Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

नयाँ शैक्षिकसत्रका लागि पाठ्यपुस्तक विद्यालयमा पुर्‍याइँदै

Main News Image
Kakani Khabar add

काठमाडौँ । आउँदो वैशाख २ गतेदेखि शुरू हुने नयाँ शैक्षिकसत्रका लागि जनक शिक्षा सामग्री केन्द्रमा छपाइ भएका पाठ्यपुस्तक देशका विभिन्न भागमा धमाधम पुर्‍याउने काम भइरहेको छ । केन्द्रले यही चैत १६ गतेदेखि पाठ्यपुस्तक वितरण शुरू गरेकोमा पाँच दिनमा २५ लाख थान बिक्री भएको जनाएको छ ।


शैक्षिकसत्र लाग्नुअघि छापाइ गरी विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्‍याउने दायित्वबमोजिम केन्द्रले उत्पादन सकेर वितरण शुरू गरिएको केन्द्रका प्रबन्ध सञ्चालक यदुनाथ पौडेलले जानकारी दिनुभयो ।


शिक्षामन्त्री सस्मित पोखरेलले हिजो भक्तपुरमा रहेको केन्द्रको कार्यालय र प्रेस अवलोकनका गर्नुभएको थियो । त्यस क्रममा केन्द्रको उत्पादन र प्रगतिबारे जानकारी गराउँदै नयाँ शैक्षिकसत्रमा पाठ्यपुस्तकको अभाव नहुने प्रतिबद्धता व्यक्त भएको थियो । 

Kakani Khabar add

सम्बन्धित खबर

आज ३४ जिल्लामा बाढीको जोखिम

काठमाडौँ । आज देशका ३४ जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 


महाशाखाका अनुसार ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, सङ्खुवासभा, सोलुखुम्बु, भोजपुर, खोटाङ, उदयपुर, ओखलढुङ्गा, सिन्धुली, दोलखा, रामेछाप,...

पोखरा विमानस्थल भ्रष्टाचार : दुई जनालाई साधारण तारेखमा रिहा गर्न आदेश

पोखरा विमानस्थल भ्रष्टाचार : दुई जनालाई साधारण तारेखमा रिहा गर्न आदेशपोखरा विमानस्थल भ्रष्टाचार : दुई जनालाई साधारण तारेखमा रिहा गर्न आदेशपोखरा विमानस्थल भ्रष्टाचार : दुई जनालाई साधारण तारेखमा रिहा गर्न आदेशपोखरा विमानस्थल भ्रष्टाचार : दुई जनालाई...

नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक बहुमतले पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक’ बहुमतले पारित गरेको छ ।



बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोवि...

दोलखाको यलुङ री हिमालको आधार शिविरमा ५ वटा शव भेटिए

काठमाडौँ । दोलखाको गौरीशङ्कर गाउँपालिका–९ मा पर्ने रोल्वालिङ हिमशृङ्खलाअन्तर्गत यलुङ री हिमालको आधार शिविरमा ५ वटा शव भेटिएका छन् । आधार शिविरमा हिजो शव भेटिएका हुन् ।


जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार ती शव गएको वर्ष कात्तिक...

सम्पदा संरक्षणमा विद्यार्थीको अर्थपूर्ण सहभागिता

नुवाकोट । आफ्नो ठाउँ, आफ्नो इतिहास र आफ्नो सम्पदाप्रतिको जिम्मेवारी नयाँ पुस्तामा विकास गराउने उद्देश्यले Trishuli Samudayik Boarding School & National Bethel Academy को संयुक्त आयोजनामा नुवाकोटको ऐतिहासिक भैरवी मन्दिर परिसरमा सरसफाइ तथा सम्पद...