Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल

Main News Image
Kakani Khabar add

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को खेलमा पाँच पटकको विश्व विजेता ब्राजिल मोरक्कोसँग १–१ गोलको बराबरीमा रोकिएको छ ।

आइतबार बिहान न्यू जर्सीस्थित मेटलाइफ स्टेडियममा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले एक–एक अंक बाँडेका हुन् ।

खेलको २१औँ मिनेटमा ब्राहिम डियाजको पासमा आई. साइबारीले गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका थिए । सुरुआती चरणमा मोरक्कोले आक्रामक खेल प्रदर्शन गर्दै ब्राजिलमाथि दबाब बनाएको थियो ।

तर ब्राजिलले ३२औँ मिनेटमा खेलमा पुनरागमन गर्‍यो । स्टार फरवार्ड भिनिसियस जुनियरले ब्रुनो गुइमारेसको उत्कृष्ट पासलाई गोलमा परिणत गर्दै खेल १–१ को बराबरीमा ल्याए ।

पहिलो हाफमै बराबरी भएको खेलको दोस्रो हाफमा दुवै टोलीले विजयी गोलका लागि प्रयास गरे पनि सफल हुन सकेनन् । मोरक्कोको सुदृढ रक्षापंक्तिले ब्राजिलको आक्रमणलाई प्रभावकारी रूपमा नियन्त्रणमा राख्यो भने ब्राजिलले पनि थप गोल गर्न सकेन ।

Kakani Khabar add

सम्बन्धित खबर

फिफाद्वारा एन्फालाई निलम्बन

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फा निलम्बनमा परेको छ । अनावश्यक हस्तक्षेप भएको भन्दै विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले नेपाली फुटबललाई निलम्बन गरेको हो ।


फिफा काउन्सिल ब्युरोले एन्फालाई अर्को सूचना नआएसम्मका लागि निलम्बन गर...

नेपालको महिला टोली एसिया कपमा छनोट हुन सकेन

काठमाडौँ । नेपाली महिला क्रिकेट टोली एसीसी महिला प्रिमियर कप क्रिकेटको क्वार्टरफाइनलबाट बाहिरिँदै एसिया कपमा छनोट हुन असफल भएको छ । 


एशियाली खेलकुदमा छनोट हुन नसकेको दशौँ दिनमा महिला क्रिकेट टोली एसिया कपमा पनि छनोट हुन नसकेक...

उपाधिका लागि नेपाल र हङकङबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ । एशियाली खेलकुद छनोट प्रतियोगिताको उपाधिका लागि आज नेपाल र हङकङबीच प्रतिस्पर्धा हुँदैछ । खेल सिंगापुरको नेश्नल क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो सवा १२ बजे शुरु हुनेछ । 


नेपालले सेमिफाइनलमा ओमानलाई ८ विकेटले ह...

टी–२० विश्वकप : भिड्दै छन् नेपाल र इङ्ल्याण्ड

काठमाडौं : शनिबारदेखि सुरु भएको टी-२० विश्वकपअन्तर्गत नेपालले आज आफ्नो पहिलो खेलमा दुईपटकको विश्व च्याम्पियन इङ्ल्यान्डको सामना गर्नेछ। 

मुम्बईको वानखडे रंगशालामा दिउँसो सवा तीन बजेबाट सुरु हुने खेलमा नेपाल टेस्ट टोलीलाई हराउने लक्ष्यसा...

फिफा विश्वकपको क्वाटरफाइनल समिकरण पूरा

काठमाडौँ । उत्तर अमेरिकामा भइरहेको फिफा विश्वकप २०२६ को क्वाटरफाइनलम समिकरण पूरा भएको छ ।


प्रिक्वाटरफाइनल अन्तर्गत बुधबार विहान स्विट्जरल्यान्ड र कोलम्बियाबीचको खेल सकिएपछि अन्तिम आठमा पुग्ने ८ वटै टोलीको टुङ्गो लागेको हो । सा...

विश्वकप तयारी : आज चेन्नईमा नेपाल र यूएईको ‘वाम अप’ भिडन्त

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिम मुम्बईमा दुई अभ्यास खेल सकेर चेन्नई पुगेको छ । विश्वकप अगाडि नेपालले चेन्नईमा दुई ‘वाम अप’ म्याच खेल्दैछ ।

पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)सँग आज प्रतिस्पर्धा गर्नेछ । नेपाल क्रिकेट संघ...