Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

संसदीय दलको नेता छान्न कांग्रेस संसदीय दलको बैठक बस्दै

Main News Image
Kakani Khabar add

काठमाडौँ । संसदीय दलको नेता चयनका विषयमा छलफल गर्न नेपाली कांग्रेस संसदीय दलको बैठक आज सिंहदरबारस्थित दलको कार्यालयमा बस्दैछ। 


कांग्रेसका नेताहरुका अनुसार संसदीय दलको नेता सर्वसम्मतिबाट चयन गर्ने तयारी छ। गत फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनमा सभापति गगन थापासहित सबै शीर्ष नेता पराजित भएपछि दलको नेतामा अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, निस्कल राईलगायतको दाबेदारी रहेको छ। 


सभामुख चयन नगरुन्जेल प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले संसद बैठकको अध्यक्षता गरेकाले कांग्रेस दलको नेता चयनमा बिलम्ब भएको थियो। आइतबार सभामुखमा निर्वाचित डोलप्रसाद अर्यालले अब प्रतिनिधिसभा बैठक सञ्चालन गर्नेछन्। संसदमा प्रतिनिधित्व भएका  रास्वपा, नेकपा एमाले, नेकपा, राप्रपा र श्रम संस्कृत पार्टीले संसदीय दलको नेता चयन गरिसकेका छन्।


काठमाडौंः संसदीय दलको नेता चयनका विषयमा छलफल गर्न नेपाली कांग्रेस संसदीय दलको बैठक आज सिंहदरबारस्थित दलको कार्यालयमा बस्दैछ। 


कांग्रेसका नेताहरुका अनुसार संसदीय दलको नेता सर्वसम्मतिबाट चयन गर्ने तयारी छ। गत फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनमा सभापति गगन थापासहित सबै शीर्ष नेता पराजित भएपछि दलको नेतामा अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, निस्कल राईलगायतको दाबेदारी रहेको छ। 


सभामुख चयन नगरुन्जेल प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले संसद बैठकको अध्यक्षता गरेकाले कांग्रेस दलको नेता चयनमा बिलम्ब भएको थियो। आइतबार सभामुखमा निर्वाचित डोलप्रसाद अर्यालले अब प्रतिनिधिसभा बैठक सञ्चालन गर्नेछन्। संसदमा प्रतिनिधित्व भएका  रास्वपा, नेकपा एमाले, नेकपा, राप्रपा र श्रम संस्कृत पार्टीले संसदीय दलको नेता चयन गरिसकेका छन्।



रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह संसदीय दलको नेता चयन भएर प्रधानमन्त्री बनिसकेका छन् भने एमालेले रामबहादुर थापा बादललाई दलको नेता चुनिसकेको छ। नेकपाले पुष्पकमल दाहाल, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र राप्रपामा ज्ञानेन्द्र शाही दलको नेता चयन भएका छन्। 


प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी कांग्रेसले संसदीय दलको नेता चयन गरेको छैन। प्रमुख प्रतिपक्ष दलको नेता संवैधानिक परिषद्को सदस्यसमेत रहने व्यवस्थाका कारण कांग्रेसमा दलको नेता चयन पेचिलो देखिन्छ। 


यद्यपि कांग्रेसमा पूर्वसहमहामन्त्री तथा समानुपातिक सांसद आङदेम्बेलाई सर्वसम्मत दलको नेता चयन गर्ने तयारी छ। कांग्रेसले दलको नेता चयनका लागि पार्टीका सहमहामन्त्री प्रकाश रसाइलीको संयोजकत्वमा मुना भुसाल र राजु कटुवाल रहेको निर्वाचन समिति गठन गरेको छ। चैत २४ गते संसदीय दल नेता चयन गर्ने निर्वाचन समितिको तयारी छ।

Kakani Khabar add

सम्बन्धित खबर

पशुपतिमा साउने सोमबारको तयारी:सफाइ अभियान सुरु

काठमाडौँ । साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको पूजाआराधना एवं दर्शनका लागि आउने भक्तजनको सहजताका लागि पशुपति क्षेत्रमा सफाइ अभियान सुरु गरिएको छ ।


साउन महिना र सोमबार आशुतोष भगवान् शिवको महिना र बार मानिने भएकाले एकैदिन लाखौ...

नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी

काठमाडौँ । नेपाल औषधि लिमिटेड २५ वर्षपछि फेरि नाफामा फर्किएको छ । आर्थिक वर्ष २०८१/८२ मा १० करोड रुपैयाँभन्दा बढी घाटामा रहेको संस्था आर्थिक वर्ष २०८२/८३ मा भने झण्डै ३ करोड रुपैयाँ नाफा कमाउन सफल भएको हो ।


संस्थाका महाप्रबन्धक कै...

होल्डिङ सेन्टर खाली गर्ने समय ७ दिन थप

काठमाडौँ । सुकुम्बासीहरुका लागि होल्डिङ सेन्टर खाली गर्ने समय ७ दिन थपिएको छ  । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले आज सूचना निकालेर समय थपेको हो । समितिले स्वः व्यवस्थापन खर्चका लागि यही १५ गतेसम्म निवेदन दिन र १९ गतेभित्र होल...

रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

नुवाकोट । नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । घाइते भएका तीन जनाको काठमाडौँमा उपचार भइरहेको छ ।


नुवाकोटको दुप्चेश्वर महादेव दर्शनको लागि आएका तीर्थयात्री चढेको बस शिवपुरी गाउँपालिका–७ स्थि...

आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपाल प्रज्ञा प्रतिष्ठान परिसरमा रहेको आदिकवि भानुभक्तको प्रतिमामा माल्यार्पणसहित विशेष कार्यक्रमको आयोजना गरिएको छ । वि.सं. १८७१ साल असार २९...

नेपाल एशियाली खेलकुद छनोट क्रिकेट प्रतियोगिताको फाइनलमा

काठमाडौँ । नेपाल एशियाली खेलकुद छनोट क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । 


आज भएको पहिलो सेमिफाइनलमा ओमानलाई ८ विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको हो । बिहान सिंगापुरको नेश्नल क्रिकेट मैदानमा भएको खेलमा ओमानले दिएको ९५ र...