Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

कार्यालय प्रयोजनमा स्वदेशी वस्तु तथा उत्पादनलाई प्राथमिकता दिन सरकारको निर्देशन

Main News Image
Kakani Khabar add

काठमाडौँ ।  सरकारले सरकारी निकायबाट हुने खरिद तथा कार्यालय प्रयोजनमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिन सबै सरकारी कार्यालयलाई पत्राचार गरेको छ ।


प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालले स्थानीय सीप तथा उद्यमको संरक्षण, रोजगारी सिर्जना र आयात प्रतिस्थापन गर्ने उद्देश्यले सरकारी खरिदमा नेपाली उत्पादनलाई प्राथमिकता दिन पुनःस्मरणसहित सबै सरकारी कार्यालयमा पत्राचार गरिएको जानकारी दिनुभयो ।


उहाँका अनुसार सरकारी कार्यालयमा हुने बैठक तथा समारोहका कोसेली, उपहार, सजावटलगायतका प्रयोजनमा सम्भव भएसम्म नेपाली हस्तकला तथा नेपालमै उत्पादित वस्तु प्रयोग गर्न निर्देशन दिइएको छ ।


त्यसैगरी स्टेशनरी, छपाइ तथा फर्निचरसम्बन्धी वस्तु, निर्माण सामग्री, मेशिनरी तथा उपकरण, कृषि तथा पशुजन्य उत्पादन, खाद्य तथा पेय पदार्थ खरिद गर्दा प्रचलित कानून तथा सार्वजनिक खरिद ऐनको दायराभित्र रही स्वदेशी उत्पादनलाई प्राथमिकता दिने व्यवस्था मिलाउन सबै सरकारी निकायलाई पुनः स्मरण गराइएको प्रवक्ता अर्यालले बताउनुभयो ।


स्वदेशी वस्तु र सेवाको प्रयोग र उत्पादन सरकारको प्राथमिकतामा रहेको उहाँकाे भनाइ छ ।

Kakani Khabar add

सम्बन्धित खबर

नेपालले दियो अमेरिकालाई ३१८ रनको कीर्तिमानी लक्ष्य

काठमाडौँ । घरेलु मैदानमा चलिरहेको आईसीसी क्रिकेट विश्वकप लिग–टु शृङ्खलाको अन्तिम खेलमा नेपालले अमेरिकालाई ३१८ रनको कीर्तिमानी लक्ष्य दिएको छ ।


नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिपुरमा अहिलेसम्मकै धेरै रन बनाएकाे हाे...

३४ जिल्लामा बाढीको जोखिम, सावधानी अपनाउन आग्रह

काठमाडौँ । आज काठमाण्डौ, ललितपुर र भक्तपुर सहित विभिन्न ३४ जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार काभ्रे, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, भोजपुर, संखुवासभा, दोलखा, रामेछाप र सिन्धुलीमा बाढीको ज...

कांग्रेसले भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भीष्मराज आङ्देम्बेलाई पार्टी संसदीय दलको नेता बनाउने सर्वसम्मत निर्णय गरेको छ ।


पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा आज बसेको बैठकमा सभापति गगनकुमार थापाको...

आज ३४ जिल्लामा बाढीको जोखिम

काठमाडौँ । आज देशका ३४ जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 


महाशाखाका अनुसार ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, सङ्खुवासभा, सोलुखुम्बु, भोजपुर, खोटाङ, उदयपुर, ओखलढुङ्गा, सिन्धुली, दोलखा, रामेछाप,...

विपद्का विभिन्न घटनामा १ सय ९६ जनाको मृत्यु, ४ हजार भन्दा बढी घटना

काठमाडौँ । गएको बैशाख महिना देखि हाल सम्म विपद्का विभिन्न घटनामा १ सय ९६ जनाको ज्यान गएको छ । 


राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वैशाख १ देखि यही साउन १७  गतेसम्म देशका विभिन्न भागमा चा...

युनाइटेड युथ क्लबको अध्यक्षमा पुनः अच्युतराज महन्त गिरी चयन

बट्टार । नुवाकोटको खेलकुद तथा सामाजिक क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएको युनाइटेड युथ क्लब को अध्यक्षमा पुनः अच्युतराज महन्त गिरी चयन हुनुभएको छ ।

क्लबको ३७औँ साधारणसभा तथा अधिवेशनले वर्तमान अध्यक्ष गि...