Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान

Main News Image
Kakani Khabar add

काठमाडौँ । मौसमविद्ले आगामी केही दिन मध्य र पश्चिम नेपालमा वर्षाको क्रम क्रमशः बढ्दै जाने पूर्वानुमान गरेका छन् ।


जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीले सोमबार र मङ्गलवारको तुलनामा बुधवार वर्षामा केही कमी आए पनि बिहीबारदेखि भने मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्ने पूर्वानुमान रहेको बताउनुभयो ।


विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ । मनसुनको न्यूनचापीय रेखा पश्चिम क्षेत्रमा सरदर स्थानभन्दा केही उत्तरतर्फको तराई नजिक तथा पूर्वी क्षेत्रमा सरदर स्थानकै आसपास रहेकाले मध्य र पश्चिम क्षेत्रमा वर्षाको गतिविधि बढ्ने सङ्केत देखिएको विभागको भनाइ छ ।


अधिकारीका अनुसार हिमाली र तराई भूभागमा अहिले सामान्यदेखि पूर्ण बदली छ । पछिल्लो १२ घण्टामा सबैभन्दा बढी वर्षा बझाङमा ५४.८ मिलीमिटर मापन भएको छ । यस्तै, पछिल्लो २४ घण्टामा सिन्धुपाल्चोक आसपास तथा कोसी प्रदेशका केही स्थानमा भारी वर्षा भएको विभागले जनाएको छ ।


मौसमविद् अधिकारीका अनुसार आज हिमाली क्षेत्रमा मध्यम वर्षाको सम्भावना छ । त्यस्तै कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा पनि वर्षा हुने सम्भावना छ ।


कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रका केही स्थानमा वर्षा हुने सम्भावना रहे पनि मधेस प्रदेशमा तुलनात्मक रूपमा कम वर्षा हुने पूर्वानुमान छ ।


विभागले भारी वर्षा हुने क्षेत्रका बासिन्दालाई नदी तथा खोला आसपास, पहिरो जोखिम स्थान तथा कमजोर भू-बनोट भएका क्षेत्रमा रहँदा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

Kakani Khabar add

सम्बन्धित खबर

माथिल्लो त्रिशूली ३ ‘ए’ को ‘क्राउन हेड’ भेटियो

काठमाडौँ । नेपाली सेनाले माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयाेजनाकाे ‘क्राउन हेड’ फेला पारेको छ । विगत ३ दिनदेखि लगातार काम गरिरहेको सेनाको टोलीले आज दिउँसो सुरुङकाे सबैभन्दा माथिल्लो भाग फेला पारेको हो ।


विशेषज्ञसहितको संयुक्त...

सञ्चारमन्त्री डा तिमिल्सिनाबाट पहिरोसहित जोखिम बस्तीको अवलोकन

नुवाकोट । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले आज नुवाकोटको विभिन्न स्थानमा रहेका पहिरो र त्यसका कारण जोखिममा परेका बस्तीको अवलोकन गर्नुभएको छ । 

अवलोकनपश्चात...

साउनमा ७० हजारभन्दा धेरै नेपाली वैदेशिक रोजगारीमा गए

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा रोजगारी खोज्दै विदेश जाने नेपालीको संख्या ७० हजारभन्दा धेरै रहेको छ ।


वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार साउनमा नयाँ र पुनः श्रमस्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या ७०...

पिमलडाँडा माविका शिक्षक-विद्यार्थीलाई दुई दिने सेल्फ डिफेन्स तालिम

नुवाकोेट । तारकेश्वर गाउँपालिकाको प्रवर्धनमा नेपाल स्पोर्ट्स सेन्टर (नेकोस) ले वडा नम्बर ३ को पिमलडाँडा माविमा सञ्चालन गरेको दुई दिने सेल्फ डिफेन्स तालिम आज सम्पन्न भयो ।

तालिमको समापन सत्रलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष शिव अधिकारी अवि...

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ ।  नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण थापाका पक्षमा मतदान नगर्न ह्विप जारी गरेको छ ।


मुख्यमन्त्री थापाले सोमबार प्रदेशसभामा प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर...

चीनतर्फका दुई मुख्य नाका पहिरोका कारण ठप्प

काठमाडौँ । बाढी, पहिरोका कारण सडक अवरुद्ध हुँदा चीनतर्फका मुख्य व्यापारिक नाकाहरू अवरुद्ध बनेका छन् ।


मुख्य नाका रुसुवागढी केही दिनदेखि पूर्णरूपमा अवरुद्ध छ । त्रिशूली–मैलुङ–स्याफ्रुबेसी सडकमा पहिरो खसेका कारण सडक पूर्ण अवरुद्ध हु...