Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

रसुवा बाढी:शिक्षा क्षेत्रको पुनरुत्थानका लागि साढे २ अर्ब लाग्ने अनुमान, ९ हजार विद्यार्थी प्रभावित

Main News Image
Kakani Khabar add

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानका लागि सरकारले २ अर्ब ३४ करोड ३२ लाख १७ हजार ५०० रुपैयाँ लाग्ने अनुमान गरेको छ।


राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको ‘द्रुत क्षति तथा आवश्यकता आकलन’ प्रतिवेदनअनुसार बाढीबाट १८ वटा विद्यालयहरू प्रभावित भएका छन्। जसमा ११ वटा विद्यालय भवन पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ७ वटा विद्यालयमा आंशिक क्षति पुगेको छ। विद्यालय भवनका साथै भवनभित्र रहेका शैक्षिक सामग्री, फर्निचर तथा अन्य सम्पत्ति नष्ट भएका छन्। बाढीपश्चात् त्यस क्षेत्रमा ९ हजारभन्दा धेरै विद्यार्थीहरूको पठनपाठन अवरुद्ध भएको छ।


संरचना पुनर्निर्माण तथा पठनपाठन सहज पार्न तत्काल १० करोड ५० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ। दीर्घकालीन पुनरुत्थानका लागि २ अर्ब २३ करोड ८२  लाख १७ हजार ५०० रुपैयाँ लाग्नेछ।


सरकारले प्रभावित विद्यार्थीका लागि ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा गरेको छ। नेपालका निजी स्कुलका विभिन्न पाँच वटा संस्थाहरूले पनि सरकारको आग्रहमा बाढी प्रभावित विद्यार्थीलाई छात्रवृत्ति दिन १ अर्ब रुपैयाँ सहयोगको प्रतिबद्धता जनाएका छन्।


बाढीबाट प्रभावित भई विभिन्न ठाउँमा बस्नुभएका विद्यार्थीलाई तत्काल पठनपाठन सुचारु गर्नका निमित्त उहाँहरूको पायक पर्ने विद्यालयमा नै व्यवस्था मिलाउन सम्बन्धित स्थानीय तहहरुले सहजीकरण गरिरहेका छन्।

Kakani Khabar add

सम्बन्धित खबर

वर्षाले प्रभावित खेलमा ओमानसँग हार्‍यो नेपाल

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय एकदिविसीय शृङ्खलामा नेपाल ओमानसँग डीएलएस नियमका आधारमा १०२ पराजित भएको छ । लिग–२ मा नेपालकाे याे १४औँ हार हाे ।


कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा आज ओमानले दिएको ३०६...

अख्तियारमा १ वर्षमा ३३ हजारभन्दा धेरै उजुरी

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गएको आर्थिक वर्षमा भ्रष्टाचारसम्बन्धि सबैभन्दा धेरै उजुरी पालिकासँग सम्बन्धित परेका छन् । आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षामार्फत् अख्तियारले उजुरी, अनुसन्धान, मुद्दा फछ्र्यौटलगायतका तथ्यांक सार्व...

सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न गठित समितिको टोली मुस्ताङमा

काठमाडौँ । सशस्त्र प्रहरीले कोरला नाकाबाट भित्रिएका विद्युतीय गाडी नियन्त्रणमा लिएपछि छानबिनका लागि गठित समिति मुस्ताङ पुगेको छ । छानबिनका लागि अर्थमन्त्रालयले भन्सार विभाग, नीति तथा सञ्चालन महाशाखाअन्तर्गतको मूल्यांकन शाखाका प्रमुख समेत रहेका निर...

वैदेशिक रोजगार विभागद्वारा पुनः श्रम स्वीकृतिका लागि शर्त निर्धारण

काठमाडौँ । वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूका लागि पुनः श्रम स्वीकृति स्वचालित प्रणालीमार्फत गर्ने जनाएको छ । 


वैदेशिक रोजगार विभागले आज सूचना जारी गर्दै वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने योजनाअ...

रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

नुवाकोट । नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । घाइते भएका तीन जनाको काठमाडौँमा उपचार भइरहेको छ ।


नुवाकोटको दुप्चेश्वर महादेव दर्शनको लागि आएका तीर्थयात्री चढेको बस शिवपुरी गाउँपालिका–७ स्थि...

पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा लिखित जवाफ माग

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वमन्त्री दीपक खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा लिखित जवाफ मागेको छ । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको इजलासले राजस्व अनुसन्धान विभाग र ललितपुर जिल्ला अदालतबाट पक्राउ गर्नुको कारणसहित लिखित जवाफ मा...