Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

सामुदायिक विद्यालयबाट ४ जिपिए ल्याउने विद्यार्थीलाई तारकेश्वर गाउँपालिकाको १ लाख पुरस्कार घोषणा

Main News Image
Kakani Khabar add

नुवाकोट । तारकेश्वर गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार तथा विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘गाउँपालिका अध्यक्ष प्रोत्साहन पुरस्कार’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।


गाउँपालिकाले यसै वर्षदेखि लागू हुने गरी गाउँपालिकाभित्रका सामुदायिक विद्यालयबाट माध्यमिक शिक्षा परीक्षा (SEE) मा ४ जिपिए ल्याउने प्रत्येक विद्यार्थीलाई रु. १ लाख नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।


त्यसैगरी, तारकेश्वर गाउँपालिकाका स्थायी बासिन्दा भई गाउँपालिका बाहिरका सामुदायिक विद्यालयबाट ४ जिपिए प्राप्त गर्ने विद्यार्थीलाई रु. ५० हजार पुरस्कार प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।


गाउँपालिका अध्यक्ष शिव अधिकारी (अविरल)ले उक्त पुरस्कार हरेक वर्ष वितरण हुने व्यवस्था मिलाउन शिक्षा शाखालाई निर्देशन दिनुभएको छ ।


यसअघि गाउँ कार्यपालिकाले गाउँपालिका र सबै वडाका जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा स्वास्थ्यकर्मीले आफ्ना सन्तान अनिवार्य रूपमा सामुदायिक विद्यालयमा अध्ययन गराउनुपर्ने निर्णयसमेत गरेको थियो ।


सामुदायिक विद्यालयको शैक्षिक स्तर उकास्ने अभियान अन्तर्गत गाउँपालिकाले विभिन्न सुधारका कार्यक्रम अघि बढाइरहेको अध्यक्ष अधिकारीले बताउनुभएको छ ।

Kakani Khabar add

सम्बन्धित खबर

त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी

नुवाकाेटकाे सशस्त्र प्रहरी बल, नेपाल (एपिएफ) का प्रहरी निरीक्षक पप्पु यादवलाई यही भदौ १० गते बिहान ९ बजेर २६ मिनेटमा प्रहरी नायब उपरीक्षक वीरेन्द्र राउतको फोन आयो, ‘त्रिशूलीमा ठूलो बाढी आउँदै छ, कैदीबन्दीलाई सुरक्षित स्थानमा सार्नु र आफू पनि सुरक्...

तीन करोड ५१ लाखभन्दा बढीको अवैध सामग्री बरामद

काठमाडौँ । चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म रसुवा भन्सार कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलले बरामद भएका अवैध सामग्री सार्वजनिक गरेको छ ।


राजस्व चुहावट नियन्त्रण अभियानअन्तर्गत ती निकायको संयुक्त प्रयास...

भोटेकोशी बाढीमा अहिलेसम्म १ हजार ३७७ जनाको शव भेटियो

काठमाडौँ । भोटेकोशी बाढीमा परेर सम्पर्कविहीन भएकामध्ये अहिलेसम्म १ हजार ३७७ जनाको शव फेला परेको छ ।


राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा धेरै चितवनमा ३६४ जनाको शव भेटिएको छ । नवलपरासी पूर्वमा...

वितेको ११ महिनामा ७ लाख भन्दा धेरै पर्यटक मुस्ताङ पुगे

काठमाडौँ ।  वितेको ११ महिनामा ७ लाखभन्दा धेरै पर्यटक बेनी–जोमसोम सडक भएर मुस्ताङ पुगेका छन् । म्याग्दीको सिमानामा पर्ने मुस्ताङको घाँसामा रहेको सीमा प्रहरीचौकीको तथ्याङ्कअनुसार गएको साउनदेखि जेठसम्म ७ लाख ५ हजार ७ सय ५४ जना पर्यटक मुस्ताङ प्र...

किस्पाङमा निःशुल्क आँखा जाँच शिविर, २०१ जनाको आँखा परीक्षण

नुवाकोट । नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखा, तिलगंगा आँखा प्रतिष्ठान गौशाला, काठमाडौं तथा तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र नुवाकोटको प्राविधिक सहयोगमा किस्पाङ गाउँपालिका–२ स्थित सातदोबाटोमा निःशुल्क आँखा जाँच कार्यक्रम सम्पन्न भएको छ...

भोटेकोशी बाढी : १ हजार ३६७ वटा शव फेला, ५ हजार १३२ जना सम्पर्कविहीन

काठमाडौँ ।  रसुवाको भोटेकोशी नदीमा गएको भदौ १० गते आएको विनाशकारी बाढीको आज १५औँ दिन भएको छ । अहिलेसम्म १ हजार ३६७ जनाको शव भेटिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।


अहिलेसम्म रसुवामा १७४,...