Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

ओली पक्राउ परेको विरोधमा आज पनि एमालेको प्रदर्शन

Main News Image
Kakani Khabar add

काठमाडौँ ।  पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विरोधमा नेकपा एमालेले आज पनि विभिन्न जिल्लामा प्रदर्शन गरेको छ ।


पूर्वनिर्धारित कार्यक्रमअनुसार जिल्ला कमिटीहरूले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउनुका साथै नेता कार्यकर्ताले प्रदर्शन गरेका हुन् । ज्ञापनपत्र बुझाउन जाने क्रममा धेरै जिल्लामा प्रदर्शनकारी र प्रहरीबीच धकेलाधकेलसमेत भएको छ ।


एमालेको प्रदर्शनका कारण काठमाण्डाैको माइतीघर–बबरमहल सडकमा अवरोध भएको छ । माइतीघर मण्डलबाट नाराबाजी गर्दै बानेश्वरतर्फ हिँडेका प्रदर्शनकारीलाई प्रहरीले बबरमहलमा रोकेको छ । काठमाण्डौको प्रदर्शनमा केन्द्रीय तहका नेताहरू पनि सहभागी छन् ।


भदौ २३ र २४ गतेको आन्दोलनमा अत्यधिक बल प्रयोग गरेको भन्दै प्रहरीले हिजो पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पक्राउ गरेको थियो ।

Kakani Khabar add

सम्बन्धित खबर

नागढुङ्गा–नौबिसे सुरुङ मार्ग साउनको तेस्रो हप्तादेखि सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ । नेपालको पहिलो व्यावसायिक सुरुङ मार्ग ‘नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग’ आउँदो साउनदेखि सञ्चालन गर्ने तयारी भइरहेको छ । 


नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार साउनको तेस्रो हप्तासम्म...

गोसाइँकुण्ड मेला व्यवस्थापन तयारी सुरु

रसुवा । जनैपूर्णिमाका दिन पवित्र तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष लाग्ने धार्मिक मेलालाई सहज र सफल बनाउनेक्रममा ११ वटा उपसमिति गठन भई व्यवस्थापकीय काम सुरु भएको छ ।


लाङ्टाङ राष्ट्रिय निकुञ्जको अगुवाइमा सरसफाइ तथा वातावरण संरक्षण,...

रसुवागढीको मितेरी पुलबाट गाडी चल्न थाले

काठमाडौँ । चिनियाँ प्राविधिकले परीक्षण सम्पन्न गरेपछि चार दिनपछि रसुवागढी नाकाको मितेरी पुलबाट गाडी सञ्चालन हुन थालेका छन् ।


नेपालको उत्तरी नाका रसुवागढीमा रहेको मितेरी पुलबाट आवागमन २ दिनका लागि रोकिने भनिएकामा पुल परीक्षण गरी ४...

संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बोलायो

काठमाडौँ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक आह्वान गरेको छ । सरकारको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले पर्सि चैत १९ गते सङ्घीय संसद्को अधिवेशन आह्वान गरेपछि त्यसको तयारीका लागि प्रतिनिधिसभामा प्रतिनिधित्व...

स्वास्थ्य सेवामा अवरोध नगर्न मन्त्रालयको आग्रह

काठमाडौँ । स्वास्थ्य सेवाजस्तो संवेदनशील सेवामा कुनै पनि प्रकारको अवरोध नगर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आग्रह गरेको छ ।


चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आज आकस्मिकबाहेकका सेवा सञ्चालन नगर्ने घोषणा गरेपछि उक्त मन्त्र...

भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले भन्सार छलेको आशङ्कामा मुस्ताङको कोरोला नाकाबाट भित्रिएका ७७४ वटा विद्युतीय सवारीसाधन नियन्त्रणमा लिएको छ ।


मुस्ताङको जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जाबाट गएराति ती गाडी नियन्त्रणमा लिइएक...