Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

नेशनल लघुवित्तबाट बाढी प्रभावित सदस्यलाई करिब ५० लाख नगद राहत

Main News Image
Kakani Khabar add

नुवाकोट । भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रत्यक्ष प्रभावित भएका आफ्ना सदस्यहरूलाई नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले करिब ५० लाख रुपैयाँ बराबरको नगद राहत उपलब्ध गराउन थालेको छ । बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका सदस्यहरूको क्षतिको अवस्था हेरेर संस्थाको टोली प्रभावित क्षेत्रमै पुगेर राहतस्वरुप नगद रकम वितरण गरिरहेको हो ।


संस्थाका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले भन्नुभयो, “बाढीबाट प्रभावित हाम्रा सदस्यहरू अहिले अत्यन्तै कठिन र असहज परिस्थितिमा हुनुहुन्छ । तत्काल आवश्यक पर्ने सामग्री खरिद गर्न सहज होस् भन्ने उद्देश्यले क्षतिको अवस्था हेरेर नगद राहत उपलब्ध गराएका छौँ । विपद्को यो कठिन घडीमा आफ्ना सदस्यहरूसँग संस्था साथमा छ भन्ने अनुभूति दिलाउनु पनि हाम्रो दायित्व हो ।”


भदौ १० गते भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित भएका संस्थाका नुवाकोटको किस्पाङ, धादिङको गोगनपानी, धार्के, परेवाटार, मझिमटार, भट्टेडाँडा, खाडीचौर र जाल्पालगायत शाखाका सदस्यहरूलाई नगद राहत उपलब्ध गराइएको प्रमुख कार्यकारी अधिकृत यादवले जानकारी दिनुभयो ।


बाढीपछि असहज र कष्टकर जीवन बिताइरहेका सदस्यहरूको अवस्थालाई मध्यनजर गर्दै शुक्रबारदेखि प्रमुख कार्यकारी अधिकृत यादवको नेतृत्वमा संस्थाको टोली प्रभावित क्षेत्रमा पुगिरहेको छ । टोलीले प्रभावित सदस्यहरू बसोबास गरिरहेका आश्रयस्थलमै पुगेर नगद राहत उपलब्ध गराउनुका साथै उनीहरूको अवस्था, क्षति र समस्याबारे जानकारी लिइरहेको छ ।


संस्थाको केन्द्रीय कार्यालय, अनुगमन एकाइ तथा शाखा कार्यालयहरूले बाढीबाट प्रभावित सदस्यहरूको अवस्थाबारे निरन्तर चासो राख्दै आएका छन् । प्रमुख कार्यकारी अधिकृत यादवसहितको टोलीले प्रभावित घर तथा खेतीयोग्य जमिनमा भएको क्षतिको अवलोकन गर्नुका साथै परिवारका सदस्य हराइरहेका सदस्यहरूको खोजी तथा उद्धारका विषयमा समेत जानकारी लिएको छ ।


बाढीमा परी घाइते भएकाहरूको स्वास्थ्यलाभको कामना गर्दै तथा परिवारका सदस्य गुमाएका संस्थाका सदस्यप्रति समवेदना व्यक्त गर्न प्रमुख कार्यकारी अधिकृत यादव स्वयं प्रभावित सदस्यहरू बसोबास गरिरहेका स्थानमा पुग्नुभएको हो ।


उहाँसँगै संस्थाको केन्द्रीय कार्यालय बनेपाको सञ्चालन विभागका मदन रिजाल, कर्जा विभागका सुशील पौडेल, अनुगमन एकाइ कार्यालय बनेपाका अनुगमन अधिकृत रामचन्द्र लोहनी तथा प्रभावित क्षेत्रका शाखा प्रमुख र कर्मचारीहरू राहत वितरणमा सहभागी हुनुहुन्छ । टोलीले प्रभावित सदस्यहरूलाई उनीहरू बसोबास गरिरहेको स्थानमै पुगेर राहतस्वरुप नगद रकम उपलब्ध गराइरहेको छ ।


बाढी प्रभावित सदस्यहरूलाई तत्काल आवश्यक पर्ने सामग्री खरिद गर्न सहज होस् भन्ने उद्देश्यले क्षतिको अवस्था मूल्याङ्कन गरी नगद राहत उपलब्ध गराइएको गोगनपानी–महादेववेशी शाखाकी प्रमुख प्रतिमा ढकालले बताउनुभयो ।


उहाँका अनुसार, “अहिले प्रभावित सदस्यहरूलाई सबैभन्दा आवश्यक पर्ने सामग्री आफैँले छनोट गरेर खरिद गर्न सकून् भन्ने उद्देश्यले नगद राहत उपलब्ध गराइएको हो । यसले उहाँहरूलाई तत्कालको आवश्यकता पूरा गर्न केही सहज हुने विश्वास लिएका छौँ ।”


राहत वितरणका क्रममा संस्थाले सम्बन्धित स्थानीय तह तथा वडा कार्यालयसँग समन्वय गर्दै आएको छ । जनप्रतिनिधिको उपस्थितिमा प्रभावित सदस्यलाई राहत रकम हस्तान्तरण भइरहेको छ । राहत वितरणमा सहभागी बेलकोटगढी नगरपालिका–५ का अध्यक्ष मदन भुजेलले संस्थाले उपलब्ध गराएको राहतले बाढी प्रभावित परिवारलाई कठिन परिस्थितिमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।


प्रमुख कार्यकारी अधिकृत यादवसहितको टोलीले शुक्रबार धादिङ तथा धादिङतर्फबाट नुवाकोटका बाढी प्रभावित क्षेत्रको अवलोकन गरेको थियो । शनिबारदेखि भने टोलीले नुवाकोटको त्रिशूली क्षेत्रतर्फका प्रभावित स्थानमा पुगेर सदस्यहरूको अवस्था बुझ्दै नगद राहत उपलब्ध गराइरहेको छ ।


संस्थाले बाढीबाट प्रभावित सदस्यहरूलाई क्षतिको अवस्थाका आधारमा राहत रकम उपलब्ध गराएको छ । घरमा क्षति पुगेको र परिवारका सदस्य हराइरहेको अवस्थामा ३० हजार रुपैयाँ, परिवारका सदस्य हराइरहेको अवस्थामा २५ हजार रुपैयाँ, घरमा क्षति पुगेको अवस्थामा २० हजार रुपैयाँ तथा बाढीबाट प्रभावित अन्य सदस्यलाई ५ हजार रुपैयाँ नगद राहत उपलब्ध गराइएको संस्थाले जनाएको छ । सदस्यहरूलाई राहत उपलब्ध गराउन करिब ५० लाख रुपैयाँ खर्च हुने संस्थाको अनुमान छ ।


यसअघि पनि नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले भोटेकोसी–त्रिशूली बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण र पुनःउत्थानका लागि सरकारलाई ७० लाख रुपैयाँ सहयोग उपलब्ध गराइसकेको छ ।

Kakani Khabar add

सम्बन्धित खबर

वाणिज्य विभागद्वारा एक वर्षमा झण्डै ४५ सय फर्म अनुगमन

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बितेको आर्थिक वर्ष २०८२/८३ मा झण्डै चार हजार ५०० व्यावसायिक फर्म अनुगमन गरेको छ । 


विभागले हालै सार्वजनिक गरेको वार्षिक कार्य प्रगति विवरण अनुसार देशभर ९६५ अनुगमन टोली...

रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

नुवाकोट । नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । घाइते भएका तीन जनाको काठमाडौँमा उपचार भइरहेको छ ।


नुवाकोटको दुप्चेश्वर महादेव दर्शनको लागि आएका तीर्थयात्री चढेको बस शिवपुरी गाउँपालिका–७ स्थि...

कांग्रेस संसदीय दल नेता चयन प्रक्रिया वैशाख २ गते शुरू हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दल नेता चयनको प्रक्रिया वैशाख २ गते शुरू हुने भएको छ ।


दलको नेता चयनका लागि गठित निर्वाचन समिति संयोजक एवम् कांग्रेस सहमहामन्त्री प्रकाश स्नेही रसाइलीकाअनुसार वैशाख २ गते प्रक्रिया शुरू गरेर ४...

नेपालले दियो अमेरिकालाई ३१८ रनको कीर्तिमानी लक्ष्य

काठमाडौँ । घरेलु मैदानमा चलिरहेको आईसीसी क्रिकेट विश्वकप लिग–टु शृङ्खलाको अन्तिम खेलमा नेपालले अमेरिकालाई ३१८ रनको कीर्तिमानी लक्ष्य दिएको छ ।


नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिपुरमा अहिलेसम्मकै धेरै रन बनाएकाे हाे...

मिटरब्याजसम्बन्धी सबै आयोगका प्रतिवेदन तत्कालै कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले मिटरब्याजबारे विगतका प्रतिवेदनहरू तत्कालै कार्यान्वयन गर्ने निर्णय गरेको छ ।


आज बसेको मन्त्रिपरिषद् बैठकले ‘अनुचित लेनदेन मिटरब्याज सम्बन्धमा नेपाल सरकारको निर्णयबमोजिम विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन ग...

दूरसञ्चार प्राधिकरणमा घिमिरे र प्रेस काउन्सिलमा श्रेष्ठ नियुक्त

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को यही असार २४ गतेको निर्णयअनुसार उहाँहरू नियुक्त हुनुभएकाे हो ।


नवनियुक्त अध्यक्षद्व...