Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

नयाँ शैक्षिक सत्र शुरू भएपछि मात्र भर्ना लिन सर्वोच्चको आदेश

Main News Image
Kakani Khabar add

काठमाडौँ । सर्वोच्च अदालतले शैक्षिक सत्र शुरू भएपछि मात्रै विद्यालयमा नयाँ भर्ना लिन अन्तरिम आदेश दिएको छ ।


विद्यार्थीको वार्षिक परीक्षाको परीक्षाफल प्रकाशित नभएको र शैक्षिक सत्र शुरू नभएको तथा शिक्षा नियमावली २०५९ को नियम ७८ (१) (ग) बमोजिम लब्धाङ्कपत्रलगायत आवश्यक सक्कल प्रमाणपत्रसमेत प्राप्त नभएको अवस्थामा विद्यालयले भर्नाको सूचना प्रकाशन नगर्न सर्वाेच्चले आदेश दिएको हो ।


न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले शिक्षा नियमावली २०५९ अनुसार शैक्षिक सत्र शुरू भएपछि विद्यार्थी भर्ना प्रक्रिया सञ्चालन गर्नुपर्ने आदेश दिएको हो । हरेक वर्ष वैशाख २ गतेदखि नयाँ शैक्षिक सत्र शुरू हुन्छ । आदेशमा परीक्षा नतिजा, शैक्षिक सत्र र आवश्यक प्रमाणपत्रबीच समन्वय कायम गर्नुपर्ने उल्लेख छ ।


अदालतले सम्बन्धित निकायलाई प्रचलित कानूनअनुसार कार्य गर्न निर्देशन दिँदै विपक्षीलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।


नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय तथा शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी भक्तपुरद्वारा गएको चैत ५ गते प्रकाशित सूचनामा वार्षिक परीक्षा सम्पन्न गरी नतिजा प्रकाशनपछि नयाँ शैक्षिक सत्र २०८३ शुरू भएपछि मात्रै भर्ना कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइएको थियो । तर निर्देशन विपरीत विद्यार्थी भर्नाका सूचना प्रकाशित भएको पाइएको अदालतको आदेशमा उल्लेख छ ।

Kakani Khabar add

सम्बन्धित खबर

सामुदायिक विद्यालयबाट ४ जिपिए ल्याउने विद्यार्थीलाई तारकेश्वर गाउँपालिकाको १ लाख पुरस्कार घोषणा

नुवाकोट । तारकेश्वर गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार तथा विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘गाउँपालिका अध्यक्ष प्रोत्साहन पुरस्कार’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।


गाउँपालिकाले यसै वर्षदेखि लागू हुन...

शान्ति बजारमा आगलागी, करीब ७० लाख रुपैयाँको धनसम्पत्ति क्षति

नुवाकोट । किस्पाङ गाउँपालिका वडा नं ५ शान्तिबजारमा सोमबार राती लागेको आगलागीले करीब ७० लाख रुपैयाँ बराबरको धनसम्पत्ति जलेर नष्ट भएको छ । सोमबार राती करीब १० बजेको समयमा विपना घलेको घरमा आगलागी हुदाँ उहाँले सञ्चालन गर्दै आएको पसलमा रहेका सरसामाग्री...

होल्डिङ सेन्टर खाली गर्ने समय ७ दिन थप

काठमाडौँ । सुकुम्बासीहरुका लागि होल्डिङ सेन्टर खाली गर्ने समय ७ दिन थपिएको छ  । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले आज सूचना निकालेर समय थपेको हो । समितिले स्वः व्यवस्थापन खर्चका लागि यही १५ गतेसम्म निवेदन दिन र १९ गतेभित्र होल...

यूएईमा नेपाली दूतावासको आग्रह– सामाजिक सञ्जालमा अफवाह नफैलाउनू

१७ फागुन, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) स्थित नेपाली दूतावासले यूएईमा विकसित भइरहेको परिस्थितिका सन्दर्भमा त्यहाँ बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई सामाजिक सञ्जालमार्फत अपुष्ट र भ्रामक सामग्री नफैलाउन आग्रह गरेको छ ।

दूतावासले...

तारकेश्वरमा ५० लाखको धानबाली क्षतिपूर्ति कोषका लागि बजेट विनियोजन

नुवाकोट । गत कार्तिक महिनामा भएको अविरल वर्षाका कारण धानबालीमा क्षति बेहोरेका कृषकलाई राहत उपलब्ध गराउन तारकेश्वर गाउँपालिकाले स्थापना गरेको रु. ५० लाखको धानबाली क्षतिपूर्ति कोषका लागि आवश्यक बजेट विनियोजन गरेको छ ।


गाउँपालिकाको ग...

SEE परीक्षाको नतिजा कमजोर आएपछि तारकेश्वरका अध्यक्षबाट सातबुँदे निर्देशन

नुवाकोट । शैक्षिक सुधारका लागि विभिन्न प्रयास भइरहेका बेला यस वर्षको SEE परीक्षाको नतिजा अपेक्षाअनुसार आउन नसकेपछि नुवाकोटको तारकेश्वर गाउँपालिकाले विद्यालयहरूको शैक्षिक अवस्था सुधार गर्न सक्रियता बढाएको छ ।


गाउँपालिका अध्यक्ष तथा...