Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

राष्ट्रियसभा उपाध्यक्षको चुनाव चैत २३ गते

Main News Image
Kakani Khabar add

काठमाडौँ । राष्ट्रियसभाको उपाध्यक्ष पदको चुनाव चैत २३ गते सोमवार हुने भएको छ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले आजको बैठकमा चुनावको मिति तोक्नुभएको हो । उहाँले चुनाव कार्यक्रमसम्बन्धी सूचना प्रकाशित गर्न सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेलाई निर्देशन दिनुभएको छ ।


२०८० चैत २८ गते उपाध्यक्षमा निर्वाचित राष्ट्रियसभा सदस्य विमला घिमिरेको पदावधि गएको फागुन २० गते सकिएपछि रिक्त पदमा चुनाव हुन लागेको हो ।


यस्तै राष्ट्रियसभाका विषयगत समितिका रिक्त सभापतिहरूको चुनावका लागि चैत २४ गते मङ्गलवारको मिति तोकिएको छ । राष्ट्रियसभाको अर्को बैठक आउँदो आइतवार दिउँसो १२ बजेर १५ मिनेटमा बस्ने गरी स्थगित भएको छ ।

Kakani Khabar add

सम्बन्धित खबर

आज ३४ जिल्लामा बाढीको जोखिम

काठमाडौँ । आज देशका ३४ जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 


महाशाखाका अनुसार ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, सङ्खुवासभा, सोलुखुम्बु, भोजपुर, खोटाङ, उदयपुर, ओखलढुङ्गा, सिन्धुली, दोलखा, रामेछाप,...

विश्वकप २०२६ : अर्जेन्टिना र अस्ट्रिया पहिलो पटक आमनेसामने हुँदै

काठमाडौँ ।  फिफा विश्वकप फुटबलमा आज राति समूह ‘जे’ का अर्जेन्टिना र अस्ट्रिया खेल्दैछन् । यो खेल अमेरिकाको डालास रङ्गशालामा राति पौने ११ बजे शुरू हुनेछ ।


दुवै टोलीले आफ्नो पहिलो खेल जितेका थिए । अर्जेन्टिनाले लियोनल मेसीक...

दैनिक झण्डै १५ सय विद्युतीय राहदानी छापिदै

काठमाडौँ । राहदानी विभागले विद्युतीय राहदानी (ई–पासपोर्ट)को बढ्दो मागलाई सम्बोधन गर्न दैनिक उत्पादन क्षमता विस्तार गर्दै झण्डै १५ सय वटा राहदानी छपाइ तथा जारी गर्न थालेको जनाएको छ ।


विशेषगरी दक्षिण कोरियामा रोजगारीका लागि जाने नेप...

विपदमा प्रयोग गर्न २ वटा हेलिकप्टर तयारी अवस्थामा राखिने

काठमार्डौँ । गृहमन्त्री सुधन गुरुङले विपदमा प्रयोग गर्न दुई वटा हेलिकप्टर तयारी अवस्थामा राखिने बताउनुभएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आज भएको छलफलमा गृहमन्त्री गुरुङले विपदमा परेका नागरिकको तत्कालै उद्धार गर्न दुई वटा हेलिकप्टर...

गणेश नेपालीको उपचारका क्रममा निधन

काठमाडौँ । जलनका बिरामी गणेश नेपालीको उपचारका क्रममा ज्यान गएको छ ।


मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय नेपालीको वीर अस्पतालमा उपचारका क्रममा आज बिहान साढे ११ बजेतिर ज्यान गएकाे जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रहरी उपरीक्षक पव...

अबको ३-४ दिनभित्र मनसुन देशभर फैलिने सम्भावना

काठमाडौँ । अबको ३-४ दिनभित्र मनसुन देशभर फैलिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 


मौसम पूर्वानुमान महाशाखाका अनुसार आउँदो मंगलबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भागसहित कर्णाली र सुदूरपश्चिमको सम्पूर...