Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

कृष्णभीरमा त्रिशूलीको बाढीले कटान गरेपछि नागढुङ्गा-मुग्लिन सडक अवरुद्ध

Main News Image
Kakani Khabar add

काठमाडौँ । त्रिशूली नदीमा जलसतह बढेपछि नागढुङ्गा-मुग्लिन सडकखण्ड फेरि अवरुद्ध भएको छ ।


धादिङको कृष्णभीर क्षेत्रमा त्रिशूली नदीको बाढीले सडकलाई तलबाट कटान गरेपछि गाडी सञ्चालनमा रोक लगाइएको मुग्लिन प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सडकको केही भाग कटानमा परेको छ भने गाडी आवागमन जोखिमपूर्ण बनेको छ ।


आज बिहान भोटेकोशी नदीमा बाढीको बहाव बढेको सूचनापछि काठमाण्डौ–मुग्लिन तथा मुग्लिन–नारायणगढ सडकखण्डमा केही समय गाडी आवागमन रोकिएको थियो ।


पछि बाढीको जोखिम तत्काल नरहेको सूचना आएपछि गाडी सञ्चालनमा ल्याइएको थियो । तर, त्यसको केही समयमै त्रिशूली नदीमा फेरि जलसतह बढेपछि कृष्णभीर क्षेत्रमा सडक कटान भएको हो ।


बाढी पूर्वानुमान महाशाखाका अनुसार धादिङ क्षेत्रमा त्रिशूली नदीको जलसतह खतराको तहभन्दा झण्डै तीन मिटर माथि पुगेको छ । सडक अवरुद्ध भएपछि विभिन्न ठाउँमा यात्रु तथा गाडी अलपत्र परेका छन् ।


यात्रुहरूलाई नदी तथा सडकको जोखिमयुक्त क्षेत्रमा नबस्न र सुरक्षाकर्मी तथा प्रशासनको निर्देशन पालना गर्न प्रहरीले आग्रह गरेको छ । भोटेकोशीको बाढी त्रिशूली हुँदै तलतर्फ आइरहेकाले रसुवा, नुवाकोट, धादिङ र चितवनका नदी तटीय क्षेत्रमा समेत उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ ।


खोज, उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मीलाई समेत विशेष सावधानी अपनाउन भनिएको छ ।

Kakani Khabar add

सम्बन्धित खबर

काभ्रे बस दुर्घटनामा ज्यान गुमाएका आठै जनाको पहिचान खुल्यो

काठमाडौँ । काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर २ को बुच्चाकोटमा हिजो भएको बस दुर्घटनामा ज्यान गुमाउने सबै ८ जनाको पहिचान खुलेको छ ।


जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक रविन कार्कीका अनुसार ज्यान गुमाउनेहरुमा स...