Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

मोरक्कोलाई हराउँदै फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा

Main News Image
Kakani Khabar add

काठमाडौँ । साविक विजेता फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको बोस्टन स्टेडियममा आज बिहान सम्पन्न पहिलो क्वाटरफाइनलमा फ्रान्सले अफ्रिकी देश मोरक्कोलाई २–० ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।


 फ्रान्सको जितमा कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेले एक–एक गोल गरे । खेलको सुरुआतमै गोल गर्ने अवसर पाए पनि एमबाप्पे पेनाल्टीमा चुकेका थिए ।


पहिलो हाफको २८ औँ मिनेटमा मोरक्कोका नौसइर मजराउईले पेनाल्टी क्षेत्रभित्र फाउल गरेपछि फ्रान्सले पेनाल्टीको अवसर पाएको थियो । तर एमबाप्पेको प्रहारलाई मोरक्कोका गोलरक्षक यासिन बुनुले उत्कृष्ट बचाउ गर्दै टोलीलाई तत्काल संकटबाट जोगाएका थिए ।


दोस्रो हाफमा भने फ्रान्सले खेलमा पूर्ण नियन्त्रण जमायो । खेलको ६० औँ मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए । त्यसको पाँच मिनेटपछि अर्थात् ६५औँ मिनेटमा उसमान डेम्बेलेले अर्को गोल थप्दै फ्रान्सको अग्रता २–० पुगेकाे हाे ।


त्यसपछि मोरक्कोले खेलमा फर्कने प्रयास गरे पनि फ्रान्सको बलियो रक्षापङ्क्ति र गोलरक्षकको उत्कृष्ट प्रदर्शनका कारण गोल फर्काउन सकेन । निर्धारित समयसम्म थप गोल हुन नसकेपछि फ्रान्स सहज जितसहित सेमिफाइनलमा पुग्यो ।


यस जितसँगै सन् २०१८ को विश्वविजेता तथा साविक उपविजेता फ्रान्सले अब फाइनल प्रवेशका लागि स्पेन र बेल्जियमबीचको दोस्रो क्वाटरफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।


पराजित मोरक्कोको यसपटकको विश्वकप यात्रा क्वाटरफाइनलमै समाप्त भएको छ ।

Kakani Khabar add

सम्बन्धित खबर

उपाधिका लागि नेपाल र हङकङबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ । एशियाली खेलकुद छनोट प्रतियोगिताको उपाधिका लागि आज नेपाल र हङकङबीच प्रतिस्पर्धा हुँदैछ । खेल सिंगापुरको नेश्नल क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो सवा १२ बजे शुरु हुनेछ । 


नेपालले सेमिफाइनलमा ओमानलाई ८ विकेटले ह...

विश्वकपको सेमिफाइनल समीकरण पूरा

काठमाडौँ । फिफा विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । फिफा वरीयतामा शीर्ष चारका टोली फ्रान्स, अर्जेन्टिना, स्पेन र इंग्ल्याण्ड नै सेमिफाइनलमा पुगेका हुन् । 


आज बिहान सकिएका दुई क्वाटरफाइनल खेलपछि सेमिफाइनल खेल्ने चार...

मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को खेलमा पाँच पटकको विश्व विजेता ब्राजिल मोरक्कोसँग १–१ गोलको बराबरीमा रोकिएको छ ।

आइतबार बिहान न्यू जर्सीस्थित मेटलाइफ स्टेडियममा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले एक–एक अंक बाँडेका ह...

विश्वकप फुटबलको प्रि–क्वाटरफाइनल समीकरण पूरा

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रि–क्वाटरफाइनल समीकरण पूरा भएको छ । नकआउट चरणको अन्तिम खेलमा आज बिहान घानालाई एक गोलले हराउँदै कोलम्बिया अन्तिम १६ मा प्रवेश गरेसँगै अन्तिम–१६ को समीकरण पूरा भएको हो ।


चार पटकको पूर्वविजेता जर्मनीसह...

ब्राजिललाई हराउँदै नर्वे विश्वकपको क्वार्टरफाइनलमा

काठमाडौँ । पाँच पटकको विश्व विजेता ब्राजिललाई पराजित गर्दै नर्वे विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । आज बिहान भएको खेलमा नर्वेले ब्राजिललाई २–१ गोलले पराजित गरेको हो ।


नर्वेको जितमा एर्लिङ हालाण्डले २ गोल गरे । उनले खेल...

‘वर्ल्ड अफ डान्स नेपाल’ को उपाधि विजेता टिम एनटी अन्तराष्ट्रिय प्रतिस्पर्धामा जादै

नुवाकोट । ‘वर्ल्ड अफ डान्स नेपाल २०२६’ को ग्रान्ड फिनालेमा अपर टिम डिभिजनको उपाधि जित्न सफल टिम एनटी विभिन्न देशमा हुने अन्तराष्ट्रिय प्रतिस्पर्धामा सहभागिता जनाउन जाने भएको छ ।


त्रिशूलीमा आज पत्रकार सम्मेलनमा टिम एनटीका प्रतिनिधि...