएकाले उहाँको उपदेशलाई स्मरण गरिन्छ । यस अवसरमा आज पुर्‍याली, सभालगायत कार्यक्रम गरिँदैछ । नेपाली जामे मस्जिद, काश्मिरी जामे मस्जिदलगायतका ठाउँमा आज विशेष कार्यक्रमको आयोजना गरिएको छ ।


मुस्लिम समुदायको सन्देष्टाका रूपमा मोहम्मदलाई मान्ने गरिन्छ । उहाँ जन्मेको ५३ वर्षपछि इस्लामिक पात्रो (हिजरी संवत्) सुरु भयो । अहिले हिजरी संवत् १४४८ चलिरहेको छ ।


पैगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्कामा भएको र पछि उहाँ साउदी अरबको मदिनामा जानुभयो थियो । पवित्र स्थलका रूपमा रहेको मक्का मदिनामा पहिले सबै धर्मावलम्बीले पूजाआराधना गर्ने तीर्थस्थल थिए ।


यस ठाउँ इस्लाम धर्मावलम्बीको मुख्य तीर्थस्थलका रूपमा मान्न थालियो । यसअघि जेरुसेलमलाई इस्लाम धर्मावलम्बीको मुख्य तीर्थस्थल मानिन्थ्यो । यसैकारण इस्लाम धर्मावलम्बी जीवनमा एकपटक मक्का मदिनामा गएर हज गर्न चाहन्छन् ।


सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम धर्मावलम्बीहरूका लागि मात्र आज सार्वजनिक बिदा दिएको छ ।

Kakani Khabar add

सम्बन्धित खबर

मृत्यु भैसकेका मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भैसकेका मतदाताको विवरण अद्यावधिक गर्न अनुरोध गरेको छ ।


मतदाता नामावलीलाई अद्यावधिक, विश्वसनीय तथा वस्तुगत बनाउन नियमित रुपमा मतदाता नामावली अद्यावधिक गर्न अनुरोध गरिएको आयोगका प्रवक्ता नारायणप्रसा...

ट्राफिक सप्ताह २०८३ अन्तर्गत नुवाकोटमा १५ चालकको लागू पदार्थ परीक्षण, २ जना पोजिटिभ भेटिए ।


नुवाकोट । जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले मनाइरहेको ‘ट्राफिक सप्ताह २०८३’ को पाँचौँ दिन लागू पदार्थ सेवन (लाप.से.) नियन्त्रण तथा सवारी दुर्घटना न्यूनीकरणलाई लक्षित गर्दै विशेष स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

नुवाकोटको प्रहरी–प्रशासन प्रति सूर्यगढीबासी सन्तुष्ट !!

चोकदे । नुवाकोटको सूर्यगढी गाउँपालिकाबासीले प्रहरी–प्रशासनबाट प्रवाह भइरहेको सेवा प्रति सन्तुष्ट जनाएका छन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटले ‘समुदाय प्रहरी साझेदारी कार्यक्रम’ अन्तरगत बिहीबार सूर्यगढी गाउँपालिकामा आयोजना गरेको <...

मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम भोलिदेखि पुनः शुरू हुँदै

काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम भोलिदेखि पुनः सञ्चालन गर्दैछ । आयोगको यही चैत १८ गतेको बैठकले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः थाल्ने निर्णय गरेको हो ।


राष्ट्रिय परिचय...

एक वर्षमा १२ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ । गएको आर्थिक वर्ष २०८२/८३ मा १२ लाखभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । 


नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार एक वर्षमा १२ लाख ९ हजार ३५७ जना विदेशी पर्यटक हवाइ मार्गबाट नेपाल भित्रिएका हुन् । यो संख्या...

नेपालको कृषि–खाद्य प्रणाली सुदृढीकरणका लागि चिनियाँ सहयोगमा नयाँ परियोजना शुरू

काठमाडौँ । चिनियाँ सरकारको आर्थिक सहयोगमा ‘नेपालमा कृषि–खाद्य प्रणालीको सुदृढीकरण’ परियोजना शुरू भएको छ ।


नेपालको कृषि तथा खाद्य प्रणालीलाई थप प्रभावकारी र सुदृढ बनाउने उद्देश्य लिएको परियोजनाको आज काठमाण्डाैमा आयोजित एक कार्यक्रम...