Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

सरकारले कक्षा १२ को उत्तरपुस्तिकाको नमूना परीक्षण गर्ने

Main News Image
Kakani Khabar add

काठमाडौँ ।  सरकारले कक्षा १२ को उत्तरपुस्तिकाको नमूना परीक्षण गर्ने भएको छ । कक्षा १२ को नतिजाप्रति विद्यार्थीहरूबाट असन्तुष्टि बढ्दै गएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण तथा परीक्षाफल र तथ्याङ्क प्रविष्टिको पुनः जाँच गर्न समिति गठन गरेको हो ।


शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सामाजिक सञ्जालमा लेख्दै शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव र पाठ्यक्रम विकास केन्द्रका उपसचिवको समेत प्रतिनिधित्व रहने गरी समिति गठन गरेको जानकारी दिनुभएको हो ।


राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रक्रियाबारे आफ्नो धारणा यसअघि नै सार्वजनिक गरेको भन्दै मन्त्री पोखरेलले नतिजा प्रकाशन गरेको प्रक्रियाप्रति आफू स्पष्ट र विश्वस्त रहेको बताउनुभएको छ ।


असन्तुष्ट विद्यार्थीले गरेको आन्दोलनलाई आफूले सम्मान गरेको तर सामाजिक सञ्जालमा केही व्यक्तिले आन्दोलन गर्ने विद्यार्थीप्रति नकारात्मक टिप्पणी गरेको भन्दै उहाँले शान्तिपूर्ण आन्दोलनको सम्मान गर्न आग्रह गर्नुभएको छ ।


यसअघि आजै विद्यार्थीहरूले काठमाण्डौको माइतीघरमा प्रदर्शन गरेका थिए । परीक्षा राम्रो दिए पनि अपेक्षाभन्दा निकै कम ग्रेड प्राप्त गरेको विद्यार्थीको गुनासो छ । उनीहरूले उत्तरपुस्तिका पुनः परीक्षण गर्न माग गरेका छन् ।


त्रुटिपूर्ण परीक्षाफल सार्वजनिक गरेर सरकारले विद्यार्थीको मेहनत र भविष्यमाथि खेलवाड गरेको विद्यार्थीहरूको आरोप छ । 

Kakani Khabar add

सम्बन्धित खबर

पञ्चकन्या गाउँपालिकाले लगाएको चियाको व्यावसायिक उत्पादन सुरु

-रामहरि न्यौपाने
नुवाकोट । पञ्चकन्या गाउँपालिकाले बाझो जग्गामा लगाएको चिया खेतीको व्यावसायिक उत्पादन सुरु भएको छ । गाउँपालिकाको वडा नं ४ स्थित घ्याङस्वारामा तीन वर्षअघि रोपेको चियामध्ये करिब १३ हजार बिरुवाबाट उत्पादन सुरु भएको गाउँपालि...

बालेन शाहले शुक्रवार दिउँसो १२ बजेर ३४ मिनेटको साइतमा प्रधानमन्त्रीको शपथ लिने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिनका लागि पर्सि शुक्रवार दिउँसो १२ बजेर ३४ मिनेटको साइत तय भएको छ ।


शाहको सचिवालयकाअनुसार शुक्रवार दिउँस...

नयाँ शैक्षिकसत्रका लागि पाठ्यपुस्तक विद्यालयमा पुर्‍याइँदै

काठमाडौँ । आउँदो वैशाख २ गतेदेखि शुरू हुने नयाँ शैक्षिकसत्रका लागि जनक शिक्षा सामग्री केन्द्रमा छपाइ भएका पाठ्यपुस्तक देशका विभिन्न भागमा धमाधम पुर्‍याउने काम भइरहेको छ । केन्द्रले यही चैत १६ गतेदेखि पाठ्यपुस्तक वितरण शुरू गरेकोमा पाँच दिनमा २५ ला...

खाना पकाउने ग्याससहित सबैजसो पेट्रोलियम पदार्थको भाउ बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्याससहित सबैजसो पेट्रोलियम पदार्थको भाउ फेरि बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउमा उतारचढाव भइरहेको उल्लेख गर्दै निगमले भाउ बढाएको हो । 


पेट्रोलमा प्रतिल...

राहदानी सेवा असार २४ देखि केही दिन बन्द हुने

काठमाडौँ । राहदानी सेवा असार २४ गते देखि केही दिन बन्द हुने भएको छ । परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले अहिलेको प्रणालीबाट राहदानी सेवालाई नयाँ प्रणालीमा लैजान लागेको जनाएको छ ।


विभागले सूचना निकालेर हालको प्रणालीबाट नय...

वाणिज्य विभागद्वारा एक वर्षमा झण्डै ४५ सय फर्म अनुगमन

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बितेको आर्थिक वर्ष २०८२/८३ मा झण्डै चार हजार ५०० व्यावसायिक फर्म अनुगमन गरेको छ । 


विभागले हालै सार्वजनिक गरेको वार्षिक कार्य प्रगति विवरण अनुसार देशभर ९६५ अनुगमन टोली...