Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

सर्पदंश र रेबिजविरुद्धको खोप भित्रियो

Main News Image
Kakani Khabar add

काठमाडौँ । स्वास्थ्य सेवा विभागको नियमित खरिद प्रक्रियाअन्तर्गत सर्पदंश र रेबिजविरुद्धको खोप आएको छ ।


स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. अनुज भट्टचनले सर्पदंश र रेबिजविरुद्ध प्रयोग हुने खोप प्राप्त भएको जानकारी दिनुभयो । उहाँका अनुसार सर्पदंशविरुद्धको आठ हजार २०० भायल र रेबिजविरुद्धको १७ हजार ६०० भायल खोप काठमाण्डौ टेकुमा रहेको केन्द्रीय खोप भण्डारण केन्द्रमा राखिएको छ ।


प्राप्त खोप आवश्यक प्रक्रिया पूरा गरी सात वटै प्रदेशका स्वास्थ्य आपूर्ति केन्द्रमार्फत सम्बन्धित स्वास्थ्य संस्थामा वितरण गरिनेछ । केही दिनअघिदेखि विशेष गरी रेबिजविरुद्धको खोप सहज रूपमा प्राप्त नभएको गुनासो थियो । गर्मी थप बढ्न थालेसँगै मधेश प्रदेशलगायत विभिन्न ठाउँमा सर्पदंशका घटना बढ्न थालेका छन् ।


अत्यधिक गर्मीका कारण रौतहट, बारा र पर्सालगायत जिल्लामा सर्पदंशका घटना बढेका छन् । वीरगञ्जमा रहेको नारायणी अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहका अनुसार अस्पतालमा दैनिक १० देखि १५ जनासम्म सर्पदंशका बिरामी उपचार गर्न आउने गरेका छन् । केही दिनअघिसम्म एन्टीस्नेक भेनमको अभाव देखिए पनि अहिले अस्पतालमा १०० भायल औषधि मौज्दात रहेको अस्पतालले जनाएको छ ।


डा. सिंहले सर्पदंशबाट जोगिन राति सुत्दा झुल प्रयोग गर्न, घर वरपरको झाडी सफा राख्न, खेतमा काम गर्दा बुट तथा सुरक्षात्मक सामग्री प्रयोग गर्न तथा सर्पले टोकेपछि झारफुकमा नलागी तत्काल नजिकको स्वास्थ्य संस्थामा पुग्न आग्रह पनि गर्नुभएको छ । मधेश प्रदेश सरकारले सर्पदंशलाई मनसुन र गर्मी याममा बढी देखिने सार्वजनिक स्वास्थ्य समस्याका रूपमा लिँदै उपचार केन्द्रमा औषधि, स्वास्थ्यकर्मी र आवश्यक उपकरणको व्यवस्थापनलाई व्यवस्थित बनाएको दाबी गरेको छ ।


मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुख डा. नागेन्द्र यादवका अनुसार सर्पदंशको उपचार हुने प्रदेशका २७ वटै अस्पताल तथा उपचार केन्द्रमा आवश्यकताअनुसार एन्टीस्नेक भेनम पठाउन थालिएको छ । प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा अहिले ९०० भायल एन्टीस्नेक भेनम मौज्दात रहेको छ भने थप औषधि आउने प्रक्रियामा रहेको डा. यादवले बताउनुभयो ।

Kakani Khabar add

सम्बन्धित खबर

यूएईमाथि नेपालको रोमाञ्चक जीत

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) डीएलएस नियमका आधारमा ६ रनले हराएको छ ।


वर्षाले प्रभावित खेलमा डीएलएस नियममा ३८ ओभरमा २५५ रनको लक्ष्य पाएको यूएईले ८...

रास्वपाद्वारा रासायनिक मल वितरणको अनुगमन, कोटा वृद्धि गर्न पहल गर्ने प्रतिबद्धता

नुवाकोट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोट जिल्ला सभापति रामेश्वर गजुरेलसहितको टोलीले कृषि सामग्री कम्पनी लिमिटेड, नुवाकोट शाखा कार्यालय तथा मल गोदामको अनुगमन गर्दै मल वितरण प्रणाली प्रभावकारी बनाउन सुझाब दिएका छन् ।

मंगलबार दिउँ...

आज ३४ जिल्लामा बाढीको जोखिम

काठमाडौँ । आज देशका ३४ जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 


महाशाखाका अनुसार ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, सङ्खुवासभा, सोलुखुम्बु, भोजपुर, खोटाङ, उदयपुर, ओखलढुङ्गा, सिन्धुली, दोलखा, रामेछाप,...

उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

काठमाडौँ । पशुसेवा विभागले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन गरी नियन्त्रणको काम अघि बढाएको छ । विभागले विभिन्न प्रयोगशालामार्फत नियमित नमूना परीक्षण गरी निगरानी बढाएको हो ।


...

१० महिनामा झन्डै ६० प्रतिशत बजेट खर्च, विकास खर्च २८ प्रतिशतमात्र

काठमाडौँ । चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारको बजेट खर्च वार्षिक विनियोजनको झन्डै ६० प्रतिशत भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार बितेका १० महिनामा ११ खर्ब ७३ अर्ब ५२ करोड १ लाख रुपैयाँ बजेट खर्च भएको छ ।


चालू आर...

आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै

काठमाडौँ । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ ।


‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अ...