Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

रसुवाको त्रिशूली ३ ‘ए’ सुरुङमा फसेकाहरूको उद्धार तीव्र

Main News Image
Kakani Khabar add

काठमाडौँ । रसुवास्थित त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलभित्र फसेका मानिसहरूको उद्धारका लागि सरकारले विगत दुई दिनदेखि प्रयास जारी राखेको छ ।


प्रतिकूल मौसम र निरन्तरको लेदो तथा भग्नावशेषका बिच शनिबार बिहानैदेखि सुरुङको प्रवेशद्वार खोल्ने कार्यलाई अझ तीव्र पारिएको छ ।


टनेलभित्र मानिसहरू फसेको खबर पाउनासाथ सरकारले उद्धार टोलीलाई प्राथमिकताका साथ परिचालन गरेको थियो। सुरुङको मुख खोतल्न र खोजी कार्यलाई द्रुत गति दिनका लागि शुक्रबार रातिदेखि नै नेपाली सेनाका ६२ जना तथा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका २० जना गरी कुल ८२ जनाको संयुक्त टोली निरन्तर खटिरहेको छ ।


यसैबिच, नेपालको उद्धार प्रयासमा सहयोग पुर्‍याउन भारतीय टोली पनि त्रिशूली पुगेको छ। भारतीय टोलीले हेलिकप्टरमार्फत चिलिमे र लाङटाङ क्षेत्रको प्रारम्भिक अनुगमन (रेकी) गरी आवश्यकता अनुसार थप उद्धार तथा राहत कार्य अघि बढाउने योजना बनाएको छ ।

Kakani Khabar add

सम्बन्धित खबर

अध्यक्ष अधिकारीको निर्देशनपछि दाङसिङ–ढाँडाखर्क सडक मर्मत कार्य सुरु

नुवाकोट । केही दिनअघि परेको अविरल वर्षाका कारण क्षतिग्रस्त बनेको दाङसिङ रयलछापस्थित प्रशासकीय भवनदेखि ढाँडाखर्कसम्मको सडकखण्डको मर्मत कार्य सुरु गरिएको छ ।


तारकेश्वर गाउँपालिकाको तल्लो भेगका तीन वडा र माथिल्लो भेगका तीन वडालाई जोड...

सूचना प्रविधि विभाग ‘विद्युतीय शासन कार्यालय’ मा रूपान्तरण हुने

काठमाडौँ । सरकारले सूचना प्रविधि विभागलाई अब ‘सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय’ का रूपमा रूपान्तरण गर्ने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता एवं सहसचिव हेमराज अर्यालका अनुसार सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण...

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानसम्बन्धी कार्यविधि संशोधन

काठमाडौँ । सरकारले सहुलियतपूर्ण कर्जामा ब्याज अनुदानसम्बन्धी कार्यविधि संशोधन गरी कार्यान्वयनमा ल्याएको छ ।


अर्थ मन्त्रालयले ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी (पहिलो संशोधन) कार्यविधि २०८३’ जारी गरी कार्यान्वयनमा ल्य...

गृहमन्त्री गुरुङद्वारा ३ वटा अध्यादेश पेश

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले तीन वटा अध्यादेश पेश गर्नुभएको छ ।


सभाको पहिलो अधिवेशनको पहिलो बैठकमा दलीय आधारमा सदस्यहरूले मन्तव्य राखिसकेपछिको नियमित कार्यसूचीअन्तर्गत गृहमन्त्री गुरुङले ‘नागरिकतास...

स्कटल्यान्डलाई हराउँदै नेपाल लिग–२ को पाँचौँ स्थानमा उक्लियो

कांग्रेसको १५औँ महाधिवेशनका लागि ७७ वटै जिल्लामा प्रतिनिधि खटिए

काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशनको औपचारिक तयारी शुरू गरेको छ । आजदेखि ७७ वटै जिल्लामा सदस्यता अभियान र सांगठनिक सुदृढीकरणका लागि प्रतिनिधिहरू खटाउँदै कांग्रेसले महाधिवेशनको प्रक्रिया अगाडि बढाएको हो ।


पार्टी केन्...