Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा लिखित जवाफ माग

Main News Image
Kakani Khabar add

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वमन्त्री दीपक खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा लिखित जवाफ मागेको छ । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको इजलासले राजस्व अनुसन्धान विभाग र ललितपुर जिल्ला अदालतबाट पक्राउ गर्नुको कारणसहित लिखित जवाफ मागेको हो ।


सर्वोच्चको आदेशमा विभागबाट अनुरोध भएको तथा अदालतबाट म्याद थप भएको भए त्यससम्बन्धी सम्पूर्ण कागजातहरूसहितको मिसिल तथा अदालतबाट म्याद थप हुँदा थप पर्चा खडा गरिएको भए त्यो समेत संलग्न गरी भोलि १२ बजेसम्म लिखित जवाफ दिन भनिएको छ ।


प्रहरीले खड्कालाई गएको चैत १५ गते पक्राउ गरेको थियो । खड्काकी पत्नी विनिता थापाले गैरकानूनी रूपमा पक्राउ गरिएको भन्दै बन्दीप्रत्यक्षीकरणको रिट दायर गर्नुभएको हो ।


सर्वोच्च अदालतले भोलि रिट निवेदनको सुनवाइ नभएसम्म निवेदकलाई अहिलेको अवस्थामा यथास्थितिमा राख्न भनेको छ ।

Kakani Khabar add

सम्बन्धित खबर

स्वास्थ्य बीमाका लागि थप भुक्तानी प्रक्रिया अगाडि बढ्यो

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले देशका विभिन्न २०२ सेवा प्रदायक अस्पताललाई बिमा भुक्तानीका लागि थप ९१ करोड १८ लाख ९४ हजार भुक्तानी गर्ने प्रक्रिया अगाडि बढाएको छ । 


स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य बीमा तथा...

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, गृहमन्त्री सुधन गुरुङ तेस्रोबाट पाँचौँ नम्बरमा

काठमाडौँ । सङ्घीय मन्त्रिपरिषद् सदस्यहरूको मर्यादाक्रम हेरफेर भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (९) अनुसार मर्यादाक्रम हेरफेर गर्नुभएको हो ।

यसअघि तेस्रोमा रहेका...

शिक्षामा लगाएको ३ प्रतिशत समता कर खारेजी गर्न ४ निजी शैक्षिक संस्थाको माग

काठमाडौँ । निजी विद्यालयका प्रमुख ४ छाता सङ्गठनले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत शिक्षामा लगाएको ३ प्रतिशत समता शिक्षा सेवा शुल्क खारेज गर्न माग गरेका छन् ।


प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले आज संयुक्त पत्रकार सम्मेलन गरी सम...

नयाँ शैक्षिकसत्रका लागि पाठ्यपुस्तक विद्यालयमा पुर्‍याइँदै

काठमाडौँ । आउँदो वैशाख २ गतेदेखि शुरू हुने नयाँ शैक्षिकसत्रका लागि जनक शिक्षा सामग्री केन्द्रमा छपाइ भएका पाठ्यपुस्तक देशका विभिन्न भागमा धमाधम पुर्‍याउने काम भइरहेको छ । केन्द्रले यही चैत १६ गतेदेखि पाठ्यपुस्तक वितरण शुरू गरेकोमा पाँच दिनमा २५ ला...

यूएईमाथि नेपालको रोमाञ्चक जीत

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) डीएलएस नियमका आधारमा ६ रनले हराएको छ ।


वर्षाले प्रभावित खेलमा डीएलएस नियममा ३८ ओभरमा २५५ रनको लक्ष्य पाएको यूएईले ८...

२४ वर्षपछि फ्रान्स र सेनेगल आमनेसामने हुँदै

काठमाडौँ ।  फिफा विश्वकप फुटबलमा आज राति उपाधिको बलियो दाबेदार फ्रान्स र सेनेगल खेल्दैछन् । समूह ‘आई’ को यो खेल राति पौने १ बजे अमेरिकाको न्यु योर्क न्यु जर्सी रङ्गशालामा शुरू हुनेछ ।


फ्रान्सले सन् १९९८ र २०१८ मा गरी दुई पटक...