Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

साना र सावित्रीले १९९ रन बनाएको खेलमा नेपालले सिङ्गापुरलाई हरायो

Main News Image
Kakani Khabar add

काठमाडौँ । साना प्रवीण र सावित्री धामीले १९९ रन बनाएको एसीसी महिला १९ वर्षमुनिको प्रिमियर कपमा नेपालले सिंगापुरलाई १५१ रनको फराकिलो अन्तरले हराएको छ । 


मलेसियामा चलिरहेको प्रिमियर कपमा नेपालको यो लगातार दोस्रो जित हो । यसअघि नेपालले हिजो कतारलाई हराएको थियो । आजको खेलमा जितका लागि २ सय रनको लक्ष्य पछ्याएको सिंगापुर २० ओभरमा ८ विकेट गुमाउँदै ४८ रनमा समेटियो । 


नेपालले २० ओभरमा कुनै पनि विकेट नगुमाई १९९ रन बनाएको थियो । सानाले ९८ र सावित्रीले ७८ रन जोडिन । नेपालले समूह चरणमा अब पर्सि मंगलबार हङकङसँग खेल्नेछ ।

Kakani Khabar add

सम्बन्धित खबर

कलेरीडाँडामा सीप सिकाइ केन्द्र उद्घाटन, आमा समूहलाई चार लाख सहयोग

नुवाकोट । तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारी 'अविरल' ले वडा नम्बर ५ स्थित कलेरीडाँडामा निर्माण सम्पन्न भएको गाउँपालिका स्तरीय सीप सिकाइ केन्द्रको उद्घाटन गर्नुभएको छ ।

एशियाली खेलकुदको पुरुषतर्फको छनोट : नेपालले सेमिफाइनलमा ओमानसँग खेल्ने

काठमाडौँ । एशियाली खेलकुदको पुरुषतर्फको छनोटमा नेपालले सेमिफाइनलमा ओमानसँग खेल्ने भएको छ । सिंगापुरमा भइरहेको प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा आज हङकङले ओमानलाई १ सय ५४ रनले पराजित गरेपछि सेमिफाइनल समीकरण पूरा भएको हो ।


ने...

देशभरका २६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध

काठमाडौँ । किसान सूचीकरण प्रणालीमा अहिलेसम्म देशभरका २६ लाख किसान आबद्ध भएका छन् । कृषि, वन तथा पर्यावरण मन्त्रालयले जमिनको विवरण र खेती उत्पादनका आधारमा किसानलाई सूचीकरण गरेको हो ।


विद्युतीय प्रणालीमार्फत सूचीकृत गरी किसानलाई चार...

ट्राफिक कारबाहीबाट एकैदिन २१ लाख ४० हजार जरिवाना सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा काठमाण्डाै उपत्यकामा २ हजार १५७ जना गाडी चालक ट्राफिक नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । कारबाहीबाट २१ लाख ४० हजार ५४६ रुपैयाँ जरिवाना सङ्कलन भएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।


कार्यालय प्रयोजनमा स्वदेशी वस्तु तथा उत्पादनलाई प्राथमिकता दिन सरकारको निर्देशन

काठमाडौँ ।  सरकारले सरकारी निकायबाट हुने खरिद तथा कार्यालय प्रयोजनमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिन सबै सरकारी कार्यालयलाई पत्राचार गरेको छ ।


प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिंहदरबारमा आज आयोजित पत्रकार सम्मे...

‘जनप्रतिनिधिसँग विद्यार्थी’ कार्यक्रम सम्पन्न, विद्यार्थीका समस्या र सुझाव संकलन

नुवाकोट । विदुर नगरपालिका वडा नं ५, देवीघाटमा ‘जनप्रतिनिधिसँग विद्यार्थी’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

विदुर नगरपालिका वडा नं ३, ५ तथा वडा नं १२ को बिरेन्द्र माध्यमिक विद्यालयका प्रतिनिधि विद्यार्थीहरूको सहभागितामा सम्पन्न कार्यक्रम...