Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

रामेछाप दुर्घटना : मतदान अधिकृतको पनि मृत्यु, ७ जनालाई हेलिकप्टरबाट काठमाडौं पठाइयो

Main News Image
Kakani Khabar add

१८ फागुन, काठमाडौं । रामेछाप नगरपालिका–२ स्थित सिरुबारीमा गाडी दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या २ पुगेको छ । सोमबार मतदान सामग्री र निर्वाचन कर्मचारी लिएर रामेछापको रामेछाप नगरपालिका-२ देउरालीतर्फ जाँदै गरेको ना ७ ख ६७६८ नम्बरको गाडी दुर्घटनामा परेको थियो । दुर्घटनामा प्रहरीका असई पर्शुराम यादवको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार दुर्घटनामा घाइते मतदान अधिकृत अधिकृत डोरप्रसाद घिमिरे पनि मृत्यु भएको छ । उनको मन्थली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

घिमिरेलाई रामेछाप-२ को वडा कार्यालय भवन, साँघुटार (ख) मतदान केन्द्रमा मतदान अधिकृतको रुपमा खटाइएको थियो । उनी रामेछाप नगरपालिका-३ स्थित साँघुटारस्थित रुद्राक्षश्वर माध्यामिक विद्यालयका शिक्षक हुन् । प्रमुख जिल्ला अधिकारी थापाका अनुसार घाइते ७ जनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ ।

Kakani Khabar add

सम्बन्धित खबर

सामाजिक सञ्जालमा फैलिएका सूचना आधिकारिक हुन वा होइन भनेर चिन्न आवश्यकः सञ्चारमन्त्री डा.तिमिल्सिना

नुवाकोट । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा बिक्रम तिमिल्सिनाले सामाजिक सञ्जालमा फैलिएका सूचना हल्ला हुन वा आधिकारिक हुन भनेर चिन्न आवश्यक रहेको बताउनुभएको छ ।


पछिल्लो समय सरकारले प्रत्येक मन्त्रीलाई नयाँ मोबाइल फोन उपलब्ध गराउने...

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क स्वास्थ्य सेवा प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ । 


मन्त्रालयले त्यस सन्दर्भमा देशभरका सेवाप्रदायक अस्पताल र जिम्मेवार सम्पर्क व्यक्तिको विवरणसमेत सार...

तारकेश्वरका शैक्षिक सँस्था आइतबार पनि खुल्ने, बैशाख २ देखि विद्यालय सुचारु हुने

नुवाकोट । तारकेश्वर गाउँपालिकामा रहेका शैक्षिक सँस्थाहरु आइतबार पनि पूर्ववत रुपमा सञ्चालन हुने भएको छ ।

तारकेश्वर गाउँपालिका अध्यक्ष तथा गाउँ शिक्षा समिति संयोजक शिव अधिकारी (अविरल)ले गाउँपालिकाभित्रका शैक्षिक संस्थाहरूलाई आज चार बुँदे निर्द...

रास्वपाद्वारा रासायनिक मल वितरणको अनुगमन, कोटा वृद्धि गर्न पहल गर्ने प्रतिबद्धता

नुवाकोट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोट जिल्ला सभापति रामेश्वर गजुरेलसहितको टोलीले कृषि सामग्री कम्पनी लिमिटेड, नुवाकोट शाखा कार्यालय तथा मल गोदामको अनुगमन गर्दै मल वितरण प्रणाली प्रभावकारी बनाउन सुझाब दिएका छन् ।

मंगलबार दिउँ...

SEE परीक्षाको नतिजा कमजोर आएपछि तारकेश्वरका अध्यक्षबाट सातबुँदे निर्देशन

नुवाकोट । शैक्षिक सुधारका लागि विभिन्न प्रयास भइरहेका बेला यस वर्षको SEE परीक्षाको नतिजा अपेक्षाअनुसार आउन नसकेपछि नुवाकोटको तारकेश्वर गाउँपालिकाले विद्यालयहरूको शैक्षिक अवस्था सुधार गर्न सक्रियता बढाएको छ ।


गाउँपालिका अध्यक्ष तथा...

दुई दाजुभाइ हत्या गरिएको अवस्थामा शव फेला

त्रिशूली (नुवाकोट), ३० वैशाख : यहाँको म्यागङ गाउँपालिका–४ किम्ताङमा दुई दाजुभाइको हत्या गरेर खोलामा लुकाएको अवस्थामा आज शव फेला परेको छ ।


जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बिक्रम लामाका अनुसार किम्ताङबेँसी निवासी ४३ वर...