Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बोलायो

Main News Image
Kakani Khabar add

काठमाडौँ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक आह्वान गरेको छ । सरकारको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले पर्सि चैत १९ गते सङ्घीय संसद्को अधिवेशन आह्वान गरेपछि त्यसको तयारीका लागि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बोलाइएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो ।


संसदमा प्रतिनिधित्व गर्ने दलहरूको बैठक भोलि दिउँसो १ बजे सिंहदरबारमा रहेको सचिवालयमा बस्नेछ । गएको फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य चुनावबाट निर्वाचित सांसदहरूको पहिलो अधिवेशन राष्ट्रपति पौडेलले पर्सि दिउँसो २ बजे आह्वान गर्नुभएको छ । बैठकले सभामुख र उपसभामुखको चयन प्रक्रिया अगाडि बढाउने छ ।


 प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रतिनिधित्व छ । त्यस्तै एक जना निर्वाचित स्वतन्त्र सांसद महावीर पुन हुनुहुन्छ ।

Kakani Khabar add

सम्बन्धित खबर

रामेछाप दुर्घटना : मतदान अधिकृतको पनि मृत्यु, ७ जनालाई हेलिकप्टरबाट काठमाडौं पठाइयो

१८ फागुन, काठमाडौं । रामेछाप नगरपालिका–२ स्थित सिरुबारीमा गाडी दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या २ पुगेको छ । सोमबार मतदान सामग्री र निर्वाचन कर्मचारी लिएर रामेछापको रामेछाप नगरपालिका-२ देउरालीतर्फ जाँदै गरेको ना ७ ख ६७६८ नम्बरको गाडी दुर्घटना...

सुनचाँदीको भाउ बढ्यो, सुन तोलाको २ लाख ९० हजार ७०० रुपैयाँमा कारोबार

काठमाडौँ । आज सुनचाँदीको भाउ बढेको छ ।  सुनको भाउ तोलामा ७ हजार २०० रुपैयाँले बढेर  २ लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


सुनको भाउ हिजो पनि बढेको थियो । हिजो सुनको भाउ त...

नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी

काठमाडौँ । नेपाल औषधि लिमिटेड २५ वर्षपछि फेरि नाफामा फर्किएको छ । आर्थिक वर्ष २०८१/८२ मा १० करोड रुपैयाँभन्दा बढी घाटामा रहेको संस्था आर्थिक वर्ष २०८२/८३ मा भने झण्डै ३ करोड रुपैयाँ नाफा कमाउन सफल भएको हो ।


संस्थाका महाप्रबन्धक कै...

स्टार नुवाकोट अस्पतालमा हाडजोर्नी तथा नशा रोग विशेषज्ञ सेवा सम्पन्न

नुवाकोट । स्टार नुवाकोट अस्पताल प्रा.लि., विदुर–२, नुवाकोटमा अर्थोपेडिक (हाडजोर्नी तथा नशा रोग विशेषज्ञ) सर्जन डा. सन्देश महर्जन रामद्वारा विशेष विशेषज्ञ ओपिडी सेवा सञ्चालन गरिएको छ ।


नियमित रूपमा प्रत्येक शनिबार विशेषज्ञ ओपिडी से...

युनाइटेड युथ क्लबको अध्यक्षमा पुनः अच्युतराज महन्त गिरी चयन

बट्टार । नुवाकोटको खेलकुद तथा सामाजिक क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएको युनाइटेड युथ क्लब को अध्यक्षमा पुनः अच्युतराज महन्त गिरी चयन हुनुभएको छ ।

क्लबको ३७औँ साधारणसभा तथा अधिवेशनले वर्तमान अध्यक्ष गि...

नुवाकोटको प्रहरी–प्रशासन प्रति सूर्यगढीबासी सन्तुष्ट !!

चोकदे । नुवाकोटको सूर्यगढी गाउँपालिकाबासीले प्रहरी–प्रशासनबाट प्रवाह भइरहेको सेवा प्रति सन्तुष्ट जनाएका छन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटले ‘समुदाय प्रहरी साझेदारी कार्यक्रम’ अन्तरगत बिहीबार सूर्यगढी गाउँपालिकामा आयोजना गरेको <...