Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

माथिल्लो त्रिशूली–३ ‘ए’ सुरुङबाट १० दिनपछि २ जनाको जीवितै उद्धार

Main News Image
Kakani Khabar add

रसुवा । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका २ जनाको १० दिनपछि जीवितै उद्धार गरिएको छ । खोजी तथा उद्धारमा खटिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं इन्जिनियर श्रीराम न्यौपानेका अनुसार सञ्जय साह र कविर महर्जनको जीवितै उद्धार गरिएको हो ।


जनाको उद्धारसँगै सुरुङभित्र रहेका अन्य व्यक्तिको खोजी तथा उद्धारलाई पनि तीव्र पारिएको छ । बाढीका कारण सुरुङको प्रवेशद्वार लेदो, माटो, ढुंगा र ठूला चट्टानले पुरिएको थियो । उद्धार टोलीले ड्रिलिङ मेसिन, स्काभेटर, हाइड्रोलिक कटरलगायत उपकरण प्रयोग गर्दै सुरुङको प्रवेशमार्ग खोल्ने प्रयास गरेको थियो ।


उद्धार टोलीले सुरुङभित्रबाट मानिसको आवाज सुनेपछि त्यहाँ अझै जीवित व्यक्ति रहेको आशा बलियो बनेको हो । उद्धारमा खटिएको नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले सुरुङभित्र रहेका व्यक्तिसँग संवादसमेत गरेको थियो । उद्धार टोलीले ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’ भनेपछि भित्रबाट ‘हुन्छ’ भन्ने प्रतिक्रिया आएको न्यौपानेले बताउनुभएको थियो ।


सांसद न्यौपानेले सुरुङभित्र अझै कम्तीमा एक जना व्यक्ति जीवित रहेको जानकारी प्राप्त भएको बताउनु भएको छ । यस आयोजनाको भूमिगत विद्युत् गृह तथा सुरुङ क्षेत्रमा बाढी आउँदा ठूलो संख्यामा प्राविधिक तथा कर्मचारी फसेको आशंका गरिएको थियो ।

Kakani Khabar add

सम्बन्धित खबर

लिखुमा सञ्चालित निःशुल्क प्रोष्टेट स्वास्थ्य परीक्षणमा १८० जनाले सेवा लिए

चौघडा । नुवाकोटको लिखु गाउँपालिकाको दुई स्थानमा सञ्चालन गरिएको निःशुल्क प्रोष्टेट स्वास्थ्य परीक्षण शिविरमा १८० जनाले सेवा लिएका छन् ।

लिखु गाउँपालिका वडा नं ४ चौघडा स्थित चौघडा स्वास्थ्य चौकी र लिखु गाउँपालिका वडा नं १ ढिकु...

एमालेले ओली पक्राउ परेको विषय संसदमा उठाउने

काठमाडौँ । नेकपा एमालेले पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेको विषयलाई प्रतिनिधिसभा बैठकमा उठाउने भएको छ ।


एमालेको आज बसेको सचिवालय बैठकले ओली पक्राउ परेकाे विषय सङ्घीय संसदमा उठाउने र विरोध जनाउने न...

प्रतिनिधिसभामा प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिनुहुने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिनुहुने भएको छ ।


सङ्घीय संसद् सचिवालयका अनुसार दिउँसो १ः०० बजे बस्ने बैठकमा प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद–९ अनुसार सांसदहरूले स...

जलविद्युत आयोजनाका सुरुङमा खोज तथा उद्धारको प्रयास चल्दै

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण नुवाकोट र रसुवाका जलविद्युत आयोजनामा सयौँ मान्छे फसेको आशंकामा खोज तथा उद्धारको प्रयास भइरहेको छ ।


नेपाली सेना र विभिन्न देशका विज्ञसहितको टोलीले उद्धारको काम गरिरहे पनि अझै सफल हुन स...

अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने

काठमाडौँ । अबको तीन दिन देशका केही ठाउँमा अत्यधिक वर्षाको सम्भावना रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले चेतावनी जारी गरेको छ । महाशाखाका अनुसार आज कोशी प्रदेशको पहाडी र तराई भूभागको एक/दुई ठाउँमा अत्यधिक वर्षाको सम्भावना छ ।


यस्...