Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

लिखुमा एकैसाथ १६ विधाका सिपमूलक तालिम सुरु, ५०० भन्दाबढीको सहभागिता

Main News Image
Kakani Khabar add

चौघडा । नुवाकोटको लिखु गाउँपालिका मा महिला लक्षित सिपमूलक कार्यक्रम अन्तर्गत एकैसाथ १६ वटा विभिन्न विधाका सिपमूलक तालिम सुरु गरिएको छ ।

राष्ट्रिय योजना आयोगको विशेष अनुदान अन्तर्गत गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालनमा ल्याइएको उक्त तालिम कार्यक्रमको सोमबार विशेष समारोहबीच गाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठले उद्घाटन गर्नुभयो ।

उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले यस वर्ष १ करोड ३० लाख रुपैयाँ बराबरको विशेष अनुदान कार्यक्रम सञ्चालन गर्ने नुवाकोटकै पहिलो पालिका बन्न सफल भएको बताउनुभयो । उहाँले आगामी वर्ष उक्त बजेटको आकार बढाएर करिब ४ करोड रुपैयाँ पुर्‍याउने लक्ष्य रहेको जानकारी दिँदै गाउँपालिकाका युवायुवतीलाई उनीहरूको चाहना र आवश्यकता अनुसारको सिप प्रदान गरी रोजगारी तथा स्वरोजगारमा जोड्ने योजना रहेको उल्लेख गर्नुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक विष्ट का अनुसार तालिममा विशेषगरी आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका, सिप सिकेर स्वरोजगार बन्न चाहने, आयआर्जन वृद्धि गर्न चाहने, वैदेशिक रोजगारीमा सहज पहुँच बनाउन चाहने तथा स्थानीय मौलिक र परम्परागत उद्यममार्फत आत्मनिर्भर बन्न चाहने ५०० भन्दा बढी महिलाको सहभागिता रहनेछ ।

कार्यक्रम वडा नं. ४ का अध्यक्ष प्रकाश राई को सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा वडा नं. १ का अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता नरहरी पाण्डे, वडा नं २ का अध्यक्ष प्रेमबहादुर थापामगर,, वडा नं. ५ का कार्यवाहक वडाध्यक्ष दोलनारायण श्रेष्ठ, कार्यपालिका सदस्य निकिसा राई लगायत विभिन्न वडाका जनप्रतिनिधि, शाखा प्रमुख, कर्मचारी, महिला उद्यमीहरु सरस्वती मल्ल (श्रेष्ठ), तुलसा नेपाल तथा सहभागि (प्रशिक्षार्थीहरू) को उल्लेखनीय सहभागिता रहेको थियो ।

तालिम सञ्चालन गर्ने साझेदारी संस्था सुप्रिम कलेज अफ होटल म्यानेजमेन्ट एण्ड ईन्जिनियरिङ प्राली का प्रबन्ध निर्देशक नारायण श्रेष्ठ, जनरल मेनेजर नवराज खड्का, अप्रेशन मेनेजर प्रदिप पण्डित, साथै नेपाल उद्यमी विकास परामर्श प्राली का प्रबन्ध निर्देशक रविन्द्र श्रेष्ठ र पर्फेक्ट म्यानपावर प्राली का प्रबन्ध निर्देशक भुपेन्द्र विष्ट लगायतको उपस्थिति रहेको थियो ।

गाउँपालिकाका अनुसार विभिन्न १६ विधामा सञ्चालन हुने तालिममध्ये केही २८ दिने छोटो अवधिका तथा केही ६० कार्यदिने लामो अवधिका हुनेछन् । चालु आर्थिक वर्षभित्र सम्पूर्ण तालिम सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

सुप्रिम कलेज अफ होटल म्यानेजमेन्ट बट्टारका अप्रेशन मेनेजर प्रदिप पण्डितका अनुसार अर्को सातादेखि प्रशिक्षक परिचालन गरी सहभागीहरूलाई पायक पर्ने स्थानमा भेला गराएर तालिम सञ्चालन गरिनेछ ।

महिलाको आर्थिक सशक्तिकरण, स्वरोजगार प्रवर्द्धन र सिप विकासतर्फ लिखु गाउँपालिकाको यो अभियानलाई स्थानीयले सकारात्मक रूपमा लिएका छन् ।

Kakani Khabar add

सम्बन्धित खबर

एसईई ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि अर्थात् (पूरक) परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ । बोर्डका अनुसार ग्रेडवृद्धि परीक्षामा १ लाख २९ हजार १ सय ९४ जना विद्यार्थी सहभागी भएकोमा ८३ हजार ५ सय २३ जना उत...

बेलकोटगढीको सबै वडा पूर्ण खोप सुनिश्चित, पालिका घोषणाको तयारी

बाघखोर । बेलकोटगढी नगरपालिकाको सबै वडा पूर्ण खोप सुनिश्चित भएका छन् । नगरपालिकाले सोमबार आयोजित कार्यक्रममा नगरमा रहेका सबै १३ वटै वडालाई पूर्ण खोप सुनिश्चित भएको प्रमाणपत्र प्रदान गरिएको हो ।

सुनचाँदीको भाउ बढ्यो, सुन तोलाको २ लाख ९० हजार ७०० रुपैयाँमा कारोबार

काठमाडौँ । आज सुनचाँदीको भाउ बढेको छ ।  सुनको भाउ तोलामा ७ हजार २०० रुपैयाँले बढेर  २ लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


सुनको भाउ हिजो पनि बढेको थियो । हिजो सुनको भाउ त...

तारकेश्वर गाउँपालिकाको सबै वडामा ‘अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रम’ सम्पन्न

नुवाकोट । तारकेश्वर गाउँपालिकाले सोमबारदेखि सुरु गरेको आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता (वृद्धभत्ता) वितरण, निःशुल्क स्वास्थ्य परीक्षण, औषधी तथा परामर्शसहितको ‘गाउँपालिका अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रम’ शुक्रबार...

बाघको सङ्ख्या ४ सय २९ पुग्यो

काठमाडौँ । नेपालमा बाघको सङ्ख्या ४२९ वटा पुगेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले विश्व बाघ दिवसका अवसरमा आज पछिल्लो राष्ट्रिय गणनाको नतिजा सार्वजनिक गरेको हो ।


कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बाघ गणना...

रामेछाप दुर्घटना : मतदान अधिकृतको पनि मृत्यु, ७ जनालाई हेलिकप्टरबाट काठमाडौं पठाइयो

१८ फागुन, काठमाडौं । रामेछाप नगरपालिका–२ स्थित सिरुबारीमा गाडी दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या २ पुगेको छ । सोमबार मतदान सामग्री र निर्वाचन कर्मचारी लिएर रामेछापको रामेछाप नगरपालिका-२ देउरालीतर्फ जाँदै गरेको ना ७ ख ६७६८ नम्बरको गाडी दुर्घटना...