Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

पशुपतिमा साउने सोमबारको तयारी:सफाइ अभियान सुरु

Main News Image
Kakani Khabar add

काठमाडौँ । साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको पूजाआराधना एवं दर्शनका लागि आउने भक्तजनको सहजताका लागि पशुपति क्षेत्रमा सफाइ अभियान सुरु गरिएको छ ।


साउन महिना र सोमबार आशुतोष भगवान् शिवको महिना र बार मानिने भएकाले एकैदिन लाखौँ भक्तजन पशुपतिनाथको पूजाआराधना एवं दर्शनका लागि आउने गर्दछन् । भक्तजनलाई सहज रूपमा सेवा दिने उद्देश्यले पशुपति क्षेत्र विकास कोषले आजदेखि सफाइ अभियान सुरु गरेको कार्यवाहक सदस्य सचिव एवं कोषाध्यक्ष मीनाकुमारी श्रेष्ठले राससलाई जानकारी दिनुभयो । 


पहिलो दिन आज पशुपतिनाथ मूल मन्दिर क्षेत्रबाट सूर्यघाटसम्म सफाइ गरिएको छ । यस अभियानलाई आइतबार अपराह्नपछि पनि निरन्तरता दिइने उहाँले बताउनुभयो । आइतबार मूल मन्दिर बन्द भएपछि सूक्ष्म रूपमा सफाइ गर्न लागिएको जनाउँदै यसमा सुरक्षा निकायलाई पनि सहभागी गराइने उहाँले उल्लेख गर्नुभयो । पहिलो दिनको पशुपति क्षेत्रको सफाइमा दर्जन बढी सङ्घसंस्थाको सहभागिता थियो । 


कोषले आजदेखि सुरु गरेको सफाइ अभियानलाई प्रत्येक हप्ताको शनिबार पनि निरन्तरता दिने तयारी गरिएको कोषाध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार साउनका लागि भने आइतबार र अन्य दिनमा पनि आवश्यकताअनुसार विशेष सफाइ अभियान सञ्चालन गरिने छ ।

Kakani Khabar add

सम्बन्धित खबर

सम्पत्ति शुद्धीकरण विभागद्वारा सात मुद्दा दायर, एक खर्ब १८ अर्ब बिगो दाबी

काठमाडौँ । सम्पत्ति शुद्धीकरण विभागले आर्थिक वर्ष २०८२/८३ मा सातवटा मुद्दा अभियोजन गरेको छ ।


विभागले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार १२१ जनालाई प्रतिवादी बनाएको छ । प्रतिवादीलाई करिब रु एक खर्ब १८ अर्ब पाँच करोडबराबरको बिग...

तारकेश्वरमा ५० लाखको धानबाली क्षतिपूर्ति कोषका लागि बजेट विनियोजन

नुवाकोट । गत कार्तिक महिनामा भएको अविरल वर्षाका कारण धानबालीमा क्षति बेहोरेका कृषकलाई राहत उपलब्ध गराउन तारकेश्वर गाउँपालिकाले स्थापना गरेको रु. ५० लाखको धानबाली क्षतिपूर्ति कोषका लागि आवश्यक बजेट विनियोजन गरेको छ ।


गाउँपालिकाको ग...

सामुदायिक विद्यालयबाट ४ जिपिए ल्याउने विद्यार्थीलाई तारकेश्वर गाउँपालिकाको १ लाख पुरस्कार घोषणा

नुवाकोट । तारकेश्वर गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार तथा विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘गाउँपालिका अध्यक्ष प्रोत्साहन पुरस्कार’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।


गाउँपालिकाले यसै वर्षदेखि लागू हुन...

विश्वकप फुटबलको तेस्रो स्थानका लागि भोलि बिहान फ्रान्स र इंग्ल्यान्ड खेल्दै

नेपालले दियो अमेरिकालाई ३१८ रनको कीर्तिमानी लक्ष्य

काठमाडौँ । घरेलु मैदानमा चलिरहेको आईसीसी क्रिकेट विश्वकप लिग–टु शृङ्खलाको अन्तिम खेलमा नेपालले अमेरिकालाई ३१८ रनको कीर्तिमानी लक्ष्य दिएको छ ।


नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिपुरमा अहिलेसम्मकै धेरै रन बनाएकाे हाे...

सुनको भाउ आज तोलामा ७ हजार ४०० सय रुपैयाँले बढ्यो

काठमाडौँ । आज पनि सुनचाँदीको भाउ बढेको छ । सुन आज तोलामा सात हजार ४०० र चाँदी १०० रुपैयाँले बढेको हो । 


नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा दुई लाख ९७ हजार ६०० र चाँदीको चार हजार ९४५ रुपैयाँ पुगेको छ...