Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

नुवाकोटमा हैजाविरुद्धको खोप

Main News Image
Kakani Khabar add

नुवाकोट । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित नुवाकाेटमा हैजाविरुद्धकाे खोप पठाएको छ ।


मन्त्रालयले नुवाकोटका लागि ८० हजार ५२३ डाेज (२३ बक्स) हैजाविरुद्धको खोपसहित १० थान फ्रिज–फ्री भ्याक्सिन क्यारियर, ०.६ लिटर क्षमताका २२० थान आइस प्याक र ८ थान फ्रिज ट्याग पठाएको छ ।


मन्त्रालयले रसुवामा अस्ति आइतवार हेलिकप्टरमार्फत २१ हजार डाेज खोप पठाएकाे थियाे । साथै रसुवामा खोप अभियान पर्सि बिहीवारदेखि हैजाविरुद्धको खोप अभियान सञ्चालन हुँदैछ ।


बाढीका कारण खानेपानी तथा सरसफाइ प्रणाली प्रभावित हुँदा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम बढ्न सक्ने भएकाले प्रभावित क्षेत्रमा सङ्क्रमण रोकथामलाई प्राथमिकतामा राखेर खोप अभियान सञ्चालन गर्न लागेको मन्त्रालयले जनाएको छ ।

Kakani Khabar add

सम्बन्धित खबर

रास्वपाद्वारा रासायनिक मल वितरणको अनुगमन, कोटा वृद्धि गर्न पहल गर्ने प्रतिबद्धता

नुवाकोट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोट जिल्ला सभापति रामेश्वर गजुरेलसहितको टोलीले कृषि सामग्री कम्पनी लिमिटेड, नुवाकोट शाखा कार्यालय तथा मल गोदामको अनुगमन गर्दै मल वितरण प्रणाली प्रभावकारी बनाउन सुझाब दिएका छन् ।

मंगलबार दिउँ...

भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित

काठमाडौँ । एक हप्ताअघि गएको बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीबाट करिब १६ लाख मानिस प्रभावित भएका छन् ।


राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो सार्वजनिक गरेको प्रतिवेदनअनुसार रसुवा र नुवाकोटलाई अति प्...

शान्ति बजारमा आगलागी, करीब ७० लाख रुपैयाँको धनसम्पत्ति क्षति

नुवाकोट । किस्पाङ गाउँपालिका वडा नं ५ शान्तिबजारमा सोमबार राती लागेको आगलागीले करीब ७० लाख रुपैयाँ बराबरको धनसम्पत्ति जलेर नष्ट भएको छ । सोमबार राती करीब १० बजेको समयमा विपना घलेको घरमा आगलागी हुदाँ उहाँले सञ्चालन गर्दै आएको पसलमा रहेका सरसामाग्री...

बाघको सङ्ख्या ४ सय २९ पुग्यो

काठमाडौँ । नेपालमा बाघको सङ्ख्या ४२९ वटा पुगेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले विश्व बाघ दिवसका अवसरमा आज पछिल्लो राष्ट्रिय गणनाको नतिजा सार्वजनिक गरेको हो ।


कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बाघ गणना...

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ ।  नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण थापाका पक्षमा मतदान नगर्न ह्विप जारी गरेको छ ।


मुख्यमन्त्री थापाले सोमबार प्रदेशसभामा प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर...

२३ जिल्लामा बाढीको जोखिम

काठमाडौँ । आज देशका विभिन्न २३ जिल्लामा बाढीको जोखिम रहेको छ । बाढी पूर्वानुमान  महाशाखाका अनुसार मकवानपुर, सिन्धुपाल्चोक, काभ्रे, काठमाण्डौ, भक्तपुर, ललितपुर, लमजुङ, कास्की, तनहुँ, बाग्लुङ, म्याग्दी, पर्वत, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, ब...