Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

५ पटकको विजेता ब्राजिल र नर्वे खेल्दै, यस्तो छ ‘हेड–टु–हेड’

Main News Image
Kakani Khabar add

काठमाडौँ । फिफा विश्वकप फुटबलको प्रिक्वाटरफाइनलमा आज राति ५ पटकको विजेता ब्राजिल र नर्वे खेल्दैछन् । यो खेल राति पौने २ बजे अमेरिकाको न्युयोर्क न्यु जर्सी रङ्गशालामा शुरू हुनेछ ।


नकआउट चरणमा ब्राजिलले जापानलाई र नर्वेले आइभरी कोस्टलाई समान २–१ हराउँदै अन्तिम १६ मा पुगेका हुन् । ब्राजिल समूह ‘सी’ को विजेता र नर्वे समूह ‘आई’ को उपविजेताका रूपमा नकआउटमा पुगेका हुन् ।


नर्वेले अहिलेसम्म ब्राजिलसँग खेलेका कुनै पनि खेल हारेको छैन । यी दुई टोलीबीच अहिलेसम्म ४ पटक अन्तर्राष्ट्रिय खेल भएको छ । नर्वेले सन् १९९८ को विश्वकपमा नर्वेले ब्राजिललाई २–१ ले हराएको थियो । यस्तै नर्वेले १९९७ मा भएको मैत्रीपूर्ण खेल ४–२ ले जितेको थियो भने १९९८ र २००६ को खेल १–१ को बराबरीमा सकिएको थियो ।


चौथो पटक विश्वकप खेलिरहेको नर्वे अहिलेसम्म क्वाटरफाइनल पुग्न सकेको छैन ।


विश्वकपको प्रिक्वाटरफाइनलमा भोलि बिहान पौने ६ बजे मेक्सिको र इङ्ग्ल्यान्ड खेल्दैछन् । यो खेल मेक्सिको सिटी रङ्गशालामा हुनेछ ।


नकआउटमा मेक्सिकोले इक्वेडरलाई २–० र इङ्ग्ल्यान्डले डीआर कङ्गोलाई २–१ ले हराउँदै अन्तिम १६ मा पुगेका हुन् । मेक्सिको समूह ‘ए’ र इङ्ग्ल्यान्ड समूह ‘एल’ को विजेताका रूपमा नकआउटमा पुगेका हुन् ।


विश्वकपमा यी दुई टोलीबीच दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो । यसअघि सन् १९६६ को विश्वकपमा इङ्ग्ल्यान्डले मेक्सिकोलाई २–० ले हराएको थियो । यस्तै यी दुई टोलीबीच अन्य प्रतियोगितामा ८ पटक भेट हुँदा इङ्ग्ल्यान्ड ५ र मेक्सिको २ खेलमा विजयी हुँदा १ खेल बराबरीमा सकिएको छ ।

Kakani Khabar add

सम्बन्धित खबर

मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को खेलमा पाँच पटकको विश्व विजेता ब्राजिल मोरक्कोसँग १–१ गोलको बराबरीमा रोकिएको छ ।

आइतबार बिहान न्यू जर्सीस्थित मेटलाइफ स्टेडियममा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले एक–एक अंक बाँडेका ह...

एसीसी महिला प्रिमियर कपमा नेपालको लगातार दोस्रो जीत

काठमाडौँ । मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले भुटानलाई ५१ रनले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ ।


नेपालले दिएको  ११४ रनको लक्ष्य पछ्याएको भुटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ६२ रन मात्र बन...

श्रीलङ्कालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशिपको सेमिफाइनलमा

काठमाडौँ । श्रीलङ्कालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशिप फुटबलको सेमिफाइनलमा पुगेको छ ।


भारतको गोवामा रहेको जवाहरलाल नेहरु रङ्गशालामा आज भएको समूह ‘ए’ को अन्तिम खेलमा नेपालले श्रीलङ्कालाई २–० गोलले हरायो । नेपालका रश्मीकुमारी...

विश्वकपको सेमिफाइनल समीकरण पूरा

काठमाडौँ । फिफा विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । फिफा वरीयतामा शीर्ष चारका टोली फ्रान्स, अर्जेन्टिना, स्पेन र इंग्ल्याण्ड नै सेमिफाइनलमा पुगेका हुन् । 


आज बिहान सकिएका दुई क्वाटरफाइनल खेलपछि सेमिफाइनल खेल्ने चार...

उपाधिका लागि नेपाल र हङकङबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ । एशियाली खेलकुद छनोट प्रतियोगिताको उपाधिका लागि आज नेपाल र हङकङबीच प्रतिस्पर्धा हुँदैछ । खेल सिंगापुरको नेश्नल क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो सवा १२ बजे शुरु हुनेछ । 


नेपालले सेमिफाइनलमा ओमानलाई ८ विकेटले ह...

मोरक्कोलाई हराउँदै फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा

काठमाडौँ । साविक विजेता फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको बोस्टन स्टेडियममा आज बिहान सम्पन्न पहिलो क्वाटरफाइनलमा फ्रान्सले अफ्रिकी देश मोरक्कोलाई २–० ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

<...