Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

रास्वपाद्वारा रासायनिक मल वितरणको अनुगमन, कोटा वृद्धि गर्न पहल गर्ने प्रतिबद्धता

Main News Image
Kakani Khabar add

नुवाकोट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोट जिल्ला सभापति रामेश्वर गजुरेलसहितको टोलीले कृषि सामग्री कम्पनी लिमिटेड, नुवाकोट शाखा कार्यालय तथा मल गोदामको अनुगमन गर्दै मल वितरण प्रणाली प्रभावकारी बनाउन सुझाब दिएका छन् ।

मंगलबार दिउँसो कार्यालयमा पुगेर सभापति गजुरेल सहितको टोलीले कार्यालय प्रमुख विज्ञान भट्टराईसँग नुवाकोटमा रासायनिक मलको आपूर्ति तथा वितरण अवस्थाबारे जानकारी लिएको थियो। टोलीले कृषि सामग्री कम्पनी लि.को मल गोदामको निरीक्षण समेत गरेको जनाएको छ।

अनुगमनका क्रममा नुवाकोटमा रासायनिक मलको माग उपलब्ध कोटाभन्दा झण्डै तीन गुणा बढी रहेकाले आपूर्तिमा चुनौती देखिएको जानकारी प्राप्त भएको रास्वपाले जनाएको छ। यद्यपि हालको वितरण प्रक्रिया सन्तोषजनक, व्यवस्थित र पारदर्शी रहेको पाइएको जिल्ला सभापति रामेश्वर गजुरेलले जानकारी दिनुभयो ।

अनुगमनपछि रास्वपा सभापति गजुरेलले मलको कोटा प्रदेशस्तरबाट निर्धारण हुने र त्यसपछि जिल्ला तथा पालिकास्तरमा बाँडफाँट गरिने भएकाले नुवाकोटका किसानको आवश्यकताअनुसार मलको कोटा वृद्धि गर्न सम्बन्धित निकायसँग पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

अनुगमन टोलीमा जिल्ला सभापति रामेश्वर गजुरेल, उपसभापति कृष्णलाल श्रेष्ठ, जिल्ला सदस्य लक्ष्मी पाण्डे तथा प्रतिनिधिसभा सदस्य डा. अच्युतम लामिछानेको सचिवालयका तर्फबाट जितेन्द्र अर्याललगायत जिल्ला नेताहरुको सहभागिता रहेको थियो ।

Kakani Khabar add

सम्बन्धित खबर

दुई लाखभन्दा बढी बेटिङ वेबसाइट र एप बन्द

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी (बेटिङ) तथा अवैधानिक वित्तीय कारोबारमा संलग्न दुई लाखभन्दा बढी वेबसाइट र एप बन्द गरेको जनाएको छ।


सरकारले गत चैत १३ गते जारी गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूची अन्तर...

अतिविपन्न परिवारलाई सुरक्षित आवास बनाउँदै बागमती सरकार

बागमती । बागमती प्रदेश सरकारले प्रदेशका अतिविपन्न कम्तीमा एक हजार परिवारलाई सुरक्षित आवास निर्माण गर्ने भएको छ । 


सोमबार सरकारको आर्थिक वर्ष २०८३/ ८४ को बजेट प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङ...

विश्वकप फुटबलमा भोलि बिहान ४ वटा खेल हुँदै

काठमाडौँ । फिफा विश्वकप फुटबलमा भोलि बिहान चार वटा खेल हुँदैछन् । भोलि बिहान पौने १ बजे कतार र स्वीजरल्याण्ड, पौने ४ बजे ब्राजिल र मोरक्को, पौने ७ बजे हाइटी र स्कटल्याण्ड तथा बिहान पाैने १० बजे अष्ट्रेलिया र टर्कीएले खेल्दैछन् ।


व...

बागमतीमा ८ मन्त्रालय कायम गरी दलहरूबीच भागबन्डाको समझदारी

काठमाडौँ । बागमती प्रदेश सरकारमा गठबन्धन दलहरूबीच ८ वटा मन्त्रालय नबढाइ भागबन्डा गर्ने समझदारी भएको छ।


नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया, नेकपा दलका नेता शालिकराम जम्कट्टेल, राप्रपा दलका नेता उद्धव थापा र मुख्यमन्त्री कि...

श्रम तथ्याङ्क संकलन गर्न देशभर चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालनमा

काठमाडौँ । श्रम बजार सम्बन्धी तथ्याङ्क अद्यावधिक गर्ने उद्देश्यले राष्ट्रिय तथ्याङ्क कार्यालयले देशव्यापी रूपमा चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन गरेको छ ।


कार्यालयका अनुसार देशको कुल श्रमशक्ति, रोजगारी तथा बेरोजगारीको अवस्था...

‘जनप्रतिनिधिसँग विद्यार्थी’ कार्यक्रम सम्पन्न, विद्यार्थीका समस्या र सुझाव संकलन

नुवाकोट । विदुर नगरपालिका वडा नं ५, देवीघाटमा ‘जनप्रतिनिधिसँग विद्यार्थी’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

विदुर नगरपालिका वडा नं ३, ५ तथा वडा नं १२ को बिरेन्द्र माध्यमिक विद्यालयका प्रतिनिधि विद्यार्थीहरूको सहभागितामा सम्पन्न कार्यक्रम...