Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

मेसीको ह्याट्रिक गोलमा अर्जेन्टिना विजयी

Main News Image
Kakani Khabar add

काठमाडौँ । विश्वकप फुटबलमा साबिक विजेता अर्जेन्टिनाले मेसीको ह्याट्रिक गोलमा अल्जेरियालाई हराएको छ ।


यो खेलमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीले तीन गोल गरे । अमेरिकाको कान्सास सिटी स्टेडियममा उनले खेलको १७औँ, ६०औँ र ७६औँ मिनेटमा गोल गरेका हुन् । विश्वकप फुटबलमा मेसीको यो १६औँ गोल पनि हो ।


मेसीले विश्वकपमा सर्वाधिक गोल गर्ने जर्मनीका पूर्वस्ट्राइकर मिरोस्लाभ क्लोजसँग बराबरी गरेका छन् । क्लोजले १६ गोल गरेका थिए । मेसी र क्लोजपछि फ्रान्सका एम्बाप्पेले १४ गोल गर्दै पछ्याइरहेका छन् ।  आजको खेलको शुरुआतमै अर्जेन्टिनाका मेसी र अल्जेरियाका फारेस चाइबीको प्रहारले पोस्टको दिशा लिए पनि त्यसले मान्यता पाएन ।


साबिक विजेता अर्जेन्टिनाले यो विश्वकपमा विजयी शुरुआत गरेको हो । छैटौँ पटक विश्वकप खेल्ने मेसी पहिलो खेलाडी पनि बनेका छन् । मेसीले अर्जेन्टिनाका लागि दुई सयौँ क्याप पनि जितेका छन् ।

Kakani Khabar add

सम्बन्धित खबर

मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को खेलमा पाँच पटकको विश्व विजेता ब्राजिल मोरक्कोसँग १–१ गोलको बराबरीमा रोकिएको छ ।

आइतबार बिहान न्यू जर्सीस्थित मेटलाइफ स्टेडियममा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले एक–एक अंक बाँडेका ह...

५ पटकको विजेता ब्राजिल र नर्वे खेल्दै, यस्तो छ ‘हेड–टु–हेड’

काठमाडौँ । फिफा विश्वकप फुटबलको प्रिक्वाटरफाइनलमा आज राति ५ पटकको विजेता ब्राजिल र नर्वे खेल्दैछन् । यो खेल राति पौने २ बजे अमेरिकाको न्युयोर्क न्यु जर्सी रङ्गशालामा शुरू हुनेछ ।


नकआउट चरणमा ब्राजिलले जापानलाई र नर्वेले आइभरी...

नेपाल एसीसी १९ वर्षमुनिको महिला प्रिमियर कपको समूह विजेता

काठमाडौँ । एसीसी १९ वर्षमुनिको महिला प्रिमियर कपमा नेपाल लगातार तेस्रो जीतसहित क्वाटरफाइनलमा पुगेको छ । 


आजको खेलमा हङकङलाई १८१ रनको फराकिलो अन्तरले हराउँदै समूह ‘डी’ को समूह विजेता बनेर नेपाल क्वाटरफाइनल प्रवेश गरेको हो । टस...

विश्वकप फुटबलको प्रि–क्वाटरफाइनल समीकरण पूरा

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रि–क्वाटरफाइनल समीकरण पूरा भएको छ । नकआउट चरणको अन्तिम खेलमा आज बिहान घानालाई एक गोलले हराउँदै कोलम्बिया अन्तिम १६ मा प्रवेश गरेसँगै अन्तिम–१६ को समीकरण पूरा भएको हो ।


चार पटकको पूर्वविजेता जर्मनीसह...

विश्वकप फुटबलको उपाधिका लागि अर्जेन्टिना र स्पेन खेल्दै

काठमाडौँ । फिफा विश्वकप फुटबल सन् २०२६ को उपाधिका लागि आज राति युरोपियन च्याम्पियन स्पेन र साबिक उपाधि विजेता अर्जेन्टिनाबीच खेल हुँदैछ ।


अमेरिकाको मेटलाइफ स्टेडियममा खेल नेपाली समयअनुसार राति पौने १ बजे शुरु हुनेछ । प्रतियोगिताभर...

एभरेष्ट महिला भलिबल लिगको तेस्रो संस्करण असोजमा हुने

काठमाडौँ । एभरेष्ट महिला भलिबल लिगको तेस्रो संस्करण आउँदाे असोजमा आयोजना हुने भएको छ । आयोजक इन्फिनिटी ड्रिम्सका अनुसार प्रतियोगिता असोज ८ गतेदेखि १७ गतेसम्म काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुनेछ ।

<...