Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी

Main News Image
Kakani Khabar add

काठमाडौँ । नेपाल औषधि लिमिटेड २५ वर्षपछि फेरि नाफामा फर्किएको छ । आर्थिक वर्ष २०८१/८२ मा १० करोड रुपैयाँभन्दा बढी घाटामा रहेको संस्था आर्थिक वर्ष २०८२/८३ मा भने झण्डै ३ करोड रुपैयाँ नाफा कमाउन सफल भएको हो ।


संस्थाका महाप्रबन्धक कैलाशकुमार पनेरूका अनुसार गएको वर्ष विश्व स्वास्थ्य संगठनको गुड म्यानुफ्याक्चरिङ प्राक्टिस (जीएमपी) मापदण्ड प्राप्त गरेपछि उत्पादन र बिक्री दुवै बढेका कारण संस्था नाफामा जान सफल भएको हो ।


उहाँले चालु आर्थिक वर्षमा ३० करोड रुपैयाँको कारोबार गर्ने लक्ष्य राखिएको पनि जानकारी दिनुभएको छ । जीएमपी प्रमाणपत्र प्राप्त गरेसँगै काठमाण्डौ महानगरपालिकासँग गरिएको सम्झौताले प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र, पालिका र संघीय अस्पतालसम्म औषधि आपूर्ति विस्तार गर्न सहज भएको संस्थाको भनाइ छ ।


अहिले नेपाल औषधि लिमिटेडले ११ प्रकारका औषधि उत्पादन गरिरहेको छ । सरकारले विनियोजन गरेको २४ करोड रुपैयाँको बजेटबाट आवश्यक उपकरण र जनशक्ति थप गर्न सके २२ प्रकारका औषधि उत्पादन गर्न सकिने जनाइएको छ । आउँदो दुई महिनाभित्र मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल, आइरन–फोलिक एसिड, जुकाको औषधि तथा एजिथ्रोमाइसिनलगायत सरकारले निःशुल्क वितरण गर्ने अत्यावश्यक औषधि उत्पादन गरी बजारमा ल्याउने तयारी पनि भइरहेको छ ।


सरकारले पनि नेपाल औषधि लिमिटेडलाई प्राथमिकतामा राखेको छ । शासकीय सुधारका १०० बुँदे कार्यक्रममा आउँदो तीन वर्षभित्र ९८ प्रकारका निःशुल्क औषधि यही संस्थाबाट उत्पादन गर्ने लक्ष्य समावेश गरिएको छ ।

Kakani Khabar add

सम्बन्धित खबर

तीनपिप्ले–गल्छी सडकको स्तरोन्नतिको माग गर्दै काठमाडौमा धर्ना

काठमाडौं । ककनी गाउँपालिका तथा बेलकोटगढी नगरपालिकाका स्थानीय नागरिकहरूले वर्षौँदेखि अलपत्र अवस्थामा रहेको तीनपिप्ले–गल्छी सडकको स्तरोन्नति तथा कालोपत्रे निर्माण कार्य शीघ्र अघि बढाउन माग गर्दै माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना कार्यक्रम आयोजना गर...

कक्षा १२ को नतिजा सार्वजनिक स् नियमिततर्फ झण्डै ७० प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौँ ।राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । 


आज बिहान बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गरेको हो । बोर्डका अनुसार नियमिततर्फ ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यस पटक नियमिततर्फ ३ लाख...

आज ३४ जिल्लामा बाढीको जोखिम

काठमाडौँ । आज देशका ३४ जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 


महाशाखाका अनुसार ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, सङ्खुवासभा, सोलुखुम्बु, भोजपुर, खोटाङ, उदयपुर, ओखलढुङ्गा, सिन्धुली, दोलखा, रामेछाप,...

तारकेश्वर गाउँपालिकाको सबै वडामा ‘अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रम’ सम्पन्न

नुवाकोट । तारकेश्वर गाउँपालिकाले सोमबारदेखि सुरु गरेको आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता (वृद्धभत्ता) वितरण, निःशुल्क स्वास्थ्य परीक्षण, औषधी तथा परामर्शसहितको ‘गाउँपालिका अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रम’ शुक्रबार...

अख्तियारमा १ वर्षमा ३३ हजारभन्दा धेरै उजुरी

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गएको आर्थिक वर्षमा भ्रष्टाचारसम्बन्धि सबैभन्दा धेरै उजुरी पालिकासँग सम्बन्धित परेका छन् । आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षामार्फत् अख्तियारले उजुरी, अनुसन्धान, मुद्दा फछ्र्यौटलगायतका तथ्यांक सार्व...

SEE परीक्षाको नतिजा कमजोर आएपछि तारकेश्वरका अध्यक्षबाट सातबुँदे निर्देशन

नुवाकोट । शैक्षिक सुधारका लागि विभिन्न प्रयास भइरहेका बेला यस वर्षको SEE परीक्षाको नतिजा अपेक्षाअनुसार आउन नसकेपछि नुवाकोटको तारकेश्वर गाउँपालिकाले विद्यालयहरूको शैक्षिक अवस्था सुधार गर्न सक्रियता बढाएको छ ।


गाउँपालिका अध्यक्ष तथा...