Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

किस्पाङमा निःशुल्क आँखा जाँच शिविर, २०१ जनाको आँखा परीक्षण

Main News Image
Kakani Khabar add

नुवाकोट । नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखा, तिलगंगा आँखा प्रतिष्ठान गौशाला, काठमाडौं तथा तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र नुवाकोटको प्राविधिक सहयोगमा किस्पाङ गाउँपालिका–२ स्थित सातदोबाटोमा निःशुल्क आँखा जाँच कार्यक्रम सम्पन्न भएको छ।

नेपाल रेडक्रस सोसाइटी किस्पाङ शाखा तथा काहुले उपशाखाको समन्वय र स्थानीय विभिन्न स्वास्थ्य सस्थाहरुको सहयोगमा सम्पन्न भएको कार्यक्रममा २०१ जनाले निःशुल्क आँखा परीक्षण गराएको तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र नुवाकोटका प्रमुख ताराबहादुर वाइवाले जानकारी दिनुभयो ।

उहाँको अनुसार आँखा परीक्षणका क्रममा १६ जनामा मोतियाबिन्दुको समस्या देखिएको छ भने ४२ जनालाई चस्मा वितरण गरिएको

स्थानीय नागरिकलाई सहज रूपमा आँखा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको नेपाल रेडक्रस सोसाइटी किस्पाङ शाखाका संयोजक रबिन्द्र नाथ न्यौपानेको भनाई छ ।
उहाँको अनुसार शिविरमा सहभागी २०१ जनाको आँखा परीक्षण गर्दा १६ जनामा मोतियाबिन्दुको समस्या पहिचान भएको र ४२ जनालाई आवश्यकताअनुसार चस्मा समेत वितरण गरिएको हो।

आँखा स्वास्थ्यसम्बन्धी समस्या समयमै पहिचान गर्न तथा उपचारमा पहुँच सहज बनाउन आयोजित शिविरबाट स्थानीय नागरिक लाभान्वित भएका छन्।

शिविर सम्पन्न गर्न सहयोग पुर्‍याउने आयोजक, सह–आयोजक, प्राविधिक टोली, स्थानीय आयोजक तथा सम्पूर्ण सहयोगीप्रति नेपाल रेडक्रस सोसाइटी किस्पाङ शाखाले हार्दिक आभार व्यक्त गरेको छ।

Kakani Khabar add

सम्बन्धित खबर

बागमती प्रदेशप्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

मकवानपुर । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाको हालैको बैठकबाट पारित भएका दुई वटा आर्थिक विधेयक प्रमाणीकरण गर्नुभएको छ । 


प्रदेश प्रमुख देवकोटाले ‘प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यव...

नेपालले स्कटल्यान्डलाई १९४ रनमा अलआउट गर्‍यो

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलामा स्कटल्यान्डले नेपाललाई १९५ रनको लक्ष्य दिएको छ ।


कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा टस जितेर ब्याटिङ गरेको स्कटल्यान्डले ३९ ओभर १ बलमा १९४ रन बनाउँदा सबै विकेट गुमायो । स्कटल्या...

आज ३४ जिल्लामा बाढीको जोखिम

काठमाडौँ । आज देशका ३४ जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 


महाशाखाका अनुसार ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, सङ्खुवासभा, सोलुखुम्बु, भोजपुर, खोटाङ, उदयपुर, ओखलढुङ्गा, सिन्धुली, दोलखा, रामेछाप,...

ग्यास आपूर्ति सहज बनाउन सरकारको पहल

काठमाडौँ । काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएपछि सरकारले आपूर्ति सहज बनाउन पहल थालेको छ ।


नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसनसँग ग्यासको कोटा बढाउन माग गरेको जनाएको छ । यसअघि मासिक झण्...

कलेरीडाँडामा सीप सिकाइ केन्द्र उद्घाटन, आमा समूहलाई चार लाख सहयोग

नुवाकोट । तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारी 'अविरल' ले वडा नम्बर ५ स्थित कलेरीडाँडामा निर्माण सम्पन्न भएको गाउँपालिका स्तरीय सीप सिकाइ केन्द्रको उद्घाटन गर्नुभएको छ ।

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानसम्बन्धी कार्यविधि संशोधन

काठमाडौँ । सरकारले सहुलियतपूर्ण कर्जामा ब्याज अनुदानसम्बन्धी कार्यविधि संशोधन गरी कार्यान्वयनमा ल्याएको छ ।


अर्थ मन्त्रालयले ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी (पहिलो संशोधन) कार्यविधि २०८३’ जारी गरी कार्यान्वयनमा ल्य...