Kakani Khabar add
Kakani Khabar add
Kakani Khabar add

शान्ति बजारमा आगलागी, करीब ७० लाख रुपैयाँको धनसम्पत्ति क्षति

Main News Image
Kakani Khabar add

नुवाकोट । किस्पाङ गाउँपालिका वडा नं ५ शान्तिबजारमा सोमबार राती लागेको आगलागीले करीब ७० लाख रुपैयाँ बराबरको धनसम्पत्ति जलेर नष्ट भएको छ । सोमबार राती करीब १० बजेको समयमा विपना घलेको घरमा आगलागी हुदाँ उहाँले सञ्चालन गर्दै आएको पसलमा रहेका सरसामाग्रीहरु, नगद रुपैयाँ सहितको धनमाल जलेर नष्ट भएको हो ।

जिल्ला प्रहरी कार्यलय नुवाकोटका प्रहरी नायव उपरीक्षक इकबाल हवारीको अनुसार रातको समयमा घरधनी विपना घले आफ्नो बालबच्चाहरु सहित निदाएको अबस्थामा उहाँले सञ्चालन गर्दै आएको पसलबाट सुरु भएको आगलागीले पसल सहित घरमा रहेको धनसम्पत्ति जलेर पूर्ण रुपमा नष्ट भएको छ ।

आगो लागे लगत्तै स्थानीयबासी, प्रहरी सहित विदुर नगरपालिकाको दमकलको प्रयोग गरेर करीब दुईघण्टाको प्रयासमा नियन्त्रणमा लिएपनि विपना घलेको घर र उहाँले सञ्चालन गर्दै आएको पसलको सामाग्रिहरु जलेर नष्ट भएको छ । सटर बन्द गरिएको पसलभित्रबाट आगो सुरु भएकाले आगलागीको कारण विद्युतीय गढबढीबाट हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

आगलागीमा परेर पसलमा रहेको नगद करीब ६ लाख रुपैयाँ सहित विपना घलेको भएभरको धनसम्पत्ति सोमबार राती छिनभरमा नै क्षति भएको हो ।

एकल महिला र नाबालक बालबच्चाको साथमा ब्यावसाय गरेर जीवन गुजार्दै आउनुभएका उहाँ अहिले घरबार बिहीन अबस्थामा पुग्नुभएको छ । आगलागीबाट ढलान गरिएको घरका सिमेन्टहरु समेत जलेर रड देखिएसगँ प्रवलिकरण गर्नुपर्ने भएको छ ।

घर र पसलको सरसामाग्रि, लत्ताकपडा, भाडावर्तन सहितका सामानहरु जलेर नष्ट भएसगैँ नाबालक बालबच्चा हुर्काउदै आउनुभएका उहाँले आफ्नो भएभरको सम्पत्ति सकिएकाले सहयोगको लागी सरकारी निकाय एंव दाताहरुसंग आब्हान गर्नुभएको छ । उहाँले वडा नं ५ को कार्यालय, किस्पाङ गाउँपालिकाको कार्यालय, जिल्ला प्रशासन कार्यालय नुवाकोट र प्रहरी कार्यालय नुवाकोटमा निवेदन दिएर राहत तथा सहयोगको अपिल गर्नुभएको हो ।

आफन्त एंव स्थानीय समाजसेवीहरुको सहयोगमा उहाँको परिवारलाई तत्कालै राहत एंव सहयोग सामाग्रि जुटाउनको लागी सम्बन्धित निकाय एंव दाताहरुसंग पहल थालिएको निलकण्ठ माध्यमिक विद्यायलका शिक्षक गणेश श्रेष्ठले जानकारी दिनुभयो ।

Kakani Khabar add

सम्बन्धित खबर

राष्ट्रपतिद्वारा ३ वटा विधेयक प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बजेटसम्बन्धी ३ वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । उहाँले सङ्घीय संसदबाट पारित भएका आउँदाे आर्थिक वर्ष २०८३/८४ को बजेटसँग सम्बन्धित ३ वटा विधेयक प्रमाणीकरण गर्नुभएको हो ।

राष्ट्रपति पौडेलले नेपालको संव...

कांग्रेसले भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भीष्मराज आङ्देम्बेलाई पार्टी संसदीय दलको नेता बनाउने सर्वसम्मत निर्णय गरेको छ ।


पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा आज बसेको बैठकमा सभापति गगनकुमार थापाको...

विश्वकप २०२६ : पोर्चुगल र नवप्रवेशी उज्वेकिस्तान खेल्दै

काठमाडौँ । फिफा विश्वकप फुटबलमा आज राति पोर्चुगल र नवप्रवेशी उज्वेकिस्तान खेल्दैछन् । समूह ‘के’ को यो खेल राति पौने ११ बजे अमेरिकाको हस्टन रङ्गशालामा हुनेछ ।


प्रतियोगितामा दुवै टोली पहिलो जीतको खोजीमा छन् । पोर्चुगलले पहिलो खेलमा...

पेट्रोलमा प्रतिलिटर २० तथा डिजेल र मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

काठमाडौँ । नेपाल आयल निगमले इन्धनको भाउ घटाएको छ ।


अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर आएपछि निगमले गए राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको भाउ घटाएको हो । निगम सञ्चालक समि...

होल्डिङ सेन्टर खाली गर्ने समय ७ दिन थप

काठमाडौँ । सुकुम्बासीहरुका लागि होल्डिङ सेन्टर खाली गर्ने समय ७ दिन थपिएको छ  । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले आज सूचना निकालेर समय थपेको हो । समितिले स्वः व्यवस्थापन खर्चका लागि यही १५ गतेसम्म निवेदन दिन र १९ गतेभित्र होल...

आउँदो आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता ५ हजार ३ सय ३५ मेगावाट पुग्ने

काठमाडौँ । सरकारले आउँदो आर्थिक वर्षभित्र देशको कुल जडित विद्युत् उत्पादन क्षमता ५ हजार ३ सय ३५ मेगावाट पुर्‍याउने लक्ष्य लिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सार्वजनिक गरेको वार्षिक विकास कार्यक्रममा एक वर्षभित्र थप १ हजार ४० मेगावाट ज...