Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

कक्षा १२ को मौका परीक्षा साउन २ र ३ गते

Main News Image
Kakani Khabar add

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजामा नन् ग्रेडेड अर्थात् (एनजी) प्राप्त गरेका विद्यार्थीका लागि मौका अर्थात् पूरक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ ।


मौका परीक्षा आउँदो साउन २ र ३ गते बिहान ११ देखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ । साउन २ गते अनिवार्य अङ्ग्रेजी, एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीको सबै र दुई विषयमा परीक्षा दिनेका लागि सानो कोड नम्बर भएको विषयको परीक्षा हुनेछ । त्यस्तै साउन ३ गते दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयमध्ये ठूलो कोड नम्बर भएको विषयको परीक्षा सञ्चालन हुनेछ ।


सैद्धान्तिकतर्फ अन्य विषयमा न्यूनतम वा त्योभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी बढीमा दुई विषयमा (एनजी) प्राप्त गर्ने वा सैद्धान्तिकतर्फ अन्य विषयमा (डी) वा त्योभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बाँकी बढीमा दुई विषयमा अनुपस्थित भएका परीक्षार्थी यो परीक्षामा सामेल हुन पाउनेछन् ।


ग्रेडवृद्धि परीक्षामा सहभागी हुन विद्यार्थीले यही असार १९ गतेभित्र ८०० रुपैयाँ शुल्क बोर्डको खातामा बुझाइसक्नुपर्नेछ । यो अवधिभित्र शुल्क बुझाउन छुट भएकाले असार २६ गतेभित्र विलम्ब शुल्कसहित १ हजार ६०० रुपैयाँ बुझाई सम्बन्धित विद्यालयमार्फत अनलाइन भुक्तानीको भौचर वा प्रमाणित प्रतिलिपिसहित बोर्डको कार्यालयमा आवेदन फाराम बुझाउनुपर्नेछ ।


कक्षा १२ को परीक्षाफल आज सार्वजनिक भएको हो । राष्ट्रिय परीक्षा बाेर्डका अनुसार नियमिततर्फ ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यस पटक नियमिततर्फ ३ लाख ३२ हजार २४१ विद्यार्थीले परीक्षा दिएकामा २ लाख ३१ हजार ७७० जना उत्तीर्ण भएका छन् । 


प्राप्त नतिजाप्रति चित्त नबुझी पुनर्योग गर्न चाहने विद्यार्थीले प्रतिविषय १ हजार रुपैयाँका दरले दस्तुर बुझाई आवेदन दिन सक्नेछन् । नतिजा प्रकाशन भएको मितिले ७ दिनभित्र अर्थात् असार १२ गते बेलुका ५ बजेसम्म बोर्डको वेबसाइटमार्फत अनलाइन भुक्तानी गरी आवेदन दिनुपर्नेछ ।

Kakani Khabar add

सम्बन्धित खबर

मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम भोलिदेखि पुनः शुरू हुँदै

काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम भोलिदेखि पुनः सञ्चालन गर्दैछ । आयोगको यही चैत १८ गतेको बैठकले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः थाल्ने निर्णय गरेको हो ।


राष्ट्रिय परिचय...

ओली र लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न माग

काठमाडौँ । हिजो पक्राउ पर्नुभएका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न सरकारी वकिलको कार्यालयले माग गरेपछि काठमाण्डौ जिल्ला अदालतमा त्यसबारे बहस भइरहेको छ ।


प्रहरीले...

वृद्धभत्ता वितरणसँगै स्वास्थ्य सेवा: तारकेश्वरमा ‘अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रम’ सुरु हुँदै

नुवाकोट । तारकेश्वर गाउँपालिकाले वैशाख ७ गते सोमबारदेखि ११ गते शुक्रबारसम्म सबै वडामा सामाजिक सुरक्षा भत्ता (वृद्धभत्ता) वितरणसँगै निःशुल्क स्वास्थ्य परीक्षण, औषधी वितरण र स्वास्थ्य परामर्श सेवा प्रदान गर्ने भएको छ ।


‘गाउँपालिका अ...

३४ जिल्लामा बाढीको जोखिम, सावधानी अपनाउन आग्रह

काठमाडौँ । आज काठमाण्डौ, ललितपुर र भक्तपुर सहित विभिन्न ३४ जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार काभ्रे, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, भोजपुर, संखुवासभा, दोलखा, रामेछाप र सिन्धुलीमा बाढीको ज...

दुई लाखभन्दा बढी बेटिङ वेबसाइट र एप बन्द

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी (बेटिङ) तथा अवैधानिक वित्तीय कारोबारमा संलग्न दुई लाखभन्दा बढी वेबसाइट र एप बन्द गरेको जनाएको छ।


सरकारले गत चैत १३ गते जारी गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूची अन्तर...

मंगलबार पनि काठमाडौं निर्धारित डेढ दर्जन अन्तर्राष्ट्रिय उडान रद्द

१९ फागुन, काठमाडौं । मध्यपूर्वी देशहरूमा चर्किएको युद्ध र हवाई क्षेत्र प्रतिबन्धका कारण नेपालको हवाई क्षेत्रसमेत निरन्तर प्रभावित बनिरहेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार मंगलबार समेत पूर्वनिर्धारित कुल १६ अन्तर्राष्...