Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

यूएईमा २८ फेब्रुअरीपछि ‘ओभरस्टे’ भएकालाई जरिबाना नलाग्ने

Main News Image
Kakani Khabar add

१९ फागुन, काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई) मा रहेका नेपालीलाई फेब्रुअरी २८ पछि ‘ओभरस्टे’ भए पनि जरिबाना नलाग्ने भएको छ । यूएईस्थित नेपाली राजदूतावासले एक सूचना जारी गर्दै भिसाको म्याद सकिएर यूएईमै बस्नु परेका (ओभरस्टे) नेपालीहरूलाई जरिबाना (फाइन) नलाग्ने जनाएको हो ।

दूतावासले अतिरिक्त जरिवाना नलाग्ने भएकाले संयमता अपनाउन अनुरोध गरेको छ । साथै यूएईमा रहेका नेपालीलाई अनलाइन पोर्टलमार्फत आफ्नो अवस्था जानकारी दिन समेत अनुरोध गरेको छ ।

परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभागले जारी गरेको अनलाइन पोर्टलमा आफ्नो अवस्थाबारे जानकारी दिन दूतावासले अनुरोध गरेको हो ।

गत शनिवारदेखि इजरायल–अमेरिकाले इरानमा हवाई आक्रमण गर्दै आएका छन् । इरानले प्रतिआक्रमणको रूपमा इजरायल तथा मध्यपूर्वमा रहेका अमेरिकी सैन्य बेस क्याम्पमा आक्रमण गर्दै आएको छ ।

शनिबार नै गरेको हवाई आक्रमणमा यूएईको आबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा एक नेपालीको मृत्यु भएको थियो । मिडल इस्ट कम्पनीमा सुरक्षा गार्डमा कार्यरत गोरखाका २९ वर्षीय दिवस श्रेष्ठले ज्यान गुमाएका थिए ।

Kakani Khabar add

सम्बन्धित खबर

स्कटल्यान्डलाई हराउँदै नेपाल लिग–२ को पाँचौँ स्थानमा उक्लियो

यूएईमाथि नेपालको रोमाञ्चक जीत

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) डीएलएस नियमका आधारमा ६ रनले हराएको छ ।


वर्षाले प्रभावित खेलमा डीएलएस नियममा ३८ ओभरमा २५५ रनको लक्ष्य पाएको यूएईले ८...

आज ३४ जिल्लामा बाढीको जोखिम

काठमाडौँ । आज देशका ३४ जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 


महाशाखाका अनुसार ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, सङ्खुवासभा, सोलुखुम्बु, भोजपुर, खोटाङ, उदयपुर, ओखलढुङ्गा, सिन्धुली, दोलखा, रामेछाप,...

कांग्रेसले भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भीष्मराज आङ्देम्बेलाई पार्टी संसदीय दलको नेता बनाउने सर्वसम्मत निर्णय गरेको छ ।


पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा आज बसेको बैठकमा सभापति गगनकुमार थापाको...

सुनको भाउ आज तोलामा ७ हजार ४०० सय रुपैयाँले बढ्यो

काठमाडौँ । आज पनि सुनचाँदीको भाउ बढेको छ । सुन आज तोलामा सात हजार ४०० र चाँदी १०० रुपैयाँले बढेको हो । 


नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा दुई लाख ९७ हजार ६०० र चाँदीको चार हजार ९४५ रुपैयाँ पुगेको छ...

सुनचाँदीको भाउ बढ्यो, सुन तोलाको २ लाख ९० हजार ७०० रुपैयाँमा कारोबार

काठमाडौँ । आज सुनचाँदीको भाउ बढेको छ ।  सुनको भाउ तोलामा ७ हजार २०० रुपैयाँले बढेर  २ लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


सुनको भाउ हिजो पनि बढेको थियो । हिजो सुनको भाउ त...