Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

नुवाकोटको प्रहरी–प्रशासन प्रति सूर्यगढीबासी सन्तुष्ट !!

Main News Image
Kakani Khabar add

चोकदे । नुवाकोटको सूर्यगढी गाउँपालिकाबासीले प्रहरी–प्रशासनबाट प्रवाह भइरहेको सेवा प्रति सन्तुष्ट जनाएका छन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटले ‘समुदाय प्रहरी साझेदारी कार्यक्रम’ अन्तरगत बिहीबार सूर्यगढी गाउँपालिकामा आयोजना गरेको नागरिक सुनुवाई कार्यक्रममा सहभागी सरोकारवालाहरुले प्रहरी–प्रशासनको सेवा प्रवाह प्रति आफूहरुको गुनासो नभई सन्तुष्टि रहेकाले आगामी दिनमा अझै थप गुणस्तरीय सेवा प्रवाह गर्न सुझाब दिएका छन् ।

नागरिक सुनुवाई कार्यक्रममा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय मार्फत प्रवाह हुदै आएका सेवा तथा कार्यसम्पादनका सम्बन्धमा नागरिकहरुलाई खुला रुपमा आफ्नो प्रतिक्रिया राख्नको लागी जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख (प्रहरी उपरीक्षक) विपिन रेग्मीले कार्यक्रमको औचित्व सहित आग्रह गरेसगैँ प्रश्न राख्ने वक्ताहरुले आ–आफ्नो भनाई प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सहभागी सवारी चालक यादव थापामगर, लघुवित्तकर्मी खम्बाराज गिरी, विद्यालयका प्रधानध्यापकहरु ऋषिप्रसाद नेपाल र लोकनाथ भट्टराई, सूर्यगढी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कृष्ण केसी लगायतले प्रहरी र ट्राफिक प्रहरीबाट शान्ति सुरक्षा, ट्राफिक गतिविधि सहित शान्ति सुरक्षा कायम राख्न पुराएको योगदानको खुलेर प्रशंसा गर्नुभएको हो ।

उहाँहरुले प्रहरीले उपलब्ध गराएको सेवा प्रभावकारी रहदै आएकाले आगामी दिनमा अझै थप सुधार अन्तरगत शान्ति सुरक्षालाई थप मजबुद हुने वातावरण सुनिश्चित गर्न, ट्राफिक प्रहरी मार्फत जरिवाना तथा कारबाही भन्दापनि सम्झाईबुझाई नैतिक आचरण सुधार गर्न, सार्वजनिक यातायातका साधन चलाउने चालकहरुमा मापने र लापसे जाँचमा कडाई गर्न, ढिकुरे–गुज्रे सडक खण्डमा रहेको टाइम कार्ड प्रणाली निजी सवारीसाधनमा समेत लागू गर्नुपर्ने सुझाब दिएका छन् ।

कार्यक्रमको प्रमुख अतिथीको रुपमा रहनुभएका सूर्यगढी गाउँपालिका अध्यक्ष सन्तबहादुर घले (तामाङ)ले नागरिकता उपलब्ध गराउने सन्दर्भमा जिल्ला प्रशासन कार्यालयले कानूनी आधार सहित व्यावहारिक पक्षमा समेत ध्यान दिन आवश्यक रहेको बताउनुभयो । स्थानीय गाँउबस्तीमा जायजेथा भएका व्यक्तिको अभिभावक पहिचानमा कठिनाई भएकै कारण जन्मदर्ता र नागरिकता पाउनबाट बञ्चित रहदै आएकाले त्यसको साक्षी र सनाखत गर्न आफूहरु तयार रहेको अबस्थामा समेत प्रशासनले कानूनी अड्चन देखाई रोक्नु न्यायसंगत नहुने अध्यक्ष घलेले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष सहित वडा नं ३ का अध्यक्ष पिङ्गलबहादुर थापामगर लगायतले नागरिकता उपलब्ध गराउने सन्दर्भमा राखेको जिज्ञासाmलाई लक्षित गर्दै कार्यक्रमको सभाध्यक्ष समेत रहनुभएका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईले प्रशासन कार्यालयले नागरिकता ऐन अनुसार मात्रै नागरिकता उपलब्ध गराउन सक्ने जानकारी दिनुभयो ।

सहायक प्रजिअ हुमागाईले प्रशासन कार्यालयले गृह मन्त्रालय, अदालत लगायतको आदेश एंव निर्देशन तथा ऐन काूननको आधारमा नागरिकता लगायतका सरकारी कागजात उपलब्ध गराउन सक्ने भएकाले सूर्यगढी गाउँपालिकाको केही विषयमा कानूनी प्रक्रियाको जटिलता रहेको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा सहभागीबाट राखिएको जिज्ञासा तथा समग्र शान्ति सुरक्षाको सन्दर्भमा उठेका सवाल सहित नुवाकोट प्रहरीबाट भइरहेका अभियान एंव गतिविधिको प्रहरी प्रमुख (प्रहरी उपरीक्षक) विपिन रेग्मीले स्पष्ट पार्नुभएको थियो ।

नुवाकोट प्रहरी र जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोट मार्फत लागू औषध नियन्त्रण, सवारी दुर्घटना न्यूनिकरण लगायतसंग सम्बन्धित अभियान सञ्चालन भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख (प्रहरी निरीक्षक) बिनोद ढकालले जानकारी दिनुभयो ।

‘सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनिकरण सम्बन्धि जनचेतनामूलक कार्यक्रम' अन्तरगत ट्राफिक प्रहरी नुवाकोट समेत आयोजक रहेको नागारिक सुनुवाई कार्यक्रममा राष्ट्रिय अनुसन्धान कार्यालय नुवाकोटका प्रमुख (उप–अनुसन्धान निर्देशक) कमलप्रसाद भट्टराई, सशस्त्र प्रहरी बल १९ नं गुल्म नुवाकोट प्रमुख (सशस्त्र प्रहरी नायव उपरीक्षक) बिरेन्द्र राउत, सूर्यगढी गाउँपालिकाको उपाध्यक्ष मञ्जु बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत राहुलकुमार उपाध्याय सहित विभिन्न वडाका अध्यक्षहरु, पत्रकार, कर्मचारी सहित सूर्यगढी गाउँपालिकाको विभिन्न स्थानबाट सहभागी एकसय भन्दाबढी नागरिकहरुको सहभागिता रहेको थियो ।

Kakani Khabar add

सम्बन्धित खबर

वृद्धभत्ता वितरणसँगै स्वास्थ्य सेवा: तारकेश्वरमा ‘अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रम’ सुरु हुँदै

नुवाकोट । तारकेश्वर गाउँपालिकाले वैशाख ७ गते सोमबारदेखि ११ गते शुक्रबारसम्म सबै वडामा सामाजिक सुरक्षा भत्ता (वृद्धभत्ता) वितरणसँगै निःशुल्क स्वास्थ्य परीक्षण, औषधी वितरण र स्वास्थ्य परामर्श सेवा प्रदान गर्ने भएको छ ।


‘गाउँपालिका अ...

गृहमन्त्री गुरुङद्वारा ३ वटा अध्यादेश पेश

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले तीन वटा अध्यादेश पेश गर्नुभएको छ ।


सभाको पहिलो अधिवेशनको पहिलो बैठकमा दलीय आधारमा सदस्यहरूले मन्तव्य राखिसकेपछिको नियमित कार्यसूचीअन्तर्गत गृहमन्त्री गुरुङले ‘नागरिकतास...

वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रणका लागि अनलाइन उजुरी प्रणाली सञ्चालन

काठमाडौँ । वैदेशिक रोजगारीका नाममा हुने ठगी, अत्यधिक रकम असुली तथा गैरकानूनी रूपमा विदेश पठाउने गतिविधिबाट पीडित श्रमिकलाई सहजरूपमा न्याय उपलब्ध गराउने उद्देश्यले सरकारले अनलाइन उजुरी प्रणाली सञ्चालनमा ल्याएको छ ।


युवा, श्रम तथा र...

थप ३ वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिश

काठमाडौँ ।  सरकारले थप ३ वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिश गरेको छ ।


प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले गएराति स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी अध्यादेश, केही नेपाल कानून संशोधन गर्न बन...

खाद्य निरीक्षक राखेर बजार अनुगमन गर्न सरकारको आग्रह

काठमाडौँ । सङ्घीय सरकारले स्थानीय तहलाई खाद्य निरीक्षकको व्यवस्था गरी खाद्य स्वच्छता र गुणस्तरको प्रभावकारी नियमन गर्न आग्रह गरेको छ ।


‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१’ ले स्थानीय तहमा खाद्य निरीक्षक नियुक्त गरी आफ्नो क्षे...

नेपाल एशियाली खेलकुद छनोट क्रिकेट प्रतियोगिताको फाइनलमा

काठमाडौँ । नेपाल एशियाली खेलकुद छनोट क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । 


आज भएको पहिलो सेमिफाइनलमा ओमानलाई ८ विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको हो । बिहान सिंगापुरको नेश्नल क्रिकेट मैदानमा भएको खेलमा ओमानले दिएको ९५ र...