Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

रसुवागढीको मितेरी पुलबाट गाडी चल्न थाले

Main News Image
Kakani Khabar add

काठमाडौँ । चिनियाँ प्राविधिकले परीक्षण सम्पन्न गरेपछि चार दिनपछि रसुवागढी नाकाको मितेरी पुलबाट गाडी सञ्चालन हुन थालेका छन् ।


नेपालको उत्तरी नाका रसुवागढीमा रहेको मितेरी पुलबाट आवागमन २ दिनका लागि रोकिने भनिएकामा पुल परीक्षण गरी ४ दिनपछि सञ्चालनमा ल्याइएको हो ।


गएको वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले सिमेन्टको मेसिनरी पुल बगाएपछि तत्काल आवतजावतका लागि बेलीब्रिज निर्माण गरिएको थियो । बेलीब्रिज वर्षायामका लागि उपयुक्त छ/छैन भन्ने परीक्षणका लागि चिनियाँ पक्षले गाडी सञ्चालनमा रोक लगाएको थियो ।


पुलको सफलतापूर्वक परीक्षण सम्पन्न गरी गाडी आवागमन हुन थालेका इलाका प्रहरी कार्यालय टिमुरेले जनाएको छ । पुलको परीक्षण गर्नुका साथै नटलाई पुनः कस्ने काम सम्पन्न गरेपछि सामान आयातका लागि २२ वटा कन्टेनरसहित साना तथा ठूला गाडीहरु हिजैदेखि केरूङ प्रस्थान गरेका जिल्ला प्रहरी प्रमुख अशोक थापाले जानकारी दिनुभयो ।


चीनबाट स्याउ, सुन्तला, अङ्गुर, ड्रागनफ्रुट बोकेका सानाठूला ३३ वटा गाडी नेपाल भित्रिएका प्रहरी प्रमुख थापाले जानकारी दिनुभयो । पुलको क्षमतालाई मध्यनजर गर्दै १४ फिटभन्दा माथि उचाइ भएका सामान ल्याउने गाडी सञ्चालन गर्न नमिल्ने चिनियाँ प्राविधिकले बताएकाले त्यही अनुसार सचेत रहन सरोकार भएका सबैलाई उहाँले आग्रह गर्नुभयो ।


उहाँका अनुसार नेपाल र चीनतर्फका दुवै भागमा १४ फिट लामो डण्डी गाडिएको छ ।

Kakani Khabar add

सम्बन्धित खबर

पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा लिखित जवाफ माग

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वमन्त्री दीपक खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा लिखित जवाफ मागेको छ । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको इजलासले राजस्व अनुसन्धान विभाग र ललितपुर जिल्ला अदालतबाट पक्राउ गर्नुको कारणसहित लिखित जवाफ मा...

चट्याङ लागेर सूर्यगढीमा एक घरमा क्षति, रास्वपाको टोलीबाट घटनाको स्थलगत अवलोकन

नुवाकोट । सूर्यगढी गाउपालिका-४ स्थित केराघारीमा चट्याङ लागेर एकघरमा पूर्ण क्षति भएको छ ।


हिजो अपरान्ह सवा ४ बजेको समयमा परेको चट्याङले स्थानी राजु तामाङको घरमा क्षति पुगेको हो । चट्याङले घरको विद्युतीय मिटरबक्स सहित बत्ति लगायतका...

अध्यक्ष अधिकारीको महिला सशक्तीकरण अभियान जारी, दुई आमा समूहलाई डेढ लाख सहयोग

नुवाकोट । तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारी (अविरल)ले महिला सशक्तीकरण अभियानलाई निरन्तरता दिँदै वडा नम्बर १ का दुई आमा समूहलाई नगद तथा सामग्री सहयोग हस्तान्तरण गर्नुभएको छ ।


आज आयोजित कार्यक्रममा अध्यक्ष अधिकारीले तल्लोहिले...

आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौँ । सरकारले आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुई दिन भिटामिन ‘ए’ सँगै जुकाको औषधि पनि खुवाउन लागेको हो । स्वास्थ्य सेवा विभाग...

पेट्रोलमा प्रतिलिटर २० तथा डिजेल र मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

काठमाडौँ । नेपाल आयल निगमले इन्धनको भाउ घटाएको छ ।


अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर आएपछि निगमले गए राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको भाउ घटाएको हो । निगम सञ्चालक समि...

ग्यास आपूर्ति सहज बनाउन सरकारको पहल

काठमाडौँ । काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएपछि सरकारले आपूर्ति सहज बनाउन पहल थालेको छ ।


नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसनसँग ग्यासको कोटा बढाउन माग गरेको जनाएको छ । यसअघि मासिक झण्...