Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

राष्ट्रपतिद्वारा ३ वटा विधेयक प्रमाणीकरण

Main News Image
Kakani Khabar add

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बजेटसम्बन्धी ३ वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । उहाँले सङ्घीय संसदबाट पारित भएका आउँदाे आर्थिक वर्ष २०८३/८४ को बजेटसँग सम्बन्धित ३ वटा विधेयक प्रमाणीकरण गर्नुभएको हो ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम विनियोजन विधेयक २०८३, राष्ट्र ऋण उठाउने विधेयक २०८३ र आर्थिक विधेयक २०८३ प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

विधेयक प्रमाणीकरण भएसँगै सरकारलाई आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजित बजेट कार्यान्वयन गर्ने संवैधानिक तथा कानूनी बाटो खुलेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको गएको जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नुभएको थियाे । सरकारले २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट ल्याएको छ । बजेटमा चालू खर्चतर्फ ५९.८ प्रतिशत, पूँजीगततर्फ २०.३ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १९.९ प्रतिशत रकम विनियोजन भएको छ ।

सरकारले आन्तरिक राजस्वबाट १४ खर्ब ५ अर्ब रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राख्दै बाँकी स्रोत वैदेशिक अनुदान, ऋण र आन्तरिक ऋणबाट बेहोर्ने उल्लेख गरेको छ ।

Kakani Khabar add

सम्बन्धित खबर

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

काठमाडौँ । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज बसेको आयोगको बैठकले उक्त निर्णय गरेको हो ।...

बाघको सङ्ख्या ४ सय २९ पुग्यो

काठमाडौँ । नेपालमा बाघको सङ्ख्या ४२९ वटा पुगेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले विश्व बाघ दिवसका अवसरमा आज पछिल्लो राष्ट्रिय गणनाको नतिजा सार्वजनिक गरेको हो ।


कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बाघ गणना...

प्रधानमन्त्री शाहले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्नुहुँदै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै हुनुहुन्छ । 


प्रधानमन्त्रीको सचिवालयका अनुसार उहाँले कार्यभार सम्हालेपछि पहिलो पटक हुन लागेको छलफल सङ्घ र प्रदेश सरकारसँग सम्बन्धित विविध मह...

आज हरिशयनी एकादशी मनाइँदै

काठमाडौँ । हरेक वर्ष असार शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि शुरु हुँदैछ । एक महिनाअघि जेठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको बिरुवा आज मोठमा सारिन्छ ।


सना...

वितेको ११ महिनामा ७ लाख भन्दा धेरै पर्यटक मुस्ताङ पुगे

काठमाडौँ ।  वितेको ११ महिनामा ७ लाखभन्दा धेरै पर्यटक बेनी–जोमसोम सडक भएर मुस्ताङ पुगेका छन् । म्याग्दीको सिमानामा पर्ने मुस्ताङको घाँसामा रहेको सीमा प्रहरीचौकीको तथ्याङ्कअनुसार गएको साउनदेखि जेठसम्म ७ लाख ५ हजार ७ सय ५४ जना पर्यटक मुस्ताङ प्र...

सुनको भाउ आज तोलामा ७ हजार ४०० सय रुपैयाँले बढ्यो

काठमाडौँ । आज पनि सुनचाँदीको भाउ बढेको छ । सुन आज तोलामा सात हजार ४०० र चाँदी १०० रुपैयाँले बढेको हो । 


नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा दुई लाख ९७ हजार ६०० र चाँदीको चार हजार ९४५ रुपैयाँ पुगेको छ...