Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

लिखुमा सञ्चालित निःशुल्क प्रोष्टेट स्वास्थ्य परीक्षणमा १८० जनाले सेवा लिए

Main News Image
Kakani Khabar add

चौघडा । नुवाकोटको लिखु गाउँपालिकाको दुई स्थानमा सञ्चालन गरिएको निःशुल्क प्रोष्टेट स्वास्थ्य परीक्षण शिविरमा १८० जनाले सेवा लिएका छन् ।

लिखु गाउँपालिका वडा नं ४ चौघडा स्थित चौघडा स्वास्थ्य चौकी र लिखु गाउँपालिका वडा नं १ ढिकुरे,स्थित ढिकुरे आयुर्वेद औषधालयमा सञ्चालन गरिएको निःशुल्क प्रोष्टेट स्वास्थ्य परीक्षण शिविरमा १८० जनाले स्वास्थ्य जाँच गराएको स्वास्थ्य शाखा प्रमुख भीमबहादुर रोकाले जानकारी दिनुभयो ।

उहाँको अनुसार पछिल्लो समयमा पुरुषहरुमा प्रोष्टेटको समस्या निकै बृद्धि हुदै गएको र यसको जाँच तथा परीक्षण सहित उपचारमा ध्यान नदिइएको पाइसगैँ गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेटमा नै प्राथमिकता दिदै दुई स्थानमा शिविर सञ्चालन गरेको प्रमुख प्रशासकीय अधिकृत अशोक विष्टले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठले नीति तथा कार्यक्रममा महिलाहरुको पाठेघरको समस्या र पुरुषमा प्रोष्टेट सम्बन्धि समस्याले ठूलो रुप लिदै आएको उल्लेख गर्दै बार्षिक स्वीकृत कार्यक्रम मार्फत नै लिखु गाउँपालिकाले यस्ता कार्यक्रमलाई पछिल्लो वर्षहरुमा नियमित रुपमा सञ्चालन गर्दै आइरहेको छ ।

यो वर्ष दुई ठाउँमा गरिएको प्रोष्टेटको समस्या भए-नभएको थाहाँ पाउने सञ्चालन गरिएको शिविरमा गाउँपालिकाको आर्थिक सहयोग रहेको थियो भने मेरी स्टोप्स सर्भिसेज सँस्थाले प्राविधिक सहयोग उपलब्ध गराइएको थियो ।

शिविरमा जाँच गराउन गएका व्यक्तिहरुलाई देखिएको स्वास्थ्य समस्या सम्बन्धमा चिकित्सको सिफारिसमा निःशुल्क आवश्यक औषधि समेत उपलब्ध गराइएको थियो ।

Kakani Khabar add

सम्बन्धित खबर

सरकारले असार २९ देखि नयाँ प्रणालीबाट राहदानी सेवा वितरण गर्ने

काठमाडौँ । सरकारले पर्सि असार २९ गतेदेखि नयाँ प्रणालीबाट राहदानी सेवा वितरण गर्ने भएको छ । यसका लागि आवश्यक तयारी परराष्ट्र मन्त्रालय र विभागबाट अन्तिम चरणमा पुगेको छ ।


परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सहज...

आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौँ । सरकारले आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुई दिन भिटामिन ‘ए’ सँगै जुकाको औषधि पनि खुवाउन लागेको हो । स्वास्थ्य सेवा विभाग...

वाणिज्य विभागद्वारा एक वर्षमा झण्डै ४५ सय फर्म अनुगमन

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बितेको आर्थिक वर्ष २०८२/८३ मा झण्डै चार हजार ५०० व्यावसायिक फर्म अनुगमन गरेको छ । 


विभागले हालै सार्वजनिक गरेको वार्षिक कार्य प्रगति विवरण अनुसार देशभर ९६५ अनुगमन टोली...

आईसीसी विश्वकप क्रिकेट लिग–टू मा नेपालले यूएईलाई हरायो

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत त्रिदेशीय शृङ्खलामा नेपालले यूएईलाई हराएको छ । आज भएको खेलमा नेपालले यूएईलाई ३७ रनले हराएको हो । नेपालले दिएको २ सय १ रनको लक्ष्य पछ्याएको यूएई ४८ ओभर २ बलमा १ सय ६३ रन बनाएर अलआउट भयो ।


...

बाघको सङ्ख्या ४ सय २९ पुग्यो

काठमाडौँ । नेपालमा बाघको सङ्ख्या ४२९ वटा पुगेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले विश्व बाघ दिवसका अवसरमा आज पछिल्लो राष्ट्रिय गणनाको नतिजा सार्वजनिक गरेको हो ।


कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बाघ गणना...

अख्तियारमा १ वर्षमा ३३ हजारभन्दा धेरै उजुरी

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गएको आर्थिक वर्षमा भ्रष्टाचारसम्बन्धि सबैभन्दा धेरै उजुरी पालिकासँग सम्बन्धित परेका छन् । आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षामार्फत् अख्तियारले उजुरी, अनुसन्धान, मुद्दा फछ्र्यौटलगायतका तथ्यांक सार्व...