Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

नुवाकोट सुन चादी व्यवसायी संघमा नयाँ नेतृत्व, अध्यक्षमा पुनः बज्रचार्य

Main News Image
Kakani Khabar add

नुवाकोट । नुवाकोट सुन चादी व्यवसायी संघको शनिबार भएको साधारणसभा पश्चातको अधिवेशनले नया नेतृत्व चयन गरेको छ । 

बट्टाम भएको संघको १२ औ र १३ औ वार्षिक साधारणसभा पश्चात सम्पन्न चौथो जिल्ला अधिवेशनले पुनः अहिलेका अध्यक्ष भिमराज बज्रचार्यलाई अध्यक्ष चयन गरेको हो । अध्यक्ष सहित सम्पूर्ण पदाधिकारीहरु सर्वसम्मत चयन गरिएके छ । 


संघको उपाध्यक्षमा प्रदिप शाक्य, सचिव सबिन अमात्य, कोषाध्यक्ष ईश्वरबहादुर सुनार चयन हुनुभयो । यस्तै, सदस्यहरू नानु गुरूङ, राजकुमार सुनार, शैलेन्द्र बज्रचर्य, सुजनरत्न बज्रचार्य, सन्तोष सुनार र इश्वर विश्वकर्मा सर्वसम्मत चयन गरिएको निर्वाचन अधिकृत नारायण अधिकारीले जानकारी दिनुभयो । 


यसअघि संघको १२ औ र १३ औ वार्षिक साधारणसभाको उद्घाटन विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठले गर्नुभएको थियो । उहाँले सुन व्यावसायी ठूलो लगानी, उच्च सुरक्षा जोखिम, अन्तराष्ट्रिय मूल्यमा हुने तरलता लगायतको कारण समस्याग्रस्त क्षेत्र भएकाले सजग र सचेत भएर व्यावसायमा लाग्न सुझाब दिनुभयो । 


उहाँले सुरक्षाको लागी विगतमा उद्योग बाणिज्य संघले जडान गरेको सिसिटिभी सञ्चालनमा समस्या भइरहेकाले अर्को वर्ष नगरपालिकाले मर्मतसम्भार गरेर सुचारु गराउन लागिरहेको जानकारी दिनुभयो ।

Kakani Khabar add

सम्बन्धित खबर

कलेरीडाँडामा सीप सिकाइ केन्द्र उद्घाटन, आमा समूहलाई चार लाख सहयोग

नुवाकोट । तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारी 'अविरल' ले वडा नम्बर ५ स्थित कलेरीडाँडामा निर्माण सम्पन्न भएको गाउँपालिका स्तरीय सीप सिकाइ केन्द्रको उद्घाटन गर्नुभएको छ ।

३४ जिल्लामा बाढीको जोखिम, सावधानी अपनाउन आग्रह

काठमाडौँ । आज काठमाण्डौ, ललितपुर र भक्तपुर सहित विभिन्न ३४ जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार काभ्रे, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, भोजपुर, संखुवासभा, दोलखा, रामेछाप र सिन्धुलीमा बाढीको ज...

तीनपिप्ले–गल्छी सडकको स्तरोन्नतिको माग गर्दै काठमाडौमा धर्ना

काठमाडौं । ककनी गाउँपालिका तथा बेलकोटगढी नगरपालिकाका स्थानीय नागरिकहरूले वर्षौँदेखि अलपत्र अवस्थामा रहेको तीनपिप्ले–गल्छी सडकको स्तरोन्नति तथा कालोपत्रे निर्माण कार्य शीघ्र अघि बढाउन माग गर्दै माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना कार्यक्रम आयोजना गर...

सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न समिति गठन

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले विभिन्न ठाउँबाट नियन्त्रणमा लिएका ७ सय ७९ वटा विद्युतीय गाडीको सम्बन्धमा विस्तृत छानबिन गर्न सरकारले समिति गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विशेष निर्देशनमा अर्थ मन्त्रालय, भन्सार विभा...

पशुपतिमा साउने सोमबारको तयारी:सफाइ अभियान सुरु

काठमाडौँ । साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको पूजाआराधना एवं दर्शनका लागि आउने भक्तजनको सहजताका लागि पशुपति क्षेत्रमा सफाइ अभियान सुरु गरिएको छ ।


साउन महिना र सोमबार आशुतोष भगवान् शिवको महिना र बार मानिने भएकाले एकैदिन लाखौ...

वितेको ११ महिनामा ७ लाख भन्दा धेरै पर्यटक मुस्ताङ पुगे

काठमाडौँ ।  वितेको ११ महिनामा ७ लाखभन्दा धेरै पर्यटक बेनी–जोमसोम सडक भएर मुस्ताङ पुगेका छन् । म्याग्दीको सिमानामा पर्ने मुस्ताङको घाँसामा रहेको सीमा प्रहरीचौकीको तथ्याङ्कअनुसार गएको साउनदेखि जेठसम्म ७ लाख ५ हजार ७ सय ५४ जना पर्यटक मुस्ताङ प्र...