Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

पञ्चकन्या गाउँपालिकाले लगाएको चियाको व्यावसायिक उत्पादन सुरु

Main News Image
Kakani Khabar add

-रामहरि न्यौपाने
नुवाकोट । पञ्चकन्या गाउँपालिकाले बाझो जग्गामा लगाएको चिया खेतीको व्यावसायिक उत्पादन सुरु भएको छ । गाउँपालिकाको वडा नं ४ स्थित घ्याङस्वारामा तीन वर्षअघि रोपेको चियामध्ये करिब १३ हजार बिरुवाबाट उत्पादन सुरु भएको गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङले जानकारी दिनुभयो ।
 
उहाँको अनुसार पहिलो पटक पातको प्रशोधनमार्फत उत्पादन सुरु भएसँगै ‘घ्याङस्वारा अर्गानिक चिया’ को व्यावसायिक उत्पादन सुरु गरिएको छ । “ट्रेडमार्क, अनुज्ञापत्रसहितको कानुनी प्रक्रियाको चरणमा भएकाले बजार (उपभोक्ता) समक्ष पुर्‍याउन केही समय लाग्नेछ,” अध्यक्ष तामाङले भन्नुभयो, “शतप्रतिशत अर्गानिक उत्पादित चियाको सम्बन्धित निकायमा गरिएको गुणस्तर परीक्षणको प्रारम्भिक नतिजामा अर्थोडक्स मध्येमा ‘उत्कृष्ट’ रहेको नतिजा आएको छ ।”
 
तीन वर्षअघि पञ्चकन्या–४ स्थित ‘घ्याङस्वाराको बाझो रहेका तथा झारपातले ढाकिएका सार्वजनिक जग्गालाई कृषि योग्य बनाइ यहाँका जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थीसहितको सयौँ स्थानीयवासीको श्रमदानबाट रोपिएका चियाबाट उत्पादन सुरु भएसगैँ गाउँपालिका उत्साहित भएको छ । उक्त क्षेत्रको ३३२ रोपनीमा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोजगार सेवा केन्द्र पञ्चकन्याको समन्वयमा अहिले ८३ हजार बिरुवा उत्पादन दिन तयार भएको रोजगार संयोजक सरोजकुमार खातीले जानकारी दिनुभयो । उहाँको अनुसार अहिले १२ हजार ५० बिरुवाबाट टिपिएको पातलाई चिया तथा कफी विकास कार्यालय ककनीमा प्रशोधन गरिएको हो ।
 
परीक्षणका लागी १५ किलोग्राम पातको प्रशोधनमा तयारी चिया तीन किलो उत्पादन भएको छ । यसको गुणस्तर उच्च पहाडी एवं हिमाली क्षेत्रमा उत्पादन हुने अर्थोडक्स चियामा उत्कृष्ट रहेको उल्लेख छ । कानुनी प्रक्रिया पूरा भएसगैँ ‘घ्याङस्वारा अर्थोडक्स चिया’ को व्यावसायिक उत्पादन, मूल्य निर्धारणपश्चात बजार पठाइने रोजगार संयोजक खातीको भनाइ छ ।
 
“समुन्द्री सतहबाट एक हजार ८००  देखि दुई हजार २०० मिटर उचाइमा चियाको व्यावसायिक उत्पादनसँगसगैँ स्थानीय किसानलाई अनुदानमा वितरण गर्न ८४ हजार बिरुवा तयार भएका छन्”, उहाँले भन्नुभयो, “यस क्षेत्रमा रोजगार सिर्जनामार्फत कृषिमा रूपान्तरण गर्दै पर्यटन प्रवर्द्धनमा जोड दिने उद्देश्यले सुरु गरिएको चिया खेतीको उत्पादनले घ्याङस्वारालाई छोटो अवधिमा नै परिवर्तनको रूपान्तरणमा योगदान पुगेको छ ।”
 
नुवाकोटको ककनी गाउँपालिका र म्यागङ गाउँपालिकामा यसअघिदेखि नै चियाको व्यावसायिक उत्पादन भइरहेको छ । यस क्षेत्रमा लगाइने चियालाई प्रवर्द्धनको लागि चिया तथा कफी विकास कार्यालयले सहयोग पुर्‍याउँदै आएको छ ।

Kakani Khabar add

सम्बन्धित खबर

तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै

काठमाडौँ । देवघाटकाे त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास नगरपालिका–५ मा रहेकाे चैनपुर जङ्गल क्षेत्रमा गरिने भएको छ ।


भोटेकोशी बाढीका कारण ज्यान गुमाएका तथा अहिलेसम्म पहिचान हुन नसकेका शवहरूको भविष्यमा समेत पहिचान गर्न...

‘जनताका निराशा बेचेर स्वार्थको रोटी सेक्नेहरूबाट देश बन्दैन’

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सरगर्मी देशभर बढ्दो छ। यसै सन्दर्भमा मोरङ क्षेत्र नम्बर ४ यतिबेला निकै चर्चामा छ। यस क्षेत्रबाट नेपाली कांग्रेसका महामन्त्री गुरु घिमिरे चुनावी मैदानमा छन् । विद्यार्थी राजनीतिबाट उदाएका घिमिरे वैचारिक र प्रखर व...

चालु आर्थिक वर्षको अन्तिम दिनसम्म ७८ प्रतिशत बजेट खर्च

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले कुल विनियोजित बजेटको ७८ प्रतिशत मात्र खर्च गरेको छ । 


अन्तिम दिन हिजो असार २४ गतेसम्म सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेटमध्ये १५ खर्ब ३१ अर्ब ९७ करोड १५ लाख रुपैयाँ म...

प्रधानमन्त्री शाहले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्नुहुँदै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै हुनुहुन्छ । 


प्रधानमन्त्रीको सचिवालयका अनुसार उहाँले कार्यभार सम्हालेपछि पहिलो पटक हुन लागेको छलफल सङ्घ र प्रदेश सरकारसँग सम्बन्धित विविध मह...

भरतताल निर्माणमा मुछिएका बागमतीका मेयर थापाविरुद्धको चौथो भ्रष्टाचार मुद्दा के हो ?

भरतताल निर्माणमा मुछिएका बागमतीका मेयर थापाविरुद्धको चौथो भ्रष्टाचार मुद्दा के हो ?भरतताल निर्माणमा मुछिएका बागमतीका मेयर थापाविरुद्धको चौथो भ्रष्टाचार मुद्दा के हो ?भरतताल निर्माणमा मुछिएका बागमतीका मेयर थापाविरुद्धको चौथो भ्रष्टाचार मुद्दा के हो...

वाणिज्य विभागद्वारा एक वर्षमा झण्डै ४५ सय फर्म अनुगमन

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बितेको आर्थिक वर्ष २०८२/८३ मा झण्डै चार हजार ५०० व्यावसायिक फर्म अनुगमन गरेको छ । 


विभागले हालै सार्वजनिक गरेको वार्षिक कार्य प्रगति विवरण अनुसार देशभर ९६५ अनुगमन टोली...