Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

नागढुङ्गा–नौबिसे सुरुङ मार्ग साउनको तेस्रो हप्तादेखि सञ्चालनमा ल्याउने तयारी

Main News Image
Kakani Khabar add

काठमाडौँ । नेपालको पहिलो व्यावसायिक सुरुङ मार्ग ‘नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग’ आउँदो साउनदेखि सञ्चालन गर्ने तयारी भइरहेको छ । 


नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार साउनको तेस्रो हप्तासम्म सुरुङ मार्ग सञ्चालनमा ल्याउने तयारी गरिएको छ । अहिले  सुरुङ मार्ग भएर आवतजावत गर्ने गाडीसँग शुल्क उठाउनका लागि कम्पनीसँग सम्झौता भई तालिमको काम भइरहेको उहाँले जानकारी दिनुभयो । 


सुरुङ मार्गभित्र उद्धारका लागि के कस्ता काम गर्ने, आपतकालीन अवस्थामा के गर्ने तथा ‘लाइट’ एवं ‘भेन्टिलेसन’ को अवस्था के कस्तो छ भनेर टोल शुल्क उठाउने कम्पनीले आवश्यक तयारी गरिरहेको उहाँले बताउनुभयो ।  चौबिसै घण्टा सुरुङ सञ्चालनका लागि १५० जना कर्मचारी भर्ना गरिएको छ । ती कर्मचारीलाई सिफ्टका आधारमा परिचालन गरिनेछ । 


सुरुङ मार्ग सञ्चालन तथा व्यवस्थापनका लागि आयोजना र सेवा प्रदायक युसिन–एआरटी जेभीबीच यसअघि औपचारिक सम्झौता भइसकेको छ । दैनिक आठ हजार गाडी सुरुङ मार्ग भएर आवतजावत गरेमा वार्षिक ३५ करोड बराबरको टोल शुल्क उठ्ने अनुमान गरिएको छ । 


उठेको रकममध्ये वार्षिक २२ करोड रकम सेवा प्रदायकलाई उपलब्ध गराउनुपर्ने पनि आयोजनाले जनाएको छ । 

Kakani Khabar add

सम्बन्धित खबर

आज सुनको भाउ तोलामा ४ हजार ५०० रुपैयाँले घट्यो

काठमाडौँ । आज सुनचाँदीको भाउ घटेको छ । हिजो सोमबार पनि सुनचाँदीको भाउ घटेको थियो । आज सुन तोलामा ४ हजार ५०० रुपैयाँले घटेर तोलाको २ लाख ७७ हजार ९०० रुपैयाँमा झरेको छ ।


हिजो सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँले घटेर तोलाको २ लाख ८...

एसईई ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि अर्थात् (पूरक) परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ । बोर्डका अनुसार ग्रेडवृद्धि परीक्षामा १ लाख २९ हजार १ सय ९४ जना विद्यार्थी सहभागी भएकोमा ८३ हजार ५ सय २३ जना उत...

नयाँ शैक्षिक सत्र शुरू भएपछि मात्र भर्ना लिन सर्वोच्चको आदेश

मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ्दै जाने पूर्वानुमान

काठमाडौँ । मौसमविद्ले आगामी केही दिन मध्य र पश्चिम नेपालमा वर्षाको क्रम क्रमशः बढ्दै जाने पूर्वानुमान गरेका छन् ।


जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीले सोमबार र मङ्गलवारको तुलनामा बुधवार वर्षामा केही कमी आए पनि बिह...

काभ्रे बस दुर्घटनामा ज्यान गुमाएका आठै जनाको पहिचान खुल्यो

काठमाडौँ । काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर २ को बुच्चाकोटमा हिजो भएको बस दुर्घटनामा ज्यान गुमाउने सबै ८ जनाको पहिचान खुलेको छ ।


जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक रविन कार्कीका अनुसार ज्यान गुमाउनेहरुमा स...

यूएईमा २८ फेब्रुअरीपछि ‘ओभरस्टे’ भएकालाई जरिबाना नलाग्ने

१९ फागुन, काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई) मा रहेका नेपालीलाई फेब्रुअरी २८ पछि ‘ओभरस्टे’ भए पनि जरिबाना नलाग्ने भएको छ । यूएईस्थित नेपाली राजदूतावासले एक सूचना जारी गर्दै भिसाको म्याद सकिएर यूएईमै बस्नु परेका (ओभरस्टे) नेपालीहरूलाई जरिबाना...