Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

सञ्चारमन्त्री डा तिमिल्सिनाबाट पहिरोसहित जोखिम बस्तीको अवलोकन

Main News Image
Kakani Khabar add

नुवाकोट । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले आज नुवाकोटको विभिन्न स्थानमा रहेका पहिरो र त्यसका कारण जोखिममा परेका बस्तीको अवलोकन गर्नुभएको छ । 

अवलोकनपश्चात् पहिरोका कारण जोखिममा परेका बस्तीको तत्कालै आवश्यक संरक्षण एवं स्थान्तरण, अवरुद्ध बनेका सडक, खानेपानी, विद्युत् सेवा सञ्चालन हुने प्रबन्ध मिलाउन मातहतका निकायलाई सञ्चारमन्त्री डा तिमिल्सिनाले निर्देशन दिनुभयो ।


उहाँले सूर्यगढी गाउँपालिका–१ स्थित सेमराङभिरमा गएको पहिरो र त्यसबाट जोखिममा परेका बस्तीको जानकारी लिएपश्चात् वडा नं २ स्थित फटपुर र पहरेथोकमा गएको पहिरोको अवलोकनसहित यसका कारण जोखिममा परेका बस्ती, अवरुद्ध भएको सडक आवागमन, विद्युत् सेवा, ड्वाचे खानेपानी योजनाको पाइपलाइनमा पुगेको क्षतिको अवलोकन–निरीक्षण गर्नुभयो ।


यसैगरी, वडा नं २ स्थित रातमाटे र राम्चेमा सडक माथिबाट खसेको पहिरो तथा देविथानमा सडक तलबाट बगेको पहिरो र त्यसका कारण सडकसहित खानेपानी पाइपमा पुगेको क्षतिको पनि स्थलगत निरीक्षण गरिएको छ ।


पहिरोका कारण पुगेको क्षतिको स्थलगत अवलोकन, जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय प्रभावित बासिन्दासँगको अन्तरक्रियामा सञ्चारमन्त्री डा तिमिल्सिनाले प्राविधिक अध्ययनका आधारमा आवश्यक कदम तत्कालै अघि बढाइने प्रतिबद्धता जनाउनुभयो ।


“वडा र पालिकाको कार्यालयसहित विपद्सम्बन्धी अध्ययन र अवस्था बुझ्ने निकायबाट प्राप्त हुने सुझावका आधारमा गर्नुपर्ने निर्णय तत्कालै कार्यान्वयन गराउन सङ्घीय सरकार तयारी अवस्थामा छ”, उहाँले भन्नुभयो, “बस्तीलाई सुरक्षित बनाउन र त्यो सम्भव नभए जोखिममा परेका परिवारलाई तत्कालै स्थान्तरण गर्नेछौँ ।”


सूर्यगढी गाउँपालिकाको वडा नं १ र २ मा बगेको पहिरोका तीन पालिकामा वितरण हुँदै आएको ड्वाचे खानेपानी र विद्युत् प्रसारण लाइनमा पुगेको क्षति सञ्चालनमा चुनौती रहेको छ । सडकको आवागमनमा पुगेको अवरोध हटाई आवश्यकताअनुसार वैकल्पिक व्यवस्थाको प्रबन्ध मिलाउन मातहतका निकायलाई मन्त्री डा तिमिल्सिनाले निर्देशन दिनुभयो ।


पहिरो र जोखिम बस्तीको अवलोकनका लागि जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल विद्युत् प्राधिकरण, सडक डिभिजन नुवाकोट, पूर्वाधार विकास कार्यालयलगायत निकायका प्राविधिकसमेत संलग्न रहेका थिए ।


सञ्चारमन्त्री डा तिमिल्सिनाले नुवाकोटको सूर्यगढीसहित यहाँको दुप्चेश्वर, तादी, पञ्चकन्या, शिवपुरीलगायतका पालिकामा गएका पहिरो र त्यसले पुर्‍याएको क्षति, पहिरोले जोखिम बनाएका बस्तीसहित विकासका पूर्वाधारमा पुगेका क्षतिको स्थलगत निरीक्षण, अवलोकनपश्चात् आवश्यक कार्य तत्कालै अघि बढाउन सङ्घीय सरकारको नेतृत्वमा सरोकारवाला सबै निकायलाई साथ लिएर अघि बढ्ने बताउनुभएको छ । 

Kakani Khabar add

सम्बन्धित खबर

बागमती प्रदेशप्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

मकवानपुर । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाको हालैको बैठकबाट पारित भएका दुई वटा आर्थिक विधेयक प्रमाणीकरण गर्नुभएको छ । 


प्रदेश प्रमुख देवकोटाले ‘प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यव...

दीपेन्द्रको कप्तानीमा एशियन गेम्स क्रिकेट छनोट खेल्ने टोली घोषणा

काठमाडौँ । एशियन गेम्स क्रिकेट छनोट खेल्ने नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो ।

८ वटा देश सहभागी छनोट आउँदो आइतवार जेठ १७ गतेदेखि २६ गतेसम्म सिङ्गापुरमा आयोजन...

आउँदो आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता ५ हजार ३ सय ३५ मेगावाट पुग्ने

काठमाडौँ । सरकारले आउँदो आर्थिक वर्षभित्र देशको कुल जडित विद्युत् उत्पादन क्षमता ५ हजार ३ सय ३५ मेगावाट पुर्‍याउने लक्ष्य लिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सार्वजनिक गरेको वार्षिक विकास कार्यक्रममा एक वर्षभित्र थप १ हजार ४० मेगावाट ज...

सुनचाँदीको भाउ बढ्यो, सुन तोलाको २ लाख ९० हजार ७०० रुपैयाँमा कारोबार

काठमाडौँ । आज सुनचाँदीको भाउ बढेको छ ।  सुनको भाउ तोलामा ७ हजार २०० रुपैयाँले बढेर  २ लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


सुनको भाउ हिजो पनि बढेको थियो । हिजो सुनको भाउ त...

लिखु गाँउपालिकाको आर्थिक वर्ष २०८२/८३ को सार्वजनिक सुनुवाई सम्पन्न

नुवाकोट । लिखु गाँउपालिकाको कार्यालय र यस अन्तरगतका वडा कार्यालयहरुबाट चालु आर्थिक वर्ष २०८२/८३ मा सम्पादित क्रियाकलाप, नागरिकहरुलाई प्रदान गरिएको सेवा, सुविधा लगायत लिखु गाँउपालिकाको समग्र विकास निर्माणको सम्बन्धमा जानकारी दिने र नागरिकहरु...

बागमती प्रदेशमा ५७ प्रतिशतभन्दा बढी धान रोपाइँ सम्पन्न

काठमाडौँ । बागमती प्रदेशमा असार अन्तिम सातासम्ममा ५७ प्रतिशत भन्दाबढी धान रोपाइँ सम्पन्न भएको छ । 


बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार अन्तिम साता (२६ गते) सम्ममा कुल क्षेत्रफलको ५७.२३ प्रतिशत धान रोपाइ...