Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक बहुमतले पारित

Main News Image
Kakani Khabar add

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक’ बहुमतले पारित गरेको छ ।



बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रस्तुत गर्नुभएको राज्यव्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक सभाले पारित गरेको हो ।


विधेयक माथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै कानूनमन्त्री गौतमले राष्ट्रिय सुरक्षासम्बन्धी सूचना प्रत्यक्ष रूपमा कार्यकारी प्रमुखसम्म पुग्ने भएकाले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत नै राख्नुपर्नेमा जोड दिनुभयो ।


उहाँले गुप्तचर संस्था भनेको एउटा कुनै मन्त्रालयमा मात्रै सीमित नहुने र कार्यकारी प्रधानमन्त्रीले राष्ट्रिय सुरक्षाका सम्पूर्ण विषयमा चासो रहने भएकाले सबै खालका सूचनाहरू प्रधानमन्त्रीसँग प्रत्यक्ष रुपमा पुर्‍याउन विधेयक महत्पूर्ण भएको बताउनुभयो ।


यस्तै, प्रतिनिधिसभाको आजको बैठकले ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ विचार गरियोस्’ भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ ।


प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रस्तुत गर्नुभएको विधेयकमाथिको विचार गरियोस् भन्ने प्रस्तावमाथि सामान्य छलफलपछि सभाले स्वीकृत गरेको हो । 


छलफलमा उठेका विषयमा जवाफ दिँदै मन्त्री गौतमले जनताले तिरेको करको समुचित र मितव्ययी प्रयोग गर्नुपर्ने र दोहोरो सुविधा लिन नपाउने विषयलाई व्यवस्थित गर्न विधेयक ल्याइएको बताउनुभयो ।


उहाँले १३ आयोगका ६५ पदाधिकारी मध्ये धेरैजसो पेन्सन खाने भएकाले तलब लिँदा पेन्सन लिन नपाउने व्यवस्था गर्न लागेको बताउनुभयो ।


संवैधानिक आयोगमा नियुक्ति गर्न उपयुक्त पासलाई दोहोरो सुविधा लिन नपाउने भन्ने सरकारको स्पष्ट धारणा रहेको बताउँदै काम गरेबापत पारिश्रमिक लिने तर एकद्वारा प्रणालीबाट मात्र लिने व्यवस्था गर्न खोजेको बताउनुभयो ।


बैठकमा सभामुख डोलप्रसाद अर्यालले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ माथि संशोधन राख्न चाहने सांसदहरुले संघीय संसद् सचिवालयमा संशोधन राख्न सक्ने जानकारी गराउनुभयो ।


यस्तै प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न तीन वटा विधेयक प्रस्तुत भएका छन् । 


बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३’ कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ र युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३’ प्रस्तुत गर्नुभयो । 


प्रतिनिधिसभाको अर्को बैठक साउन २६ गते मङ्गलवार दिउँसो १ बजे बस्ने छ ।

Kakani Khabar add

सम्बन्धित खबर

SEE परीक्षाको नतिजा कमजोर आएपछि तारकेश्वरका अध्यक्षबाट सातबुँदे निर्देशन

नुवाकोट । शैक्षिक सुधारका लागि विभिन्न प्रयास भइरहेका बेला यस वर्षको SEE परीक्षाको नतिजा अपेक्षाअनुसार आउन नसकेपछि नुवाकोटको तारकेश्वर गाउँपालिकाले विद्यालयहरूको शैक्षिक अवस्था सुधार गर्न सक्रियता बढाएको छ ।


गाउँपालिका अध्यक्ष तथा...

प्रतिनिधिसभा नियमावलीको मस्यौदा तयार : के–के गर्न पाइँदैन ?

काठमाडौँ । प्रतिनिधिसभा नियमावलीको मस्यौदा समितिले आफ्नो प्रतिवेदन सभामुख डीपी अर्याललाई बुझाएको छ । प्रतिनिधिसभाको बैठकले गएको चैत २३ गते गठन गरेको रास्वपाका सांसद गणेश पराजुली नेतृत्वको मस्यौदा समितिले आज नियमावलीको मस्यौदा बुझाएको हो ।

नुवाकोटको तारकेश्वरका ४ जिपिए ल्याउने विद्यार्थीलाई ५० हजार प्रदान, शिक्षक र विद्यालय पनि सम्मानित

नुवाकोट । एसइई परीक्षामा ४ जिपिए ल्याउने तीन जना विद्यार्थीलाई तारकेश्वर गाउँपालिकाले जनही रु. ५० हजारसहित ‘गाउँपालिका अध्यक्ष प्रोत्साहन पुरस्कार’ प्रदान गरेको छ ।

एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल)मा भर्ना हुनुभएको छ । 


उहाँलाई त्रिवि शिक्षण अस्पतालको ‘एनेक्स वान’ भवनको ५०१ नम्बर बेडमा भर्ना गरिएको हो । ओली मिर्गौलाको बिरामी हुनुहुन्छ । आवश्यक...

विश्वकप फुटबलमा भोलि बिहान ४ वटा खेल हुँदै

काठमाडौँ । फिफा विश्वकप फुटबलमा भोलि बिहान चार वटा खेल हुँदैछन् । भोलि बिहान पौने १ बजे कतार र स्वीजरल्याण्ड, पौने ४ बजे ब्राजिल र मोरक्को, पौने ७ बजे हाइटी र स्कटल्याण्ड तथा बिहान पाैने १० बजे अष्ट्रेलिया र टर्कीएले खेल्दैछन् ।


व...

श्रम तथ्याङ्क संकलन गर्न देशभर चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालनमा

काठमाडौँ । श्रम बजार सम्बन्धी तथ्याङ्क अद्यावधिक गर्ने उद्देश्यले राष्ट्रिय तथ्याङ्क कार्यालयले देशव्यापी रूपमा चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन गरेको छ ।


कार्यालयका अनुसार देशको कुल श्रमशक्ति, रोजगारी तथा बेरोजगारीको अवस्था...