Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

Main News Image
Kakani Khabar add

नुवाकोट । नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । घाइते भएका तीन जनाको काठमाडौँमा उपचार भइरहेको छ ।


नुवाकोटको दुप्चेश्वर महादेव दर्शनको लागि आएका तीर्थयात्री चढेको बस शिवपुरी गाउँपालिका–७ स्थित थानाभञ्ज्याङमा दुर्घटना हुँदा काभ्रेको बनेपा नगरपालिका–८ का ५४ वर्षीया कृष्णमाया प्रजापती (डङ्गोल) र रामेछापको खाँडादेवी गाउँपालिका–२ का ६५ वर्षीया उदयमाया खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।


बस दुर्घटनालगत्तै उद्धारको लागि घटनास्थल पुग्नुभएका जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख (प्रहरी उपरीक्षक) बिपिन रेग्मीका अनुसार घाइतेलाई उद्धार गरेर उपचारको लागि काठमाडौँ पठाएकोमा दुई जनाको अस्पताल पुर्‍याएलगत्तै निधन भएको जानकारी चिकित्सकले दिएको हो । दुर्घटनामा सर्लाहीको लालबन्दी नगरपालिका–९ का २५ वर्षीया सुजता पोखरेल, काभ्रे बनेपा नगरपालिका–१० का ४२ वर्षीया शर्मिला श्रेष्ठ र दोलखा मेलुङ गाउँपालिका–६ घर का ६० वर्षीया ज्ञानु श्रेष्ठ घाइते भएकाले थप उपचारको लागी काठमाडौँ पठाइएको छ ।


जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख (प्रहरी निरीक्षक) बिनोद ढकालका अनुसार काठमाडौंँबाट दुप्चेश्वर धाम दर्शनको लागी तीर्थयात्री लिएर आएको बा.प्र.०८–००१ ख ००५२ नम्बरको बस थानाभञ्याङ्गस्थित सडक छेउमा रोकिएको समयमा आफैँ गुडेर दुर्घटनामा परेको हो ।


बस रोकेर चालक र यात्रुहरू खाजा खान गएको समयमा आफैँ गुडेको बसले अगाडि रोकिराखेको बा.प्र.०३–००१ ज ११७६ नम्बरको इभी भ्यानलाई समेत ठक्कर दिई दुवै गाडी सडकबाट करिब ५० मिटर तल पुगेको प्रहरीले जनाएको छ । दुर्घटनापश्चात् बसका चालक काभ्रेको पाँचखाल नगरपालिका–७ का सीताराम आचार्यलाई प्रहरीले आवश्यक कारबाहीको लागि नियन्त्रणमा लिएको जनाएको छ ।

Kakani Khabar add

सम्बन्धित खबर

हेटौँडा कपडा उद्योग फेरि सञ्चालनको तयारी

काठमाडौँ । सरकारले हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनाबाट परीक्षण उत्पादनको काम भइरहेको जानकारी गराएको छ ।


उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले हेटौँडा कपडा उद्योग सञ्चालनका लागि परीक्षण उ...

लिखुमा सञ्चालित निःशुल्क प्रोष्टेट स्वास्थ्य परीक्षणमा १८० जनाले सेवा लिए

चौघडा । नुवाकोटको लिखु गाउँपालिकाको दुई स्थानमा सञ्चालन गरिएको निःशुल्क प्रोष्टेट स्वास्थ्य परीक्षण शिविरमा १८० जनाले सेवा लिएका छन् ।

लिखु गाउँपालिका वडा नं ४ चौघडा स्थित चौघडा स्वास्थ्य चौकी र लिखु गाउँपालिका वडा नं १ ढिकु...

युवा लक्षित रोजगारी र स्वयंसेवा कार्यक्रम विस्तार गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्रालयअन्तर्गतका सबै विभाग तथा निकायलाई युवाका लागि रोजगारी, पारिश्रमिकसहितको प्रशिक्षण तथा स्वयंसेवाका अवसर विस्तार गर्दै परिणाममुखी ढङ्गले काम गर्न निर्देशन दिनुभएको छ ।


क...

संसदीय दलको नेता छान्न कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ । संसदीय दलको नेता चयनका विषयमा छलफल गर्न नेपाली कांग्रेस संसदीय दलको बैठक आज सिंहदरबारस्थित दलको कार्यालयमा बस्दैछ। 


कांग्रेसका नेताहरुका अनुसार संसदीय दलको नेता सर्वसम्मतिबाट चयन गर्ने तयारी छ। गत फागुन २१ गते...

भारतीय अभिनेता प्रदीप रावतको ७४ वर्षको उमेरमा निधन

काठमाडौँ । भारतीय चर्चित अभिनेता प्रदीप रावतको ७४ वर्षको उमेरमा निधन भएको छ ।


रक्त क्यान्सर बल्झिएपछि मुम्बईमा उपचाररत रावतको हिजो निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । चार दशकभन्दा लामो अभिनय यात्रामा रावतले हिन्दी, तेलुग...

११ महिनामा २५ अर्बभन्दा बढीका विद्युतीय गाडी आयात

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो ११ महिनामा २५ अर्ब ५५ करोड ९९ लाख १६ हजार बराबरका १० हजार ८४५ वटा विद्युतीय गाडी आयात भएका छन् । 


भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ५० किलोवाट क्षमतादेखि २०१ किलोवा...