Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

रास्वपा नुवाकोट सभापतिमा युवा नेता रामेश्वर गजुरेल अत्याधिक मतले बिजयी

Main News Image
Kakani Khabar add

नुवाकोट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोट जिल्ला कार्यसमितिको प्रथम अधिवेशनबाट नयाँ जिल्ला नेतृत्व चयन भएको छ। शनिबार बट्टारमा सम्पन्न निर्वाचन प्रक्रियाबाट आगामी पाँच वर्षे कार्यकालका लागि जिल्ला कार्यसमिति औपचारिक रूपमा गठन गरिएको हो।

शनिबारको उद्घाटन सत्र पश्चात भएको मतदानमा कुल ३२५ मत खसेको थियो। निर्वाचन परिणाम अनुसार जिल्ला सभापतिदेखि विभिन्न पदाधिकारी तथा सदस्य पदसम्मको अन्तिम नतिजा आइतबार बिहान २ बजे सार्वजनिक भएको हो । त्यसलगत्तै निर्वाचित पदधिकारीहरुलाई सथप गराइएको थियो ।


सभापतिमा रामेश्वर गजुरेल निर्वाचित:

जिल्ला सभापतिमा बेलकोटगढी नगरपालिका–९ निवासी युवा नेता रामेश्वर गजुरेल फराकिलो मत अन्तरले निर्वाचित हुनुभएको छ। उहाँले ३२५ मतमध्ये २५७ मत प्राप्त गर्दै स्पष्ट बहुमतसहित सभापति पदमा विजयी हुनुभएको हो।

उहाँका प्रतिस्पर्धीमध्ये शरण महतले ३७ मत र राजु लामिछानेले २८ मत प्राप्त गर्नुभएको थियो।

२०५८ साल माघ १२ गते जन्मिनुभएका २५ वर्षीय युवा नेता गजुरेल रास्वपा नुवाकोटका संस्थापक संयोजक समेत हुनुहुन्छ। पार्टी स्थापना कालदेखि नै संगठन निर्माण, संरचना विस्तार र कार्यकर्ता परिचालनमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएका उहाँले तदर्थ कार्यसमितिको सभापतिको जिम्मेवारी पनि सम्हाल्नुभएको थियो।

उहाँकै नेतृत्वमा नुवाकोट जिल्लामा रास्वपाको संगठन विस्तार तीव्र रूपमा अघि बढ्दै ८८ वटै वडा तथा १२ वटै पालिकामा पार्टी संरचना निर्माण गरिएको बताइएको छ। स्थानीय तहदेखि निर्वाचनसम्म पार्टीलाई मजबुत रूपमा स्थापित गर्न उहाँले खेलेको भूमिकालाई संगठनभित्र महत्वपूर्ण योगदानका रूपमा लिइएको छ।

पार्टीका प्रतिनिधिहरूले गजुरेलको नेतृत्व क्षमता, संगठन निर्माणमा निरन्तर सक्रियता तथा चुनावी रणनीतिलाई प्रभावकारी बनाउन सक्ने क्षमतालाई आधार मानेर उहाँलाई भारी मतसहित नेतृत्वमा चयन गरिएको बताएका छन्।


उपसभापतिमा कृष्णलाल श्रेष्ठ:

उपसभापति पदमा कृष्णलाल श्रेष्ठ १७३ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ। उहाँका प्रतिस्पर्धीहरूमा सुनिमा थिङ तामाङले ८४ मत, उमेश पाठकले २३ मत र नारायण भण्डारीले २० मत प्राप्त गर्नुभएको थियो।

श्रेष्ठ पार्टी संगठन विस्तार, स्थानीय तहसँग समन्वय तथा जनसंपर्क सुदृढीकरणमा सक्रिय रहँदै आउनुभएको नेता हुन्।

सचिवमा बसन्त धिताल:

सचिव पदमा बसन्त धिताल १९४ मतसहित निर्वाचित हुनुभएको छ। उहाँका प्रतिस्पर्धी शिवराज लामिछानेले ११६ मत प्राप्त गर्नुभएको थियो।

धिताल संगठनात्मक व्यवस्थापन, प्रशासनिक समन्वय र पार्टी गतिविधि सञ्चालनमा सक्रिय रहँदै आउनुभएको छ।

जनजाति सदस्यमा छेपोन तामाङ:

जनजाति सदस्य पदमा छेपोन तामाङ १७२ मतसहित निर्वाचित हुनुभएको छ। उहाँका प्रतिस्पर्धी प्रकाश तामाङले ६४ मत र लालबहादुर तामाङले ५५ मत प्राप्त गर्नुभएको थियो।

तीन सदस्य महिला सदस्यः

महिला सदस्यतर्फ लक्ष्मी पाण्डे २५७ मतसहित निर्वाचित हुनुभएको छ। त्यस्तै जानुका सापकोटा १८६ मत र राधिका रिमाल १४० मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ।
रास्वपा नुवाकोटको सँस्थापक समयदेखि नै पाटीमा जोडिएर सक्रिय रुपमा लाग्नुभएका लक्ष्मी पाण्डेले सभापति रामेश्वर गजुरेल सरह लोकप्रिय २५७ मत ल्याउनुभएको हो । यसअघिको कोषध्यक्ष समेत रहनुभएका जानुका सापकोटाले पनि तीन सदस्य पदको लागी भएको चुनावमा १८६ मत सहित दोश्रो स्थान हासिल गर्नुभएको हो ।

तीन पदको लागी भएको चुनावमा उम्मेदवार चार जना रहेका थिए । त्यसमध्ये मनिता खनालले ११५ मत प्राप्त गर्नुभएको थियो।

खुल्ला सदस्यहरू:

खुल्ला सदस्यतर्फ विपना पाण्डे १२८ मत र सुभाष भण्डारी ९७ मतसहित निर्वाचित हुनुभएको छ।

अन्य प्रतिस्पर्धीहरूको मत परिणाम यस प्रकार रहेको छ:

- दिलबहादुर शाक्य – ६९ मत
- सोमेश लामा – ४९ मत
- गोविन्द लामिछाने – ४९ मत
- भाइराम पोखरेल – ५१ मत
- नलराज अधिकारी – ३३ मत
- रुपेश सिंह राजपुत – २७ मत
- विष्णुप्रसाद अधिकारी – २३ मत


निर्वाचन परिणाम सार्वजनिक भएसँगै रास्वपा नुवाकोटमा नयाँ नेतृत्व औपचारिक रूपमा स्थापित भएको छ । पार्टीभित्र यो अधिवेशनलाई संगठन सुदृढीकरण र आन्तरिक लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण चरणका रूपमा लिइएको छ।

विशेषगरी युवा नेता रामेश्वर गजुरेलको स्पष्ट र फराकिलो विजयलाई पार्टीको आगामी संगठन विस्तार, जनसम्पर्क सुदृढीकरण तथा जिल्लास्तरीय राजनीतिक उपस्थितिका लागि महत्वपूर्ण संकेतका रूपमा हेरिएको छ। उहाँको नेतृत्वमा नुवाकोटमा रास्वपाको भविष्य थप सक्रिय र संगठित हुने अपेक्षा गरिएको छ।

नयाँ नेतृत्वले आगामी पाँच वर्षमा संगठन विस्तार, जनसंपर्क वृद्धि, कार्यकर्ता व्यवस्थापन तथा राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको छ।




Kakani Khabar add

सम्बन्धित खबर

तीनपिप्ले–गल्छी सडकको स्तरोन्नतिको माग गर्दै काठमाडौमा धर्ना

काठमाडौं । ककनी गाउँपालिका तथा बेलकोटगढी नगरपालिकाका स्थानीय नागरिकहरूले वर्षौँदेखि अलपत्र अवस्थामा रहेको तीनपिप्ले–गल्छी सडकको स्तरोन्नति तथा कालोपत्रे निर्माण कार्य शीघ्र अघि बढाउन माग गर्दै माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना कार्यक्रम आयोजना गर...

दीपेन्द्रको कप्तानीमा एशियन गेम्स क्रिकेट छनोट खेल्ने टोली घोषणा

काठमाडौँ । एशियन गेम्स क्रिकेट छनोट खेल्ने नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो ।

८ वटा देश सहभागी छनोट आउँदो आइतवार जेठ १७ गतेदेखि २६ गतेसम्म सिङ्गापुरमा आयोजन...

पञ्चकन्या गाउँपालिकाले लगाएको चियाको व्यावसायिक उत्पादन सुरु

-रामहरि न्यौपाने
नुवाकोट । पञ्चकन्या गाउँपालिकाले बाझो जग्गामा लगाएको चिया खेतीको व्यावसायिक उत्पादन सुरु भएको छ । गाउँपालिकाको वडा नं ४ स्थित घ्याङस्वारामा तीन वर्षअघि रोपेको चियामध्ये करिब १३ हजार बिरुवाबाट उत्पादन सुरु भएको गाउँपालि...

SEE परीक्षाको नतिजा कमजोर आएपछि तारकेश्वरका अध्यक्षबाट सातबुँदे निर्देशन

नुवाकोट । शैक्षिक सुधारका लागि विभिन्न प्रयास भइरहेका बेला यस वर्षको SEE परीक्षाको नतिजा अपेक्षाअनुसार आउन नसकेपछि नुवाकोटको तारकेश्वर गाउँपालिकाले विद्यालयहरूको शैक्षिक अवस्था सुधार गर्न सक्रियता बढाएको छ ।


गाउँपालिका अध्यक्ष तथा...

अध्यक्ष ओली पक्राउको विषयमा कानुनी तथा राजनीतिक प्रतिवाद गर्ने एमालेको निर्णय

काठमाडौँ । नेकपा एमालेले पूर्व प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओली पक्राउको विषयमा कानुनी तथा राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ । 


आज पार्टी कार्यालय च्यासल ललितपुरमा बसेको सचिवालय बैठकले अध्यक्ष ओलील...

रोल्पाको थवाङमा जीप दुर्घटना हुँदा १७ जनाको मृत्यु

काठमाडौँ । रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ ।


रुकुम पूर्वबाट जलजलामा मेला भर्न गएका यात्रुहरू चढेको लु१ज ४१६७ नम्बरको जीप रोल्पाको थवाङ गाउँपालिका–१ को जलजला जाने बाटोमा दुर्घटना हुँदा १७ जन...