Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

नेपालले स्कटल्यान्डलाई १९४ रनमा अलआउट गर्‍यो

Main News Image
Kakani Khabar add

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलामा स्कटल्यान्डले नेपाललाई १९५ रनको लक्ष्य दिएको छ ।


कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा टस जितेर ब्याटिङ गरेको स्कटल्यान्डले ३९ ओभर १ बलमा १९४ रन बनाउँदा सबै विकेट गुमायो । स्कटल्यान्डका ब्रान्डन म्याकमुलेनले ७३, माइकल इङ्ग्लिशले ५१ रन रन बनाए । नेपालका ललित राजवंशीले ४, सन्दीप लामिछानेले ३ विकेट लिए ।


यो खेलमा सन्दीपले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान बनाएका छन् । २५ वर्षीय सन्दीप एकदिवसीय अन्तर्राष्ट्रिय सबैभन्दा छिटो १५० खेलमा विकेट लिने खेलाडी बनेका हुन् ।


कीर्तिपुरमा चलिरहेकाे लिग–२ शृङ्खलाको पहिलो खेलमा नेपाल स्कटल्यान्डसँग पराजित भएको थियो भने दोस्रो खेलमा अमेरिकालाई हराएको थियो ।


८ वटा देश सहभागी लिग–२ काे तालिकामा नेपाल २६ खेलमा २० अङ्कसहित साताैँ स्थानमा छ । यस्तै स्कटल्यान्ड ३० खेलमा ३८ अङ्कसहित शीर्ष र अमेरिका २६ खेलमा ३६ अङ्कसहित दाेस्राे स्थानमा छ ।

Kakani Khabar add

सम्बन्धित खबर

राहदानी विभागद्वारा ‘डाटा माइग्रेसन’ सम्पन्न

काठमाडौँ । परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले नेपालको इतिहासकै सबैभन्दा ठूलो ‘डाटा माइग्रेसन’ कार्य सफलतापूर्वक सम्पन्न गरेको छ।

विभागले एक सूचना जारी गर्दै असार २९ गते देखि नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत सेवा...

तीनपिप्ले–गल्छी सडकको स्तरोन्नतिको माग गर्दै काठमाडौमा धर्ना

काठमाडौं । ककनी गाउँपालिका तथा बेलकोटगढी नगरपालिकाका स्थानीय नागरिकहरूले वर्षौँदेखि अलपत्र अवस्थामा रहेको तीनपिप्ले–गल्छी सडकको स्तरोन्नति तथा कालोपत्रे निर्माण कार्य शीघ्र अघि बढाउन माग गर्दै माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना कार्यक्रम आयोजना गर...

अबको ३-४ दिनभित्र मनसुन देशभर फैलिने सम्भावना

काठमाडौँ । अबको ३-४ दिनभित्र मनसुन देशभर फैलिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 


मौसम पूर्वानुमान महाशाखाका अनुसार आउँदो मंगलबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भागसहित कर्णाली र सुदूरपश्चिमको सम्पूर...

तारकेश्वर अध्यक्ष अधिकारीको नविन योजना : ‘बुक फ्री डे’लाई सीप र संस्कारमूलक शिक्षासँग जोडिने

नुवाकोट । तारकेश्वर गाउँपालिका अध्यक्ष तथा गाउँ शिक्षा समिति संयोजक शिव अधिकारी ‘अविरल’को अध्यक्षतामा बिहीबार बसेको गाउँ शिक्षा समितिको बैठकले विद्यालय शिक्षामा गुणस्तर सुधार, सीप विकास र संस्कारमूलक शिक्षालाई प्रभावकारी बनाउने उद्देश्यसहित महत्वप...

मंगलबार पनि काठमाडौं निर्धारित डेढ दर्जन अन्तर्राष्ट्रिय उडान रद्द

१९ फागुन, काठमाडौं । मध्यपूर्वी देशहरूमा चर्किएको युद्ध र हवाई क्षेत्र प्रतिबन्धका कारण नेपालको हवाई क्षेत्रसमेत निरन्तर प्रभावित बनिरहेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार मंगलबार समेत पूर्वनिर्धारित कुल १६ अन्तर्राष्...

प्रधानमन्त्री बालेन शाहद्वारा शपथ ग्रहण

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री बालेन (बालेन्द्र) शाहले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।


राष्ट्रपति भवन शीतल निवासमा आज भएको एक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले शाहलाई शपथ गराउनुभएको हो । शाह आजै प्रधानमन्त्रीमा नियुक...