Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

प्रधानमन्त्री राहत कोषमा सात अर्ब ८८ लाख जम्मा

Main News Image
Kakani Khabar add

काठमाडौँ । रसुवा बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ ।


प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै नेपाल सरकारले राहत काेषमा आर्थिक सहयोग जुटाइरहेको र यसमा सहयोग आउने क्रम बढ्दै गरेको जानकारी दिनुभयो ।


उहाँका अनुसार राहत कोषमा अहिलेसम्म सात अर्ब ८८ लाख ५७ हजार २१७ रुपैयाँ जम्मा भएको छ । हिजाेमात्रै यस कोषबाट राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई एक अर्ब रुपैयाँ निकासा भएको थियो । त्यसमध्येबाट ६ करोड ७५ लाख रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका बाढी प्रभावित १५ वटा पालिकामा निकास भइसकेको छ ।


प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा अहिले ६ अर्ब ८८ लाख ५७ हजार २१७ रुपैयाँ मौज्दात रहेको छ भने थप ६१ लाख ४१ हजार ७०२ अमेरिकी डलर जम्मा भएको छ ।

Kakani Khabar add

सम्बन्धित खबर

एमालेले ओली पक्राउ परेको विषय संसदमा उठाउने

काठमाडौँ । नेकपा एमालेले पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेको विषयलाई प्रतिनिधिसभा बैठकमा उठाउने भएको छ ।


एमालेको आज बसेको सचिवालय बैठकले ओली पक्राउ परेकाे विषय सङ्घीय संसदमा उठाउने र विरोध जनाउने न...