Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

प्रधानमन्त्री शाहले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्नुहुँदै

Main News Image
Kakani Khabar add

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै हुनुहुन्छ । 


प्रधानमन्त्रीको सचिवालयका अनुसार उहाँले कार्यभार सम्हालेपछि पहिलो पटक हुन लागेको छलफल सङ्घ र प्रदेश सरकारसँग सम्बन्धित विविध महत्त्वपूर्ण र गहन विषयमा हुनेछ । 


दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा हुने यो छलफल सङ्घ-प्रदेश समन्वयलाई अझ प्रभावकारी बनाउने महत्त्वपूर्ण पहलका रूपमा पनि हेरिएको छ । 


सचिवालयका अनुसार छलफलमा विकास–निर्माणका कार्यलाई तीव्रता दिने, स्रोतसाधनको समुचित बाँडफाँट सुनिश्चित गर्ने तथा प्रदेशहरूले भोगिरहेका विभिन्न प्रशासनिक र आर्थिक समस्याहरू समाधान गर्ने विषयमा केन्द्रित रहनेछ । 


साथै, राष्ट्रिय प्राथमिकताका योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न केन्द्र र प्रदेशबीचको सहकार्यलाई अझ सुदृढ बनाउने विषय पनि छलफलको मुख्य ‘एजेण्डा’ हुनेछ । 


देशको वर्तमान आर्थिक अवस्था, पूर्वाधार विकास, सेवा प्रवाहमा सुधार तथा सुशासन कायम गर्ने विषयमा साझा समझदारी निर्माण गर्ने प्रयाससमेत आजको सो छलफलमा हुने अपेक्षा गरिएको छ । 


सङ्घीयता कार्यान्वयनलाई अझ प्रभावकारी बनाउने र नागरिकलाई प्रत्यक्ष लाभान्वित गराउने महत्त्वपूर्ण कदमका रूपमा यो छलफललाई लिइएको छ । 

Kakani Khabar add

सम्बन्धित खबर

दूरसञ्चार प्राधिकरणमा घिमिरे र प्रेस काउन्सिलमा श्रेष्ठ नियुक्त

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को यही असार २४ गतेको निर्णयअनुसार उहाँहरू नियुक्त हुनुभएकाे हो ।


नवनियुक्त अध्यक्षद्व...

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै काठमाण्डौ उपत्यकामा कृत्रिम अभाव

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेलगत्तै काठमाण्डाै उपत्यकाका धेरै निजी पेट्रोल पम्पमा पेट्रोलको अभाव देखिएको छ । केही पम्प बन्द गरिएका छन् भने धेरै पम्पले पेट्रोल छैन भन्ने बोर्ड टाँसेर बिक्री/वितरण बन्द गरेका छन् ।


धेरै पम...

एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल)मा भर्ना हुनुभएको छ । 


उहाँलाई त्रिवि शिक्षण अस्पतालको ‘एनेक्स वान’ भवनको ५०१ नम्बर बेडमा भर्ना गरिएको हो । ओली मिर्गौलाको बिरामी हुनुहुन्छ । आवश्यक...

पशुपतिमा साउने सोमबारको तयारी:सफाइ अभियान सुरु

काठमाडौँ । साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको पूजाआराधना एवं दर्शनका लागि आउने भक्तजनको सहजताका लागि पशुपति क्षेत्रमा सफाइ अभियान सुरु गरिएको छ ।


साउन महिना र सोमबार आशुतोष भगवान् शिवको महिना र बार मानिने भएकाले एकैदिन लाखौ...

नयाँ शैक्षिक सत्र शुरू भएपछि मात्र भर्ना लिन सर्वोच्चको आदेश

पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा

काठमाडौँ ।  पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई नेपाल प्रहरीले पक्राउ गरी २ नं गण महाराजगञ्जमा राखेको छ । उहाँलाई आज बिहान भक्तपुरको कटुञ्जेमा रहेको उहाँकै निवासबाट पक्राउ गरिएको थियो ।


नेता लेखकलाई २ नं ग...