Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

मिटरब्याजसम्बन्धी सबै आयोगका प्रतिवेदन तत्कालै कार्यान्वयन गर्ने सरकारको निर्णय

Main News Image
Kakani Khabar add

काठमाडौँ । सरकारले मिटरब्याजबारे विगतका प्रतिवेदनहरू तत्कालै कार्यान्वयन गर्ने निर्णय गरेको छ ।


आज बसेको मन्त्रिपरिषद् बैठकले ‘अनुचित लेनदेन मिटरब्याज सम्बन्धमा नेपाल सरकारको निर्णयबमोजिम विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन गृह मन्त्रालयले तत्कालै कार्यान्वयन गर्ने’ निर्णय गरेको सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो ।


मिटरब्याज पीडित आफूहरूका माग सुनाउन धनुषाको जनकपुरबाट पैदल मार्च गरेर काठमाण्डौतर्फ आइरहेका बेला सरकारले यस्तो निर्णय गरेको हो ।


असार २५ गते जनकपुरधामको तिरहुतिया गाछीबाट काठमाण्डाैसम्मको पैदल मार्च शुरू गरेका पीडितहरू आज छैटौँ दिन बाराकाे निजगढमा छन् । ४०० जनाभन्दा धेरैको सङ्ख्यामा रहेका उनीहरूलाई भेट्न आज गृहमन्त्री सुधन गुरुङ निजगढ पुग्नुभएको छ ।


गृहमन्त्री वार्ताका लागि आएपछि उनीहरू आज निजगढमै रोकिए । निजगढमा गृहमन्त्रीसँग झन्डै ५ घण्टा वार्ता गरे पनि सहमति भइनसकेको पीडितले बताएका छन् ।


उनीहरूले यसअघि बनेका गौरीबहादुर कार्की, तेजबहादुर कार्की र बाबुराम रेग्मी नेतृत्वको आयोगका प्रतिवेदन सार्वजनिक गर्न माग गरेका थिए । सरकारले आज यी सबै प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको हो ।


पीडितहरूले मिटरब्याजसँग सम्बन्धित फर्जी तमसुक, दृष्टिबन्धक, रजिस्ट्रेशन तथा चेकलगायतका लिखत खारेज, प्रभावकारी कानून निर्माण, विशेष न्यायाधीकरण गठन र विगतका सम्झौता कार्यान्वयनलगायत ६ बुँदे माग राखेका छन् ।


यसैबीच आज बसेको मन्त्रिपरिषद् बैठकले नेपाल वायु सेवा निगमको महाप्रबन्धकको समेत काम गर्नेगरी कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठलाई नियुक्त गरेको छ ।


यस्तै बैठकले बीउबिजन पहिलो संशोधन नियमावली– २०८३ स्वीकृत गर्ने, सशस्त्र प्रहरी बल नेपालको खोज उद्धारमा खटिने कर्मचारीको प्रोत्साहन भत्ता उपलब्ध गराउने तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल गर्ने खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकलाई नगद पुरस्कार र सम्मानपत्र प्रदान गर्नेलगायतका निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो ।

Kakani Khabar add

सम्बन्धित खबर

गोसाइँकुण्ड मेला व्यवस्थापन तयारी सुरु

रसुवा । जनैपूर्णिमाका दिन पवित्र तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष लाग्ने धार्मिक मेलालाई सहज र सफल बनाउनेक्रममा ११ वटा उपसमिति गठन भई व्यवस्थापकीय काम सुरु भएको छ ।


लाङ्टाङ राष्ट्रिय निकुञ्जको अगुवाइमा सरसफाइ तथा वातावरण संरक्षण,...

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सङ्ख्या ५३८ पुग्यो

काठमाडौँ । रसुवामा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ५३८ जना पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज दिउँसोसम्ममा ५३८ जनाको शव फेला परेको हो ।


धेरैजसाे शवहरू चितवन, नवलपरासी...

चौतारागाउँदेखि आँपचौरसम्म 'एक घर एक धारा' सञ्चालन, नपुगेका बस्ती समेट्न १ करोड बजेट बिनियोजन

नुवाकोट । तारकेश्वर गाउपालिकाको 'गौरवको आयोजना'को रूपमा रहेको जोरघट्ट खानेपानी आयोजना अन्तर्गत चौतारागाउँ, सातदोबाटो, धैरिनी, आँपचौर लगायत गाउँमा 'एक घर एक धारा' निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । 


गाउँपालिका अध्यक्ष शिव अ...

पश्चिम तराईमा मधेशवादी दल अस्तित्वको संघर्षमा

मधेश आन्दोलनको मर्म कमजोर बन्दै जाँदा एकातिर राष्ट्रिय आयतनका ठूला पार्टीहरूले नै मधेशी समुदायका उम्मेदवारको संख्या घटाउन थालेका छन्, अर्कातिर मधेशवा...

विदुर–५ मा सुविधासम्पन्न तरकारी संकलन केन्द्र निर्माण सुरु, नगरप्रमुख श्रेष्ठद्वारा शिलान्यास

नुवाकोट । विदुर नगरपालिका–५ स्थित वडा कार्यालय परिसरमा निर्माण हुन लागेको सुविधासम्पन्न तरकारी संकलन केन्द्रको नगरप्रमुख राजन श्रेष्ठले शिलान्यास गर्नुभएको छ। स्थानीय कृषकको उत्पादनलाई व्यवस्थित रूपमा संकलन, भण्डारण तथा बजारसम्म सहज रूपमा पु-याउने...

वर्षाले प्रभावित खेलमा ओमानसँग हार्‍यो नेपाल

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय एकदिविसीय शृङ्खलामा नेपाल ओमानसँग डीएलएस नियमका आधारमा १०२ पराजित भएको छ । लिग–२ मा नेपालकाे याे १४औँ हार हाे ।


कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा आज ओमानले दिएको ३०६...