Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

पूर्वप्रधानमन्त्री ओलीको बन्दीप्रत्यक्षीकरण निवेदनमा कारण देखाऊ आदेश जारी

Main News Image
Kakani Khabar add

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको बन्दीप्रत्यक्षीकरण निवेदनमा सरकारलाई कारण देखाऊ आदेश जारी गरेको छ ।


ओलीलाई रिहा गर्न माग गर्दै दायर भएकाे निवेदनमा आज भएको सुनुवाइपछि अदालतले रिहा गर्न अस्वीकार गर्दै कारण देखाऊ आदेश जारी गरेको हो । यसअघि सर्वोच्चले पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता रमेश लेखकको निवेदनमा पनि कारण देखाऊ आदेश जारी गरेको थियो ।


ओलीकी श्रीमती राधिका शाक्य र लेखककी श्रीमती यशोदाले निवेदन दर्ता गराउनुभएको हो । ओलीको निवेदन न्यायाधीश मेघराज पोखरेलको इजलासमा र लेखकको कुमार रेग्मीको इजलासमा सुनुवाइ भएको हो ।


प्रहरीले अस्ति शनिवार दुवै नेतालाई पक्राउ गरेको हो । भदौ २३ र २४ गतेको नवयुवा आन्दोलनबारे जाँचबुझ गर्न गठिन आयोगको सिफारिशअनुसार बल प्रयोग गरेको अभियोगमा कर्तव्य ज्यानमा अनुसन्धान गर्न प्रहरीले उहाँहरूलाई पक्राउ गरेको हो ।


हिजो जिल्ला अदालत काठमाण्डाैले ओली र लेखकलाई अनुसन्धानका लागि पाँच दिन थुनामा राख्न अनुमति दिएको छ ।

Kakani Khabar add

सम्बन्धित खबर

कांग्रेस नेता गोपालमान श्रेष्ठको निधन

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन भएको छ ।

उहाँको जावलाखेलस्थित हेलिअस हस्पिटलमा उपचारका क्रममा आज निधन भएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो ।

नेता श्रेष्ठको शव भोलि बु...

विश्वकप फुटबलमा भोलि बिहान ४ वटा खेल हुँदै

काठमाडौँ । फिफा विश्वकप फुटबलमा भोलि बिहान चार वटा खेल हुँदैछन् । भोलि बिहान पौने १ बजे कतार र स्वीजरल्याण्ड, पौने ४ बजे ब्राजिल र मोरक्को, पौने ७ बजे हाइटी र स्कटल्याण्ड तथा बिहान पाैने १० बजे अष्ट्रेलिया र टर्कीएले खेल्दैछन् ।


व...

रसुवागढीको मितेरी पुलबाट गाडी चल्न थाले

काठमाडौँ । चिनियाँ प्राविधिकले परीक्षण सम्पन्न गरेपछि चार दिनपछि रसुवागढी नाकाको मितेरी पुलबाट गाडी सञ्चालन हुन थालेका छन् ।


नेपालको उत्तरी नाका रसुवागढीमा रहेको मितेरी पुलबाट आवागमन २ दिनका लागि रोकिने भनिएकामा पुल परीक्षण गरी ४...

सरकारले असार २९ देखि नयाँ प्रणालीबाट राहदानी सेवा वितरण गर्ने

काठमाडौँ । सरकारले पर्सि असार २९ गतेदेखि नयाँ प्रणालीबाट राहदानी सेवा वितरण गर्ने भएको छ । यसका लागि आवश्यक तयारी परराष्ट्र मन्त्रालय र विभागबाट अन्तिम चरणमा पुगेको छ ।


परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सहज...

११ महिनामा २५ अर्बभन्दा बढीका विद्युतीय गाडी आयात

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो ११ महिनामा २५ अर्ब ५५ करोड ९९ लाख १६ हजार बराबरका १० हजार ८४५ वटा विद्युतीय गाडी आयात भएका छन् । 


भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ५० किलोवाट क्षमतादेखि २०१ किलोवा...